बिज्ञान तथा प्रबिधि

नेपालको इन्टरनेट सबैभन्दा महंगो

काठमाडौं,२६ भदौ । नेपालमा आधा दर्जनभन्दा बढी इन्टरनेट सेवा प्रदायक कम्पनी छन्। यी कम्पनीबीच कसले सस्तो शुल्कमा उत्कृष्ट सेवा प्रदान गर्ने भन्ने प्रतिस्पर्धा नै चलेको छ । तर, पनि नेपालमा इन्टरनेट सेवा महंगो छ। अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालको इन्टरनेट सेवा शुल्क निकै महँगो छ। शुल्क महंगो भए पनि त्यस अनुसारको सेवा उपलव्ध छैन। तोकिएबमोजिम इन्टरनेट […]

२०७३ भाद्र २६ गते, आईतवार

झारपातबाट बिजुली !

काठमाडौ, २५ भदौ । रौतहटको कनकपुर गाविसस्थित सिम्री गाउँमा झारपातबाट बिजुली बत्ती बालिएको छ । जिल्ला विकास समिति गौर, गरिबी निवारण कोष र वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको सहयोगमा ग्यासिफायर प्लान्ट प्रविधिबाट जंगलमा खेर गइरहेका झारपात र काठदाउराका टुक्रा प्रयोग गरी बिजुली बत्ती निकालिएको हो । रौतहटको चारकोसे जंगलको बीचमा रहेको यो गाउँका बासिन्दा बिजुली उत्पादन […]

२०७३ भाद्र २५ गते, शनिबार

सामसुङ ग्यालेन्सी नोट ७ स्मार्टफोन विमानमा प्रयोग गर्न प्रतिबन्ध

काठमाडौ, २५ भदौ । भारतको नागरिक उड्डयन मन्त्रालयले सामसुङ ग्यालेन्सी नोट ७ स्मार्टफोनको प्रयोग विमानमा गर्न प्रतिबन्ध लगाएको छ। नागर विमानन महानिर्देशनालय (डीजीसीए)ले सार्वजनिक सूचना जारी गर्दै हवाई यात्री र एयरलाइन्सहरुलाई फ्लाइटका क्रममा यो मोबाइल फोन अन र चार्च नगर्न सुझाव दिएको छ । संसारभर सामसुङ ग्यालेक्सी नोटको ब्याट्रीमा विष्फोटको घटनालाई ध्यानमा राखेर मन्त्रालयले यस्तो […]

२०७३ भाद्र २५ गते, शनिबार

उत्तर कोरियाले परमाणु बम परिक्षण गरेको आशंका

काठमाडौ, २२ भदौ । उत्तर कोरियामा ठुलो भूकम्पको झड्का महशुस गरिएको छ । भूकम्पको तिब्रता ५.३ रेक्टर स्केल बताइएको छ। यद्यपि दक्षिण कोरियाको सरकारले उत्तर कोरियाले परमाणु बम परीक्षण गरेको हुन सक्ने जनाएको छ। अमेरिकी जियोलजिकल सर्भेका अनुसार भूकम्पको झड्का पृथ्वीको माथिल्लो भागमा महशुस गरिएको जनाएको छ । प्राकृतिक भूकम्पको कम्पन धर्तीको तल्लो तहमा महशुस […]

२०७३ भाद्र २४ गते, शुक्रबार

संसद बैंठक युट्युबमा

काठमाडौ, २२ भदौ । व्यवस्थापिका संसदका हरेक बैठक अब युट्युबबाटै प्रत्यक्ष प्रसारण गर्ने गरी संसद सचिवालयले गृहकार्य अघि बढाएको छ । ‘पार्लियामेन्ट अफ नेपाल लाइभ’ मा डाउनलोड गरेपछि नेपालको संसदको प्रत्यक्ष प्रसारण हेर्न पाइने गरी संसद सचिवलायले गृहकार्य अघि बढाएको हो । यद्यपि, यसबारे अन्तिम निर्णय हुन भने बाँकी रहेको छ । सभामुख ओनसरी घर्ती […]

२०७३ भाद्र २२ गते, बुधबार

उत्तर कोरियाद्वारा व्यालेष्टिक मिसायल परिक्षण

काठमाडौं, २१ भदौ । उत्तर कोरियाले तीन वटा व्यालेष्टिक मिसायल परिक्षण गरेको छ । उत्तरले आफ्नो पूर्वी समुद्री तटिय क्षेत्रको पानीमा मिसायल परिक्षण गरेको छिमेकी दक्षिण कोरियाले जनाएको छ । मिसायलको प्रकार र तिनीहरुको मारक दूरी र क्षमताबारे भने कुनै सुचना प्राप्त हुन नसकेको दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले जनाएको छ । चीनमा जी ट्वान्टीको […]

२०७३ भाद्र २१ गते, मंगलवार

‘भर्चुअल लर्निङ स्टुडियो’ स्थापना

काठमाडौ, २० भदौ । शिखा मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रले सानोठिमीस्थित कार्यालयमै ‘भर्चुअल लर्निङ स्टुडियो’ स्थापना गरी काठमाडौंबाटै एक सय विद्यालयमा पढाउने तयारी गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। भूकम्प प्रभावित ११ जिल्लाका सय विद्यालयमा भर्चुअल लर्निङ गराउने तयारी भएको हो। शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमका अनुसार भूकम्प प्रभावित जिल्ला रसुवा, […]

२०७३ भाद्र २० गते, सोमबार

बृहस्पति ग्रहको नयाँ तस्वीर सार्वजनिक

काठमाडौं, १९ भदौ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बृहस्पति ग्रहका नयाँ तस्वीर सार्वजनिक गरेको छ । जुनो उपग्रहले खिचेका नयाँ तस्वीर नासाले सार्वजनिक गरेको हो । यी तस्वीरमा बृहस्पति ग्रहका दुबै ध्रुबमा ग्यासको बादल मडारिएको देखिएको छ । यसअघि बृहस्पति ग्रहका कुनै पनि तस्वीरमा ग्यासको बादल देखिएको थिएन । गत ५ जुलाईमा बृहस्पति ग्रहको कक्षमा […]

२०७३ भाद्र १९ गते, आईतवार

‘क्यान कम्टेक’को तयारी अन्तिम चरणमा

काठमाडौं, १६ भदौ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको आयोजनामा हुन लागेको ‘सुबिसु क्यान कम्टेक २०१६’को तयारी करिब अन्तिम चरणमा रहेको जनाइएको छ । भदौं २३ देखि २६ गतेसम्म काठमाडौंस्थित भृकुटीमन्डपमा हुन लागेको मेलाबारे बुधबार गरिएको पत्रकार सम्मेलनमा विस्तृत जानकारी गराइएको हो । सूचना तथा सन्चार क्षेत्रमा विकसित पछिल्ला प्रविधि, यस क्षेत्रको विकास र […]

२०७३ भाद्र १६ गते, बिहीबार

एक्काइस जलविद्युत् आयोजनाको सम्झौता खारेज

काठमाडौँ, १४ भदौ । नेपाल विद्युत् प्राधिकरणले निर्माण सुरु र सर्त पालना नगरेको भन्दै विभिन्न २१ जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) खारेज गरेको छ । विद्युत् खरिद सम्झौता गरेपछि आयोजनाले तत्काल निर्माण प्रक्रिया सुरु गर्नुपर्ने वा चित्तबुझ्दो कारण भए मात्रै म्याद थपका लागि निवेदन दिन सकिन्छ । तर चित्तबुझ्दो कारण पेस नगरेको तथा निर्माण […]

२०७३ भाद्र १४ गते, मंगलवार