मुख्य समाचार

चुनाव बहिष्कार शान्तिपूर्ण हुन्छ –किरण

इटहरी, २१ असोज । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले चुनाव बहिष्कारलाई शान्तिपूर्वक अघि बढाउने तयारी भइरहेको बताएका छन् । सुनसरीको इटहरीमा पार्टी केन्द्रीय कार्यसमितिले आयोजना गरेको पूर्वाञ्चलस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दे उनले चुनाव बहिष्कार शान्तिपूर्बक रुपमा हुने बताए । ठूलो हिस्सा राजनीतिक दललाई पाखा लगाएर गर्न लागिएको चुनावले विस्तृत शान्ति प्रक्रिया बिथोलिने उनले […]

२०७० आश्विन २१ गते, सोमबार

हामिले जित्यौं :३३ दल

काठमाडौ , २१ असोज – नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आफ्नो सहमतिविना चुनावी प्रक्रिया अघि बढाए पनि राजनीतिक रुपमा भने आफूहरुको जीत भएको निष्कर्ष निकालेको छ ।माओवादी पार्टी कार्यालय बुद्धनगरमा आईतबार बसेको ३३ दलीय मोर्चाको बैठकले जनतामा सहमतिबाटै चुनाव गर्नुपर्छ भन्ने आवाज उठ्नु र चुनावका लागि सेना परिचालन गर्नुपर्ने अवस्था आउनु आफूहरुको राजनीतिक मुद्दाले […]

२०७० आश्विन २१ गते, सोमबार

जहिलेसम्म जनताले आफ्ना अधिकार सम्पन्न भएको महसुस गर्दैनन्, त्यतिबेलासम्म हामी लड्न तयार छौँ – विप्लव

० पार्टीको पोलिटब्युरोको बैठक भर्खरै सकिएको छ, के-कस्ता निर्ण्रय गर्नुभयो ? यो पटकको पोलिटब्युरो बैठकको सबभन्दा महत्वपूण् निर्ण्रय भनेको कठ्पुतली फासिस्ट सरकारको विघटन गर्ने र वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूको संयुक्त सरकार निर्माण गर्नको लागि पहल गर्ने निर्ण्रय लिएको छ, र्सवाधिक महत्वपूण् निर्ण्रय यही हो । ० तपाईंहरूले विरोध जनाउँदा-जनाउँदै पनि निर्वाचनको कार्यक्रमहरू सुरु गरिएको […]

२०७० आश्विन १९ गते, शनिबार

एमालेका उम्मेद्वार आलममाथि गोली प्रहार

बारा, १८असोज – अज्ञात समूहको गोली प्रहारबाट नेकपा एमाले बाराका उम्मेद्वार मोहम्मुद आलम गम्भीर घाइते भएका छन् ।बारा क्षेत्र नम्बर ४ बाट पत्यक्ष तर्फका उम्मेद्वार आलममाथि आज विहान गोली प्रहार भएको प्रहरीले जनाएको छ ।उनको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । लिपनीमालमा कार्यकर्ता भेटघाटका लागि गएका आलममाथि गोली प्रहार भएको हो । उनको वीरगञ्जमा […]

२०७० आश्विन १८ गते, शुक्रबार

यथास्थितिमा चुनाब हुन सक्दैन : माओवादी

काठमाडौ , १६ असोज – नेकपा –माओबादीको पोलिटब्युरो बैठकले ४ दलले षड्यन्त्र गरेर चुनाव गर्न खोजेको भन्दै चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । यथास्थितिमा चुनाब हुन सक्दैन, चुनाब भयो भने देश सजिलै सिक्किमीकरण हुन्छ, त्यसैले हामि चुनाव बहिष्कारको पक्षमा छौ । बैठकले ३३ दलीय मोर्चाले कार्तिक २५ देखि मंसिर ५ गतेसम्म आब्हान गरेको बन्द […]

२०७० आश्विन १७ गते, बिहीबार

चुनावको कुरा हास्यापदः शेखर

काठमाडौं, १५ असोज – नेपाली काग्रेसका नेता डाक्टर शेखर कोईरालाले ३३ दलिय मोर्चालाई सहभागि नगराई चुनावको कुरा गर्नु हास्यापद भएको बताएका छन । मध्ये नेपालकै सर्वोत्कृष्ट रेडियो कालीका एफ एम ९५.२ को दैनिक बिहानी प्रस्तुती कार्यक्रम समय सन्र्दभमा कुराकानी गर्दे डाक्टर कोईरालाले शिर्ष नेताहरुले बाटो विराउदै गएको बताउदै चुनाव सार्देमा आकाश नखस्ने बताए । असन्तुष्ट […]

२०७० आश्विन १५ गते, मंगलवार

संयुक्त राष्ट्रिय जनपरिषदले निर्वाचन बहिष्कार गर्ने

काठमाडौं, १६ असोज – संयुक्त राष्ट्रिय जनपरिषदले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । जनपरिषदको सचिव रिता मानुषीले बक्तब्य जारी गरि उक्त कुराको जानकारी गराएकी छन् । संयुक्त राष्ट्रिय जनपरिषद नेपालको सचिव रिता मानुषीद्वारा जारी प्रेस वक्तव्यको पूर्ण बिबरण यस प्रकार छ – “संविधानसभाको नारालाई विदेशि शक्तिहरु र तिनका मतियारहरुले विगत ८ बर्षदेखि साम्प्रदायीक द्वन्द, […]

२०७० आश्विन १६ गते, बुधबार

चुनाव सार्नु पर्छ : सुजाता

काठमाडौं,१५ असोज । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नेकपा–माओवादीलगायत असन्तुष्ट दललाई चुनावमा ल्याउन मंसिर चारको चुनाव सार्न सुझाव दिएकि छन् । आफ्नै निवास मण्डिखाटारमा मंगलबार पत्रकार सम्मेलन गरी नेतृ कोइरालाले असन्तुष्ट ३३ दललाई बाहिर राखेर गरिने चुनावले देशलाई निकास नदिने भन्दै चुनाव सानुपर्ने सुझाव दिएकि हुन् । उनले असन्तुष्टहरूलाई चुनावमा सहभागी गराउन चार दलका शीर्ष […]

२०७० आश्विन १५ गते, मंगलवार

३३ दलीय मोर्चाद्वारा वार्ताको आह्वान

काठमाडौं, १३असोज – नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले वार्ताका लागि चार दललाई आह्वान गरेको छ ।मोर्चाको आइतबार बसेको बैठकले राष्ट्रिय सहमति बिना मुलुकले स्थायी शान्ति नपाउने भन्दै वार्ताका लागि चार दललाई आह्वान गरेको हो । संविधान सभा चुनावका विषयमा मोर्चाको धारणा पहिले भन्दै फरक देखिएको छ । मोर्चाका तर्फबाट नेकपा माओवादीका सचिव देव गुरुङले […]

२०७० आश्विन १४ गते, सोमबार

३३ दलीय मोर्चा निर्वाचन कार्यालयहरुमा विरोधपत्र बुझाउँदै

काठमाडौं, १३ असोज । नेकपा–माओवादीले नेतृत्वको ३३ दलीय मोर्चाले आज देशभरका निर्वाचन कार्यालयहरुमा विरोधपत्र बुझाउँदैछ । निर्वाचन प्रक्रियामाथि असन्तुष्टि जनाउँदै ३३ दलीय मोर्चाले विरोधपत्र बुझाउन लागेको हो ।काठमाडौंको निर्वाचन आयोगमा मोर्चाका एक घटक क्रान्तिकारी कम्युनिष्ट पार्टीका संयोजक मणि थापाले विरोधपत्र बुझाउने बताइएको छ । त्यस्तै देशैभरका निर्वाचन कार्यालयमा मोर्चामा आवद्ध पार्टिका नेताहरुको नेतृत्वमा विरोधपत्र बुझाइनेछ […]

२०७० आश्विन १३ गते, आईतवार