मुख्य समाचार

हतियारबारे प्रचण्डलाई सोध : बादल

काठमाडौं । नेकपा- माओवादीका महासचिव रामबहादुर थापा बादलले आफूहरुसँग हतियार नरहेको र एउटै पार्टी हुँदा रहेका हतियारबारे प्रचण्ड नै जवाफदेही रहेको बताएका छन । सरकारले माओवादी नेताको सुरक्षार्थ रहेका हतियार फिर्ता गर्न आह्वान गरेपछि महसचिव बादलले सोमबार संक्षिप्त वक्तव्य जारी गर्दै हतियारको जवाफदेही एमाओवादी अध्यक्ष प्रचण्ड नै हुनुपर्ने बताएका छन । ‘एउटै पार्टी हुँदाको समयमा […]

२०७० बैशाख २३ गते, सोमबार

लिम्बुवानको बन्द जारी

काठमाण्डौं । नागरिकता वितरण र मतदाता सङ्कलन कार्य बन्द गर्नुपर्ने लगायतका माग राखी गत शनिबारदेखि संघीय लिम्बुवान राज्य परिषदले गरेको बन्दका कारण आज पनि पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण अरुण-सप्तकोसी पूर्वका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, सङ्ख्ुवासभा र तेह्रथुम जिल्ला बढी प्रभावित भएका छन् भने मोरङ र सुनसरी जिल्लामा असर […]

२०७० बैशाख २३ गते, सोमबार

यथास्थितिमा चुनाब सम्भब छैन : गौरब

काठमाडौ ,नेकपा– नेकपा माओवादीका उपाध्यक्ष सिपी गजुरेल गौरबले यथास्थितिमा संविधानसभाको चुनाव बहिस्कार गर्ने चेतावनी दिएका छन। आफुहरुको मागको सम्बोधन नभए सम्म कुनैपनि हालतमा चुनावमा सहभागी नहुने र चुनाव हुन पनि नदिने उनको भनाइ छ । तेह्रथुमको म्याङ्लुङ्गमा पत्रकारसंग कुरा गर्दै गौरबले चार दलबीच भएको ११ बँदे सहमति र राष्ट्रपतिले जारी गरेको २५ बुँदे बाधा अड्काउ […]

२०७० बैशाख २२ गते, आईतवार

बर्तमान सरकारसँग वार्ता हुन सक्दैन : किरण

काठमाण्डौ । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले राष्ट्रपति, बर्तमान सरकार, सरकारी वार्ता टोली र चार दलीय संयन्त्र कसैसँग वार्ता हुन नसक्ने स्पष्ट पारेका छन । अध्यक्ष किरणले आफूहरुको मागको विषयमा कोही पनि टसको मस नदेखिएकोले बार्ताको सम्भावना टरेको बताए । ‘उच्चस्तरीय राजनीतिक समितिको हैसियत छैन । रिपोर्टर्स क्लबले शनिवार आयोजना गरेको साक्षात्कारमा किरणले भने, ‘यो […]

२०७० बैशाख २१ गते, शनिबार

३३ दलद्वारा निर्वाचन आयोग घेराउ

काठमाडौ, – नेकपा-माओवादी सहितका ३३ दलले चार दलको सहमति र वर्तमान सरकारको बिरोधमा निर्वाचन आयोग अगाडि प्रदर्शन गरेको छ । उनीहरुले आयोगको गेट कान्तिपथमा बिहान ९ बजेदेखि ११ बजेसम्म धर्ना र घेराउ गरे । उनीहरुले निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु खारेजी हुनुपर्ने, प्रधानन्यायाधीश नेतृत्वको सरकारको विघटन तथा सरकार गठनका बेला चार दलबीच भएको सहमति अनुसार राष्ट्रपतिद्वारा जारी […]

२०७० बैशाख २० गते, शुक्रबार

प्रचण्डको ‘किर्तिमान’

काठमाडौं । एउटै आमसभालाई एकै नेताले दुइ चोटी सम्वोधन गरेको विश्व इतिहासमा पनि सुनिएको छैन्। तर मे दिवसको अवसरमा इटहरीमा पार्टीले आयोजना गरेको एउटै आमसभालाई दुइ पटक सम्वोधन गरेर एमाओवादी अध्यक्ष प्रचण्डले इतिहास कायम गरेका छन् । त्यसैले यसलाई प्रचण्डको ‘किर्तिमान’ भएको विश्लेषण गरिएको छ। प्रचण्ड आफ्नो भाषण टुङ्गाएको केहीबेरमै फेरी रोष्टममा उभिए ,पहिलो पटक […]

२०७० बैशाख १९ गते, बिहीबार

राष्ट्रिय स्वाधिनताको विपक्षमा सास रहुन्जेल सम्झौता गर्देनौ: गौरब

काठमाडौं । मे दिवसको अवसरमा झापाको बिर्तामोडमा पार्टीले आयोजना गरेको कार्यक्रममा नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरबले मंसिरमा पनि संविधानसभाको निर्वाचन हुन नसक्ने बताएका छन् । संबिधानसभाको निर्वाचनले यसअघिका सरकारले गरेका राष्ट्रघाती सन्धी–सम्झौतालाई बैधानिकता दिने भएकाले निर्वाचन हुनै नदिने उनले बताए । उपाध्यक्ष गौरबले संविधानसभाबाट संविधान नआउने प्रमाणित भईसकेको अवस्थामा फेरी चुनावको कुरा गर्नुको कुनै अर्थ […]

२०७० बैशाख १९ गते, बिहीबार

अव राष्ट्रघातिहरूविरुद्ध लडाइँ हुनेछ: विप्लव

काठमाडौं । एकसय चौबिसौ मे दिवसको अवसरमा नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द बिप्लवले सेना, प्रहरी, देशभक्त जनता र आफ्नो पार्टी मिलेर राष्ट्रियताको लडाइँ लड्नुपर्ने बेला आएको बताएका छन ।अखिल नेपाल टे्रड युनियन महासङ्घले मे दिवसको >सरमा आयोजना गरेको कार्यक्रममा सम्वोधन गर्दै सचिव बिप्लवले नेपालबाट विदेशीका दलालहरूलाई लखेट्न आवश्यक रहेको उल्लेख गरे। उनले भने -” देश गुमे […]

२०७० बैशाख १९ गते, बिहीबार

मजदुर दिवस मनाइदै

काठमाडौं, आज १ सय २४ औं अन्तराष्ट्रिय मजदूर दिवस, मजदूर दिवसको अवसरमा सरकारले सार्बजनिक विदा दिएको छ। अमेरिकाको सिकागो सहरमा मजदुहरुले आठ घण्टा काम र आठ घण्टा आरामको नारा सहित गरेको आन्दोलन सफल भएको दिनको सम्झनामा सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिकमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो। नेपालमा भने २००३ […]

२०७० बैशाख १८ गते, बुधबार

३३ दलले दल दर्ता प्रक्रिया बहिस्कार गर्ने

काठमाडौं । मंगलबारबाट सुरु भएको दल दर्ता प्रक्रिया नेकपा-माओवादीसहितका ३३ दलले बहिस्कार गर्ने भएका छन् । माओवादी पार्टी कार्यालय बुद्धनगरमा बसेको ३३ दलको बैठकले २५ बुँदे बाधा अड्काउ फुकाउ ओदश खारेज नभएसम्म दल दर्ता नगर्ने निर्णय गरेको हो । ‘चैत्र १ गतेको २५ बुँदे प्रतिगामी र असंवैधानिक आदेश बदर नहुँदासम्म कुनैपनि दलले दल दर्ता नगर्ने […]

२०७० बैशाख १७ गते, मंगलवार