मुख्य समाचार

पत्रकार इच्छुकको स्मृति दिवस मनाइँदै

काठमाडौ, जेठ १३ – पत्रकार कृष्णसेन इच्छुकको ११ औं स्मृति दिवस आज सोमबार बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार विहान क्रान्तिकारी पत्रकार संघको आयोजनामा काठमाडौको शान्ति बाटिकाबाट प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै इच्छुक सांस्कृतिक प्रतिष्ठानले पनि काठमाडौमा विशेष कार्यक्रम गर्दैछ ।क्रान्तिकारी पत्रकार महासंघले पनि पत्रकार सेनको स्मृतिमा सोमबार विहान प्रभातफेरि […]

२०७० जेष्ठ १३ गते, सोमबार

आज तराई बन्द

काठमाडौ, १२ जेठ ,विभिन्न माग राख्दै अनसन बसिरहेको सद्भावना पार्टीले आज तराईका २२ जिल्लामा बन्द गराएको छ ।संविधानसभा निर्वाचनको मिति घोषणा लगायतका माग राखेर आमरण बस्दा समेत माग पुरा नभएको भन्दै सद्भावना पार्टीले आजबाट बन्द गराएको बताएको छ । बन्दका कारण गाडीहरु नचलेपछि जनजीवन प्रभावित बनेको छ ।

२०७० जेष्ठ १२ गते, आईतवार

अस्थायी डाइभर्सन फेरी बगयो

काठमाडौं, १२ जेठ– आइतबार विहानै बाढीले नवलपरासीको लौकाहा पुलको अस्थायी डाइभर्सन फेरी बगाएको छ । डाइभर्सन भत्काएपछि पूर्व पश्चिम राजमार्गको नारायणगढ- बुटवल सडक खण्डमा यातायात फेरी अवरुद्ध भएको छ ।पूर्व पश्चिम राजमार्गको सो खण्ड अवरुद्ध हुँदा हजारौं यात्रु राजमार्गमै अलपत्र परेका छन् । शनिवार रातीको बाढीले चार दिनअघि बनाएको डाइभर्सन बगाएपछि आइतवार विहान ३ बजेदेखि […]

२०७० जेष्ठ १२ गते, आईतवार

रेग्मी बाधक बन्नु हुँदैन: कोइराला

काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले चुनावलाई सुनिश्चित गर्न अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलरज रेग्मीले बाधक भएको भन्दै तत्काल प्रधान न्यायाधीशबाट राजिनामा दिनुपर्ने बताएका छन । पार्टीका कामको सिलसिलामा इलाम पुगेका सभापति कोइरालाले शुक्रबार इलाम सदरमुकाममा पत्रकारसँगको भेटघाटमा वर्तमान सरकार गठन प्रक्रिया र कामकार्वाहीप्रति असन्तुष्टी जाहेर गर्दै सो कुरा बताएका हुन् । आफूहरु बावुरामको सरकारको […]

२०७० जेष्ठ १० गते, शुक्रबार

गृहमन्त्रीको प्रतिवद्धता पछि आन्दोलन स्थगित

काठमाडौ , सरकारले पूर्व सभासद् सदरुल मिँया हकको हत्याको छानवीन गरि दोषिलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित भएको छ । आन्दोलनमा उत्रीएका आफन्त र छिमेकीहरुको माग पुरा गर्न गृहमन्त्री माधवप्रसाद घिमिरेले प्रतिवद्धता जनाएप्छि मियाôको अन्त्येष्टि गर्न पनि परिवार सहमत भएका छन् ।गृमन्त्री घिमिरे वार्ताका लागि बिहानै सप्तरी पुगेका थिए । आजै आफ्नो संस्कार अनुसार […]

२०७० जेष्ठ १० गते, शुक्रबार

गृहमन्त्री घिमिरे सप्तरीमा

काठमाडौ ,पूर्व सभासद सदरुल मिया हकको हत्याका विषयमा छानविनको प्रतिवद्धता जनाउन गृहमन्त्री माधवप्रसाद घिमिरे बिहानै सप्तरी पुगेका छन् । सप्तरी पुगेलगत्तै उनले मियाँ हत्याको छानविन गरि दोषि पत्ता लगाउन माग गर्दै आन्दोलन गरिरहेका पक्षसँग वार्ता सुरु गरेका छन् ।मियाँका परिवार र समर्थकले भने आन्दोलनरत जारी राखेका छन् । बन्दका कारण यातायात सेवा आज पनि ठप्प […]

२०७० जेष्ठ १० गते, शुक्रबार

तीन दिनदेखि बन्द पूर्व पश्चिम राजमार्ग खुल्यो

काठमाडौं, – पूर्व सभासद सदरुल मिया हकको हत्याको विरोधमा तीन दिनदेखि जारी बन्द यातायात अहिले साँझदेखि खुलेको छ । पूर्वसभासद मियाको घरमै सुतिरहेका बेला सोमबार राति हत्या भएपछि मंगलबार विहानदेखि स्थानीय वासिन्दाले पूर्व पश्चिम राजमार्ग बन्द गरेका थिए । हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गर्दै स्थानीय बासिन्दा र आफन्तहरुले सप्तरी र सुनसरीका विभिन्न ठाउँमा […]

२०७० जेष्ठ ९ गते, बिहीबार

आज विराटनगर बन्द , जनजीवन प्रभावित

काठमाडौ।पूर्व सभासद् सदरुल मियाँ हकको हत्याराको कारबाही तथा खोजीको माग गर्दै बिहीबार विराटनगर बन्द गराइएको छ। सभासद् मियाँको हत्या भएको तीन दिन बितिसके पनि हत्यारा पत्ता नलागेको र प्रहरी प्रशासन मौन रहेको आक्रोशमा विराटनगर बन्द गराइएको राष्ट्रिय मुस्लिम सङ्घर्ष समिति मोरङले जनाएको छ। उक्त सङ्घर्ष समितिको आह्वानमा विराटनगर बजार, कलकारखाना, शिक्षण संस्था, यातायात बन्द गरिएको […]

२०७० जेष्ठ ९ गते, बिहीबार

निर्वाचनमा सहभागी हुदैनौ : बैद्य

काठमाडौ, – नेकपा-माओवादी अध्यक्ष मोहन बैद्यकिरणले आफ्नो सर्त पूरा नभएसम्म संविधानसभामा निर्वाचनमा सहभागी नहुने बताएका छन् ।’कृष्ण सेन इच्छुक सप्ताह तथा उनी मरेका छैनन्’ नाटकको उदघाटन गर्दै अध्यक्ष किरणले भने ‘सरकार र चारदलीय संयन्त्रसंग अनौपचारिक वार्ता भइरहेको छ, हाम्रा सर्त पूरा नहुन्जेलसम्म त्यो वार्ताको अर्थ छैन’ उनले भने ।आफ्ना सर्त स्पष्ट भएकाले कुनै पनि हालतमा […]

२०७० जेष्ठ ७ गते, मंगलवार

आरआर क्याम्पसमा ताला

काठमाडौं, – फर्जि भर्ना खारेजीको माग गर्दै नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले काठमाडौंको रत्न राज्यलक्ष्मी ताला लगाएको छ ।आसन्न स्ववियु निर्वाचनलाई प्रभावित पार्नेगरि अवैध रुपमा एकमुस्ट भर्ना गरिएको भन्दै क्याम्पसमा तालाबन्दि गरेको अखिल क्रान्तिकारी आरआर क्याम्पस कमिटीका अध्यक्ष ललित बिकले जानकारी दिए । अखिल क्रान्तिकारीले भर्ना खारेज नभएसम्म तालाबन्दी नखोल्ने जनाएको छ । त्रिभुवन विश्वविद्यालयले तोकेको […]

२०७० जेष्ठ ६ गते, सोमबार