बिज्ञान तथा प्रबिधि

संयुक्त अनुगमन टोलीद्वारा तीन पानी उद्योगमा शिलबन्दी

काठमाडौं, ३ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं मनमैजु–३ स्थित समुल ग्रुप इन्डस्ट्रिज प्रालि, क्रिष्टल एक्वा सर्भिस प्रालि र एक्वा स्टार मिनरल वाटर उद्योग प्रालिमा शिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी वृत्त बालाजुसमेतको संयुक्त अनुगमनका क्रममा जेठ १ गतेदेखि जारको पानीको बिर्कोमा अनिवार्य रूपमा सिंक -याप लगाउनुपर्ने निर्देशन […]

२०७३ जेष्ठ ३ गते, सोमबार

मौसमको भाबिस्यबाणी पुरानै प्रविधिको भरमा

काठमाडौ, २ जेठ । ताप्लेजुङस्थित पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालयले अनुमान र पुराना प्रविधिको भरमा मौसमसम्बन्धि जानकारी दिनपर्ने बाध्यता ब्यहोरिरहेको छ । अत्याधुनिक प्रविधि नहुँदा आफूहरुले पुरानै प्रविधिको भरमा मौसमको जानकारी दिनुपर्ने बाध्यता रहेको कर्मचारीको भनाइ छ । पछिल्लो समय मौसमसम्बन्धि जानकारी लिएर मात्र पर्यटक, आरोही र यात्रुले हिमाल चड्ने र यात्रा गर्ने गरे पनि […]

२०७३ जेष्ठ २ गते, आईतवार

नेपाल-चीन ट्रान्सबोर्डर कनेक्टिभिटी सम्पन्न

काठमाडौ, ३१ बैशाख । नेपाल-चीन ट्रान्सबोर्डर कनेक्टिभिटी सम्पन्न भएको नेपाल टेलिकमले जनाएको छ। टेलिकमले काठमाडौंबाट धादिङको गल्छीदेखि रसुवाको धुन्चे हुँदै चीनको सीमा रसुवागढीसम्म अप्टिकल फाइबर बिच्याउने काम सकेको हो । अब चीनको चाइना टेलिकमसँग नेपाल टेलिकमको सेवालाई ‘इन्टरकनेक्सन’ गर्न बाटो खुलेको बताइएको छ । नेपाल टेलिकमका सह-प्रवक्ता डिल्लीराम अधिकारीले भौतिक रूपमा काठमाडौं र चीन अल […]

२०७३ बैशाख ३१ गते, शुक्रबार

करोडौ मेलको पासवर्ड चोरी

काठमाडौं,३० वैशाख । ह्याकरको एक समूहले २७ करोडभन्दा बढी ईमेल अकाउन्टको पासवर्ड फेला पारेको छ । जीमेल, हटमेल र याहुसमेत २७ करोडभन्दा बढी ईमेल अकाउन्टको पासवर्ड ह्याकरले चोरी गरेको हो । ‘होल्ड सेक्योरिटी’ नामक कम्पनीले एक ब्लगमार्फत यस्तो दाबी गरेको हो । ब्लगमा जनाइएअनुसार जीमेल, हटमेल र याहु ईमेल प्रयोगकर्ताको ईमेल अकाउन्ट र पासवर्ड चोरी […]

२०७३ बैशाख ३० गते, बिहीबार

बेलुकासम्म पानी पर्ने

काठमाडौ, ३० बैशाख । अहिले बिहानदेखि काठमाडौं उपत्यकासहित मध्य क्षेत्रका धेरै ठाउँमा पानी परिरहेको छ । मौसमविद् राजु प्रधानाङगका अनुसार उपत्यका र आसपासमा झण्डै २ घण्टासम्म पानी पर्ने अनुमान गरिएको छ भने बेलुकासम्ममा पूर्वमा पनि पानी पर्नेछ । त्यसपछि पनि मौसम बदली नै हुनेछ । बेलुकीपख फेरि उपत्यका सहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने […]

२०७३ बैशाख ३० गते, बिहीबार

७२ वर्षमा आमा !

काठमाडौँ, २९ वैशाख । भारत पञ्जाव राज्यकी ७२ वर्षीया दलजिन्दर कौर गत महिना आमा बनेकी हुन् । उनले आइभिएफ पद्धतिबाट सन्तान जन्माएकी हुन् । मातृत्व सुख प्राप्तिसँगै आफ्नो जीवन साकार भएको उनले बताइन् । भारतीय संचारमाध्यमका अनुसार हरियाणाको एक क्लिनिकमा दुई वर्षसम्मको उपचारपछि दलजिन्दर कौर र उनका ७९ वर्षका पति मोहिन्दर सिंह गिललाई सन्तान प्राप्ति […]

२०७३ बैशाख २९ गते, बुधबार

आफ्नो ग्रह दशा आफै पत्ता लगाउने भए..

काठमाडौं, २७ बैशाख । ज्योतिषाचार्य डा. सुनिल सिटौलाले आफ्नै प्रयासमा ‘जोखाना’ एप मार्फत यस्तो सेवा दिन लागेका छन् । एप मार्फत अब इन्टरनेटको माद्यमवाट आफ्नो भाग्यफल आफैं हेर्न र बुझ्न पाइने भएको छ । प्राचिन हनुमान ज्योतिष सकुन प्रश्नावली एवम भृगु संहिताको आधारबाट जोखानाको फलादेश एपमा राखिएको छ । भावि वा भबिष्य बताउने, ग्रह दशा […]

२०७३ बैशाख २७ गते, सोमबार

भोलि ‘बुधसुर्यगमन’

काठमाडौं, २६ वैशाख । खगोलबिद्हरुले भोली सोमबार बुधसूर्यगमन हुने बताएका छन् । नेपाल लगायत एशियाका विभिन्न मुलुकका साथै युरोप र उत्तर अमेरिकामा समेत भोली बुधसुर्यगमन हुने बताइएको छ । जसअनुसार भोली साँझ ४ बजेर ४२ मिनेटमा सूर्यलाई हेर्ने हो भने सूर्यको बीच भागमा प्वालै प्वाल जस्तो देखिनेछ । सुर्य र पृथ्वीको बीचमा बुधग्रह आउँदा बुधग्रह […]

२०७३ बैशाख २६ गते, आईतवार

वाईफाईमा समस्या आयो ? यसो गर्नुस

काठमाडौं, २६ बैशाख । वाईफाईको सिग्नल सबै तिर नपुगेका कारण समस्या नभएको घर कम मात्रै हुन्छ । घरमा इन्टरनेट कनेक्सन जोडेपनि घरको सबै तिर वाईफाईको सिग्नल पुग्दैन । तर वाईफाईको सिग्नल घरका सबै ठाउँमा राम्रोसँग टिप्ने बनाउन भने सकिन्छ । घरमा पुरानो राउटर राखिएको छ भने त्यसलाई वाईफाई सिग्नलको ‘डेड स्पट’ या सिग्नल नभएको ठाउँको […]

२०७३ बैशाख २६ गते, आईतवार

नुनखानी उत्खननमा राज्यको बेवास्ता

काठमाडौ, २५ वैशाख । उत्तरी म्याग्दीको शिख गाविसस्थित तातोपानी कुण्ड आसपासमा फेला परेको नुनखानी उत्खनन हुन सकेको छैन । नुनखानीको सम्भावना रहेको सरकारी निकायले पुष्टि गरेको लामो समय बितिसक्दा पनि उत्खननमा भने चासो नदिएको स्थानीयको गुनासो छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने शिख र नारच्याङ गाविसको सिमानामा नुनिलो पानीको मुहान भेटिएपछि त्यसको अनुसन्धानमा स्थानीयले […]

२०७३ बैशाख २५ गते, शनिबार