मुख्य समाचार

‘मुख्य सचिव सुवेदीलाई कारवाही गर”

काठमाडौं, २ चैत्र । राष्ट्रिय कर्मचारी महासंघ नेपालले मुख्य सचिव सोमलाल सुवेदीलाई निलम्बन गर्न प्रधानमन्त्री प्रचण्डसँग माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट कर्मचारी संगठनले बुधबार प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै सो माग गरेको हो । केही दिनपहिले मन्त्रिपरिषद् बैठकले सुवेदीलाई एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकको रुपमा पठाउने निर्णय गरेपछि कर्मचारी वृत्तबाटै चर्को विरोध सुरु […]

२०७३ चैत्र ३ गते, बिहीबार

भट्टराई भारत जाँदै

काठमाडौं, १ चैत । पूर्व प्रधानमन्त्री एबं नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराई आज भारत जादै छन । उनि भारतमा विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ । भट्टराई आज दिउँसो ३ः३० बजे नयाँदिल्ली प्रस्थान गर्न लागेको बताइएको छ । नयाँदिल्लीमा रहँदा भट्टराईले इण्डिया फाउन्डेसनले आयोजना गरेको ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा १५ मार्चमा सम्बोधन गर्ने छन् […]

२०७३ चैत्र १ गते, मंगलवार

राज्यसत्ता र संविधान दुवै पश्चगामी : गजुरेल

काठमाडौं, ३० फागुन । नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले राज्यसत्ता र संविधान दुवै पश्चगामी भएको बताएका छन । उनले आज एक प्रेस बिज्ञाप्ती जारी गर्दै सो कुरा बताएका हुन् । यस बिषयमा मोर्चाका अध्यक्ष सिपी गजुरेलले जारी गरेको प्रेस बिज्ञाप्तीको पूर्ण पाठ यस्तो छ : “नेपालको समग्र परिस्थिति जटिल […]

२०७३ फाल्गुन ३० गते, सोमबार

प्रहरीको ज्यादती

काठमाण्डौ , २८ फागुन । नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुर हत्याको विरोधमा आज गरेको नेपाल बन्दमा प्रहरीले ब्यापक दमन गरेको छ । प्रहरीले शान्तिपूर्ण ढंगले बन्दको आव्हान गर्दै हिडेका नेकपाका दर्जनौ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । यसैक्रममा काठमाडौँको रत्नपार्कबाट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालका अध्यक्ष रत्न मगरसहित करिब एक दर्जन कार्यकर्तालाई पक्राउ […]

२०७३ फाल्गुन २८ गते, शनिबार

नेकपाका दर्जनौ नेता तथा कार्यकर्ता पक्राउ

काठमाण्डौ , २८ फागुन । प्रहरीले देशभरवाट नेपाल कम्युनिष्ट पार्टीका दर्जनौ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । यसैक्रममा काठमाण्डौमा बन्द सफल बनाउन जुलुस सहित सडकमा निस्किएका जनगणतान्त्रिक मन्चका वरिष्ठ उपाध्यक्ष सुरेश अधिकारी सहित ११ जनालाई प्रहरीले रत्नपार्कबाट पक्राउ गरेको बताइएको छ । पक्राउ पर्नेहरुमा मन्चका केन्द्रिय उपाध्यक्ष उद्धव पौडेल , महासचिव हिरा पहाडि , […]

२०७३ फाल्गुन २८ गते, शनिबार

नेपाल बन्दका कारण जनजीवन प्रभावित

काठमाडौ २८ फागुन । नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण उपत्यकासहित देशैभरको जनजीवन बिहानैबाट प्रभावित भएको छ । बन्दका कारण बिहानैबाट सवारी साधन सन्चालनमा आउन सकेका छैनन् । यसैबीच काठमाण्डौका बिभिन्न स्थानबाट चारजना बन्दकर्ता पक्राउ परेका छन् । गोंगबुबाट दुई जना र कलङकीबाट दुई जना पक्राउ परेको बताइएको छ । कन्चनपूरको पुनरवासमा निर्माण […]

२०७३ फाल्गुन २८ गते, शनिबार

भोली नेपाल बन्द

काठमाडौं, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुर हत्याको विरोधमा भोली नेपाल बन्दको घोेषणा गरेको छ । साथै पार्टीले सो घटनाको विरोधमा आज देशैभरी प्रदर्शन गरेको छ भने अहिले साझ मसाल जुलुस प्रदर्शन गर्ने बताइएको छ । भारतीय साम्राज्यवादीहरुबाट बारम्वार हुँदै आएको सीमा अतिक्रमण, हस्तक्षेप र आतंकले मुलुकको स्वतन्त्रता माथि नै प्रश्न चिन्ह उठेको भन्दै […]

२०७३ फाल्गुन २७ गते, शुक्रबार

‘ लैनचौरमा दुतावास राख्ने भए कञ्चनपुर घटनाका दोषीलाई कारवाही गर ‘

काठमाडौं, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टीका नेता प्रकाण्डले भारतलाई लैनचौरमा दुतावास राख्ने मन भए कञ्चनपुर घटनाका दोषीलाई तत्काल कारवाही गर्न माग गरेका छन् । पार्टीले कञ्चनपुर हत्याको विरोधमा सम्वाद डवलीमा आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै नेता प्रकाण्डले सो कुरा बताएका हुन् । नेपालमाथि भारतको हस्तक्षेपको श्रृङ्खला हत्याको स्तरसम्म पुग्दा पनि नेपाल सरकारले कुनै […]

२०७३ फाल्गुन २७ गते, शुक्रबार

पत्रकार महासंघ ललितपुरमा तालाबन्दी

काठमाडौं, २७ फागुन । नेपाल पत्रकार महासंघ ललितपुर शाखामा चार पत्रकार संगठनले तालाबन्दी गरेका छन । महासंघका महासचिव उजिर मगर र ललितपुर अध्यक्ष लेखनाथ न्यौपनाले किर्ते सदस्य खडा गरेको, क्रियाशिल पत्रकारको मानमर्दन गरेको, सदस्यताबाट बञ्चित गरेको भन्दै पत्रकारहरुले बिहीबार तालाबन्दी गरेका हुन् । शाखामा क्रियाशिल चार पत्रकार संगठनको तर्फबाट संयुक्त विज्ञप्ति जारी गरेर पाँच बुँदे […]

२०७३ फाल्गुन २७ गते, शुक्रबार

‘भारतीय प्रहरीलाई अन्तरास्ट्रिय कानुन बमोजिम कारबाही गर ‘

काठमाडौँ, २६ फागुन । नेपाल कम्युनिस्ट पार्टीले भारतीय सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरमा चलाएको गोलीकाण्डको विरोध जनाएको छ । पार्टीका महासचिव विप्लवले सो घटनाको भत्सना गर्दै नेपालीमाथि दमन भइरहँदा पनि सरकार लाचार बनेर दलाली गरेको बताएका छन् । उनले भारतीय प्रहरीलाई अन्तरास्ट्रिय कानुन बमोजिम कारबाही गर्न समेत माग गरेका छन । पार्टीले सो घटना बिरुद्ध अहिले […]

२०७३ फाल्गुन २६ गते, बिहीबार