बिज्ञान तथा प्रबिधि

भारतको कारण गण्डक जलविद्युतको उत्पादन बन्द

काठमाडौं, २४ कात्तिक । भारतीय पक्षले नहरमा पानी बन्द गरेपछि नवलपरासीस्थित गण्डक जलविद्युत् केन्द्रको उत्पादन बन्द भएको छ । भारतले यस वर्ष पनि मर्मत सम्भार गर्न भन्दै नहरमा पानी बन्द गरेको हो । जसका कारण गुठी सूर्यपुरास्थित विद्युत् उत्पादन केन्द्रको उत्पादन बन्द भएको छ । भारतीय पक्षले कात्तिक ९ देखि नहरमा पानी बन्द गरेको हो […]

२०७३ कार्तिक २४ गते, बुधबार

भारतीय दुतावासका वेबसाइट एकसाथ ह्याक

काठमाडौ, २३ कात्तिक । सात मुलुकमा रहेका भारतीय दुतावासको वेबसाइट एकसाथ ‘ह्याक’ भएको छ । ह्याकरको समूहले युरोप र दक्षिण अफ्रिकामा सात भारतीय दुतावासको वेबसाइट ह्याक गरेको हो । भारतीय विदेश मन्त्रालयले ती मुलुकमा आफ्ना दुतावासका वेबसाइट ह्याक भएको पुष्टि गरेको छ । विदेश मन्त्रालयले ‘समस्या’ बारे अवगत रहेको जनाउँदै त्यसको समाधानका लागि प्रयास भइरहेको […]

२०७३ कार्तिक २३ गते, मंगलवार

अब ‘डिजिटल टेरेस्ट्रियल’ प्रविधिबाट च्यानल वितरण

काठमाडौँ, १९ कात्तिक । नेपालमा दोस्रो पुस्ताको डिजिटल टेरेस्ट्रियल प्रविधिबाट टेलिभिजन च्यानलहरूको वितरण सुरु हुने भएको छ । यो प्रविधिबाट टीभी च्यानल वितरण गर्न तीनवटा कम्पनीले अनुमति पाएकाले चाँडै नै नेपालमा पनि सेवा सुरु हुने भएको हो । नेपालमा केबुल तथा डाइरेक्टु होम (डीटीएच) प्रविधि भित्रिनुभन्दा अगाडि एन्टेना राखेर टेलिभिजन हेर्ने गरिन्थ्यो । एन्टेना राखेर […]

२०७३ कार्तिक १९ गते, शुक्रबार

तिहारमा सौर्यबत्तीले सडक झलमल पार्नेे लक्ष्य अपुरो

काठमाडौँ, १४ कात्तिक । काठमाडौँ महानगरपालिकाको यसपटकको तिहारमा महानगरभित्रका सबै वडाका सडकमा सौर्यबत्तीले झलमल पार्नेे लक्ष्य पूरा नहुने भएको छ । सौर्यबत्ती जडान गर्न चाहिने केही उपकरण र जनशक्ति समयमै ल्याउन नसक्दा यो लक्ष्य पूरा नभएको हो । मुख्य सडकमा भने यसअघि नै सौर्यबत्ती बालिसकेको महानगरपालिकाले जनाएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङले सौर्यबत्तीका […]

२०७३ कार्तिक १४ गते, आईतवार

रत्नपार्क र पुतलीसडक सर्वाधिक प्रदुषित

काठमाडौं, १२ कात्तिक । राजधानीको रत्नपार्क र पुतलीसडक क्षेत्र सबैभन्दा धेरै प्रदुषित छन् । वातावरण विभागले राखेको वायु प्रदुषण मापन केन्द्रको तथ्थांकले यी क्षेत्रमा सबैभन्दा धेरै प्रदुषण देखाएको हो । दुवै क्षेत्र सवारी साधनको चाप हुने क्षेत्र हो । सामान्यत एउटा मापन केन्द्रले १० क्युविक किलोमिटर क्षेत्रसम्म वायुको अवस्थाको अध्ययन गर्छ । प्रदुषण सन्तुलनमा हुन […]

२०७३ कार्तिक १२ गते, शुक्रबार

स्वचालित कार पार्किङ बन्दै

काठमाडौँ, ११ कात्तिक । काठमाडौँको मुख्य व्यापारिक केन्द्र मानिने नयाँसडकमा एकै समयमा ४०० गाडी अट्ने स्वचालित कार पार्किङ बन्ने भएको छ । व्यापारिक केन्द्र नयाँसडक क्षेत्रको भीड तथा पार्किङको समस्यालाई दृष्टिगत गर्दै यस प्रकारको पार्किङ बनाउन लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । उनका अनुसार सो पार्किङ कस्तो बनाउने भन्ने विषयमा तीनवटा समूहले अध्ययनको काम […]

२०७३ कार्तिक ११ गते, बिहीबार

‘ सगुन’ दुई अर्व लगानी जुटाउने तयारीमा

काठमाडौं, १० कात्तिक । सामाजिक सञ्जाल सगुनले मिनि आइपिओ मार्फत २ अर्व लगानी जुटाउने तयारी गरेको छ । दुई बर्ष अघि स्टार्ट अप कम्पनीको रुपमा अमेरिकाको वासिङ्टन डीसीमा स्थापना भएको सगुन इन्कले, सोसल ई-कमर्स सञ्जालको विस्तारका लागि मिनि आइपिओ मार्फत बीस मिलियन अमेरिकी डलर अर्थात दुई अर्व नेपाली रुपैयाँ लगानी जुटाउने तयारी गरेको हो । […]

२०७३ कार्तिक १० गते, बुधबार

बर्मुडा ट्राएङ्गलको रहस्य खुल्यो

काठमाडौं, ८ कात्तिक । बर्मुडा ट्राएङ्गल रहेको एक खतरनाक इलाका आन्ध्र महासागरमा रहेको छ । यो फ्लोरिडाको मियामी, बर्मुडा द्वीप र प्योर्टो रिकोको स्यान जुआनबीच रहेको छ । यी तीनै स्थानलाई सीधा लाइनबाट आपसमा मिलाउँदा एक ट्राएङ्गल बन्छ। यसै इलाकालाई बर्मुडा ट्राएङ्गल भनिन्छ । यसको जम्मा क्षेत्रफल करिब ५ लाख स्क्‍वायर किलोमिटर रहेको बताइन्छ । […]

२०७३ कार्तिक ८ गते, सोमबार

बत्तिस लाख डेबिट कार्ड ‘ह्याक’

काठमाडौं, ६ कात्तिक । भारतीय विभिन्न बैंकबाट वितरण गरिएका करिब ३२ लाख डेबिट कार्ड ‘ह्याक’ भएको आशङ्कामा आफ्ना ग्राहकहरुलाई कार्डको व्यक्तिगत पिननम्बर परिवर्तन गर्न सरकारी स्वामित्वमा सञ्चालित स्टेड बैंक अफ इन्डियालगायतका बैंकहरुले आग्रह गरेका छन् । बैंक अधिकारीले हजारौँ कार्डको पिन नम्बर परिवर्तन गर्न आग्रह गरेका छन् भने कैयौँ अन्य कार्डलाई ह्याक भएको आशङ्कामा ब्लक […]

२०७३ कार्तिक ६ गते, शनिबार

ट्राफिक व्यवस्थापनका लागि ३२८ क्यामराको प्रयोग

काठमाडौं, ५ कात्तिक । अत्याधिक सवारी चाप हुने काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि ३२८ क्यामराको प्रयोग गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले २०० सीसी क्यामरा, ५० ड्यासबोर्ड क्यामरा, ६४ ग्रोप्रो क्यामरा र १४ बडिवन क्यामराद्वारा उपत्यकाको ट्राफिक व्यवस्थापन गरेको हो । महाशाखाका प्रहरी नायब उपरीक्षक सविन प्रधानले उपत्यकामा अत्याधिक मात्रामा लेन अनुशासन उल्लंघन हुने […]

२०७३ कार्तिक ५ गते, शुक्रबार