मुख्य समाचार

३३ दलद्वारा निर्वाचन आयोग घेराउ

काठमाडौ, – नेकपा-माओवादी सहितका ३३ दलले चार दलको सहमति र वर्तमान सरकारको बिरोधमा निर्वाचन आयोग अगाडि प्रदर्शन गरेको छ । उनीहरुले आयोगको गेट कान्तिपथमा बिहान ९ बजेदेखि ११ बजेसम्म धर्ना र घेराउ गरे । उनीहरुले निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु खारेजी हुनुपर्ने, प्रधानन्यायाधीश नेतृत्वको सरकारको विघटन तथा सरकार गठनका बेला चार दलबीच भएको सहमति अनुसार राष्ट्रपतिद्वारा जारी […]

२०७० बैशाख २० गते, शुक्रबार

प्रचण्डको ‘किर्तिमान’

काठमाडौं । एउटै आमसभालाई एकै नेताले दुइ चोटी सम्वोधन गरेको विश्व इतिहासमा पनि सुनिएको छैन्। तर मे दिवसको अवसरमा इटहरीमा पार्टीले आयोजना गरेको एउटै आमसभालाई दुइ पटक सम्वोधन गरेर एमाओवादी अध्यक्ष प्रचण्डले इतिहास कायम गरेका छन् । त्यसैले यसलाई प्रचण्डको ‘किर्तिमान’ भएको विश्लेषण गरिएको छ। प्रचण्ड आफ्नो भाषण टुङ्गाएको केहीबेरमै फेरी रोष्टममा उभिए ,पहिलो पटक […]

२०७० बैशाख १९ गते, बिहीबार

राष्ट्रिय स्वाधिनताको विपक्षमा सास रहुन्जेल सम्झौता गर्देनौ: गौरब

काठमाडौं । मे दिवसको अवसरमा झापाको बिर्तामोडमा पार्टीले आयोजना गरेको कार्यक्रममा नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरबले मंसिरमा पनि संविधानसभाको निर्वाचन हुन नसक्ने बताएका छन् । संबिधानसभाको निर्वाचनले यसअघिका सरकारले गरेका राष्ट्रघाती सन्धी–सम्झौतालाई बैधानिकता दिने भएकाले निर्वाचन हुनै नदिने उनले बताए । उपाध्यक्ष गौरबले संविधानसभाबाट संविधान नआउने प्रमाणित भईसकेको अवस्थामा फेरी चुनावको कुरा गर्नुको कुनै अर्थ […]

२०७० बैशाख १९ गते, बिहीबार

अव राष्ट्रघातिहरूविरुद्ध लडाइँ हुनेछ: विप्लव

काठमाडौं । एकसय चौबिसौ मे दिवसको अवसरमा नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द बिप्लवले सेना, प्रहरी, देशभक्त जनता र आफ्नो पार्टी मिलेर राष्ट्रियताको लडाइँ लड्नुपर्ने बेला आएको बताएका छन ।अखिल नेपाल टे्रड युनियन महासङ्घले मे दिवसको >सरमा आयोजना गरेको कार्यक्रममा सम्वोधन गर्दै सचिव बिप्लवले नेपालबाट विदेशीका दलालहरूलाई लखेट्न आवश्यक रहेको उल्लेख गरे। उनले भने -” देश गुमे […]

२०७० बैशाख १९ गते, बिहीबार

मजदुर दिवस मनाइदै

काठमाडौं, आज १ सय २४ औं अन्तराष्ट्रिय मजदूर दिवस, मजदूर दिवसको अवसरमा सरकारले सार्बजनिक विदा दिएको छ। अमेरिकाको सिकागो सहरमा मजदुहरुले आठ घण्टा काम र आठ घण्टा आरामको नारा सहित गरेको आन्दोलन सफल भएको दिनको सम्झनामा सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिकमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो। नेपालमा भने २००३ […]

२०७० बैशाख १८ गते, बुधबार

३३ दलले दल दर्ता प्रक्रिया बहिस्कार गर्ने

काठमाडौं । मंगलबारबाट सुरु भएको दल दर्ता प्रक्रिया नेकपा-माओवादीसहितका ३३ दलले बहिस्कार गर्ने भएका छन् । माओवादी पार्टी कार्यालय बुद्धनगरमा बसेको ३३ दलको बैठकले २५ बुँदे बाधा अड्काउ फुकाउ ओदश खारेज नभएसम्म दल दर्ता नगर्ने निर्णय गरेको हो । ‘चैत्र १ गतेको २५ बुँदे प्रतिगामी र असंवैधानिक आदेश बदर नहुँदासम्म कुनैपनि दलले दल दर्ता नगर्ने […]

२०७० बैशाख १७ गते, मंगलवार

एमाओवादी र एमालेबीच झडप

काठमाडौ । निर्वाचन आयोगमा पार्टी दर्ताको बिषयलाइ लिएर एकीकृत नेकपा माओवादी र एमालेबीच झडप भएको छ । निर्वाचन आयोगमा पार्टी दर्ताको बिषयलाई लिएर दुई पार्टीबीच झडप भएको हो । पहिलो नम्बरमा पार्टी दर्ता गर्न पाउनु पर्ने भन्दै एमाले र माओवादी कार्यकर्ताबीच निर्वाचन आयोग परिसरमै झडप भएको हो । पहिलो नम्बरमा पार्टी दर्ता हुनु पर्ने माग […]

२०७० बैशाख १७ गते, मंगलवार

अवैधानीक माहबाणिज्य दुताबास खारेज गर: ३३ दल

काठमाडौं , नेकपा माओवादी लगायतका ३३ दलले आज भारतीय दुतावासमा बिरोध पत्र बुझउँदै अवैधानीक ढंगले स्थापना गरेको माहबाणिज्य दुताबास खारेज गर्न माग गर्दै छन् । माओवादी लगायत ३३ दलले बिराटनगरमा भारत सरकारले माहबाणिज्य दुताबास खारेज गर्न माग गरेका हुन् । दिउसो २ बजे र्याली सहित दुतावासको कार्यालय लैनचौरमा पुगि बिरोध पत्र बुझाउने नेकपा माओवादीले जनाएको […]

२०७० बैशाख १६ गते, सोमबार

नेकपा-माओवादीमा थप भएका वैकल्पिक केन्द्रीय समिति सदस्यहरु

काठमाडौ, । नेकपा-माओवादीले केन्द्रीय समितिमा १ सय ८ जना वैकल्पिक केन्द्रीय सदस्य थप गरी जम्मा १५१ जनाको पूर्ण केन्द्रीय समिति बनाएको छ । माओवादीले सल्लाहकार समितिमा पनि केही सदस्य थप गरेको छ । थप गरीएका वैकल्पिक केन्द्रीय समिति सदस्य र थप भएका सल्लाहकार सदस्यहरु: वैकल्पिक केन्द्रीय समिति सदस्य : १) शरद सिंह भण्डारी २) शंकर […]

२०७० बैशाख १४ गते, शनिबार

वार्ताको कुनै औचित्य छैन : माओवादी

काठमाडौं , नेकपा – माओवादीले सरकारले प्रस्ताव गरेको वार्ताको कुनै औचित्य नभएको प्रष्ट पारेको छ ।वर्तमान सरकार ‘असंवैधानिक’ भएको भन्दै माओवादीले चुनावी विषयमा वार्तामा नबस्ने स्पष्ट पारेको हो । ‘असंवैधानिक सरकारद्वारा प्रायोजित निर्वाचनका विषयमा मात्र गरिने वार्ताको कुनै औचित्य नहुने भएकाले हामी वार्तामा बस्न असमर्थ रहेको जानकारी गराउन चाहन्छौँ,’ माओवादी अध्यक्ष वैद्यद्वारा जारी विज्ञप्तीमा भनिएको […]

२०७० बैशाख ८ गते, आईतवार