मुख्य समाचार

चन्दा उठाउन घरदैलो कार्यक्रम !

काठमाडौं, २ वैशाख । नयाँ शक्ति नेपालले आर्थिक सहयोग संकलनका लागि घरदैलो कार्यक्रम गर्ने भएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल जेठ अन्तिममा राष्ट्रिय भेला गर्ने तयारीमा रहेकोले आर्थिक सहयोग माग्दै सार्वजनिक अपील नै जारी गरेको छ । पार्टीको नियमित कामका लागि आवश्यक रकम सदस्यहरुबाटै जुटाउने भएपनि संक्रमणकालीन व्यवस्थापन र राजनीतिक अभियान […]

२०७३ बैशाख २ गते, बिहीबार

अोलीको सत्तामा रहिरहने नैतिक आधार समाप्त : भट्टराई

काठमाडौ, ३० चैत । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले वर्तमान सरकार सबै क्षेत्रमा असफल भएकाले प्रधानमन्त्री केपी शर्मा अोलीलार्इ सत्तामा रहिरहने नैतिक आधार नभएको बताएका छन्। आज जनकपुरघाममा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको गतिविधि र भाषा पञ्चायती व्यवस्था झैं भएको आरोप लगाउँदै सरकारले अराजकता, कालाबजारी, तस्करी, भ्रष्टाचारलाई प्रश्रय दिएको बताए। एक प्रश्नको जवाफमा […]

२०७२ चैत्र ३० गते, मंगलवार

माओवादीद्धारा ईन्जिनियरलाई कालो मोसो

काठमाडौँ । जाजरकोट जिल्ला प्राविधिक कार्यालय प्रमुख ईन्जिनियर जयराम श्रेष्ठलाई नेकपा माओवादी कार्यकर्ताले कालो मोसो दलेका छन् । योजना निर्माण तथा कार्यालयका अन्य काममा भ्रष्टाचार गरेको आरोप लगाउँदै श्रेष्ठको कार्यकक्षमै पुगेर उनीहरुले कालो मोसो दलेका हुन् । चाररपाँच जनाको समुहमा सेवाग्राही बनेर ईन्जिनियरको कार्यकक्षमा गएका माओवादी कार्यकर्ताले आइतबार दिउसो श्रेष्ठलाई कालो मोसो दलेको प्रहरीले जनाएको […]

२०७२ चैत्र २९ गते, सोमबार

वैद्य माओवादीमा बादलको बबन्डर

काठमाडौँ । एमाओवादीसँग पार्टी एकता गर्ने विषयमा बसेको नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठक रणसंग्राममा परिणत भएको छ । गत चैत १२ गते पार्टीको नेवाः राज्यको कार्यालय कुपण्डोलमा बसेको बैठक निर्णयमा पुग्न नसकी पटक–पटक स्थगित हुँदै आएको छ । १९९ सदस्यीय केन्द्रीय सदस्य रहेको क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकमा १६६ जना मात्र सहभागी भएको एक […]

२०७२ चैत्र २७ गते, शनिबार

एमाओवादी नेता झक्कु सुवेदीका छोरा विप्लव माओवादीमा प्रवेश

काठमाडौं, २७ चैत्र । क्रान्तिकारी धु्रविकरणले तीव्रता पाइरहेको बेला एकीकृत नेकपा माओवादीका क्षेत्रीय इन्चार्ज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओेवादीमा प्रवेश गरेका छन् । शनिबार संवाद डबलीमा माओवादी पार्टीले आयोजना गरेको ‘क्रान्तिकारी धु्रविकरण कार्यक्रम’मा एमाओवादीका काठमाडौं क्षेत्र नं. ४ का इन्चार्ज सन्तोष सुवेदी ‘प्रयास’ नेकपा माओवादीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेशी प्रयासलाई कार्यक्रमका प्रमुख […]

२०७२ चैत्र २७ गते, शनिबार

‘नेतृत्वको असक्षमताका कारण राष्ट्रिय स्वाधीनता धरापमा’

काठमाडौं, २६ चैत । अस्वस्थ राजनीतिक गतिविधि र राजनीतिक दलको नेतृत्वको असक्षमताका कारण राष्ट्रिय स्वाधिनता धरापमा परेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । देशभक्त संघिय जनवादी मोर्चाको आयोजनामा बुटवल उपमहानगरपालिकाको हलमा सम्पन्न ‘वर्तमान राजनीतिक परिस्थिती र राष्ट्रिय स्वाधिनताको सवाल’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने अधिंकाश बक्ताहरुले राष्ट्रिय स्वाधिनता रक्षाको लागी एकपटक सबै जनताहरुले राष्ट्रियताको लडाईँमा […]

२०७२ चैत्र २६ गते, शुक्रबार

सिंहदरवार नै कालोबजारीको आश्रय स्थल : आपूर्तिमन्त्री

काठमाडौं , २५ चैत । आपूर्तिमन्त्री गणेशमान पुनले कालोबजारी गर्नेहरुलाई तह लगाउन युवा विद्यार्थीहरुको सहयोगको अपेक्षा गरेको बताएका छन । उनले प्रमुख प्रशासनिक निकाय सिंहदरबार नै कालोबजारी गर्नेहरुको आश्रयस्थल बनेको बताउदै कालोबजारी गर्नेहरुलाई तह लगाउन आफूहरु क्रियाशील रहेको र यो काममा युवा विद्यार्थीहरुको सहयोगको अपेक्षा गरेको बताए । मन्त्री पुनले अखिल क्रान्तिकारी सिटिइभिटी कप २०७२ […]

२०७२ चैत्र २५ गते, बिहीबार

‘ईयू र भारतको संयुक्त विज्ञप्ति नाङ्गो हस्तक्षेप’

काठमाडौं, २२ चैत । नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले वर्तमान सरकार राष्ट्रवादी नभएको बताएका छन् । अहिलेको सरकारबाट राष्ट्रियताको रक्षा हुन नसक्ने बताउँदै स्वाधिनताको रक्षा गर्न एकीकृत जन क्रान्तिको विकल्प नभएको बताए । सोमबार संवाद डबलीमा देशभक्त संघीय जनवादी मोर्चाले गरेको कार्यक्रममा वास्तोलाले भने “नयाँ संविधान र सरकार भारतीय जासुस संस्था ‘रअ’, कांग्रेस […]

२०७२ चैत्र २३ गते, मंगलवार

प्रचण्डलाई पछ्याउँदा बादलको बिचल्ली

काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादी र एमाओवादीबीच पार्टी एकताको विषयमा छलफल गर्न नेकपा क्रान्तिकारी माओवादी बैठक बसिरहेको छ । काठमाडौँको नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा जारी बैठकमा पार्टी अध्यक्ष मोहन वैद्य किरणको पार्टी एकताको प्रस्तावमाथि छलफल चलिरहेको छ । अध्यक्ष किरणले पेस गरेको पार्टी एकता प्रस्तावमा पार्टी, विचार, सिद्धान्त र राजनीतिबिना एकता सम्भव नभएको उल्लेख […]

२०७२ चैत्र २० गते, शनिबार

स्वास्थ्य मन्त्रालय भ्रष्टहरुको चंगुलमा

काठमाडौँ । स्वास्थ्य मन्त्रालयका हरेक कामकारवाहीमा आर्थिक लेनदेन हुने गरेको स्रोतले बताएको छ । मन्त्रालयमा आर्थिक लाभ लिनेमा मन्त्री र सचिवलगायत उच्च पदस्य कर्मचारी नै संलग्न हुन थालेपछि मन्त्रालयको काम लथालिङ्ग भएको स्रोतको दाबी छ । स्रोतका अनुसार स्वास्थ्यमन्त्री रामजनम चौधरी र सचिव शान्तबहादुर श्रेष्ठले कर्मचारी सरुवा, बढुवा र विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र र शिक्षण […]

२०७२ चैत्र २० गते, शनिबार