बिज्ञान तथा प्रबिधि

अमेरिकामाथि मास्क ‘डकैती’को आरोप

काठमाडाैं, २२ चैत । अमेरिकामाथि मास्क ‘डकैती’ गरेको आरोप लागेको छ । जर्मनी लैजान ठिक्क पारिएका दुई लाखवटा मास्क अमेरिकातर्फ लगिएपछि अमेरिकामाथि ‘आधुनिक डकैती’को आरोप लागेको हो । बीबीसीका अनुसार अमेरिकामा बनाइएका ती मास्क जर्मनीको राजधानी बर्लिनस्थित एक स्थानीय सरकारले मगाएको थियो । बर्लिनको प्रहरीका निम्ति मगाइएका ती एफएफपीटू मास्क थाइल्याण्डको बैंककमा जफत गरिएको थियाे […]

२०७६ चैत्र २२ गते, शनिबार

कोरोनाको खोप परीक्षण सफल !

काठमाडौं, २१ चैत । अमेरिकाको पेनसेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले कोभिड–१९ को खोप परीक्षणमा सफलता मिलको दावी गरेको छ । यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएका हुन् । पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले जनावरमा गरेको परीक्षणमा प्रारम्भिक सफलता मिलेको जनाएका हुन् । पशुमा […]

२०७६ चैत्र २१ गते, शुक्रबार

कोरोनाविरुद्ध औषधि: ‘क्लिनिकल परीक्षण’ सुरु

काठमाडौँ, १९ चैत । जापानको फुजिफिल्म तोयामा नामक कम्पनीले ६ वर्षअघि विकसित गरेको ‘आविगान’ नामक औषधिलाइ अहिले कोरोना विरुद्द क्लिनिकल परीक्षण गर्न थालिएको छ ।bटोकियोका विभिन्न अस्पतालहरुमा उपचाररत करिब १०० जना कोरोना संक्रमितहरुमा यो औषधि परिक्षण गरिने अधिकारीहरुले जनाएका छन् । फुजिफिल्म तोयामा नामक कम्पनीले विकास गरेको उक्त औषधिका बारेमा आइची प्रान्तको फुजिता मेडिकल युनिभर्सिटी […]

२०७६ चैत्र १९ गते, बुधबार

काठमाडौं उपत्यका प्रदुषण मुक्त

काठमाडौँ, १९ चैत । काठमाडौंं उपत्यका प्रदूषणमुक्त भएको छ । करिब ३० वर्षपछि उपत्यका प्रदूषणमुक्त भएको हो । कोरोनाभाइरसको संक्रमणबाट बच्न ‘लकडाउन’ सरकारले गरेपछि काठमाडौंं उपत्यकालगायत नेपालभर प्रदूषणमुक्त भएर वायुले आफ्नो पुरानो स्वरुप पाएको हो । लकडाउनका कारण सवारी–साधन र कलकारखाना नचल्दा वायु प्रदूषणको तह स्वात्तै घटेर अन्तर्राष्ट्रिय मापदन्डभन्दा पनि राम्रो देखिएको वातावरण विभागले जनाएको […]

२०७६ चैत्र १९ गते, बुधबार

उत्तर कोरिया मिसाइल परीक्षणमा व्यस्त

काठमाडाैँ, १८ चैत । विश्वभर कोरोना भाइरसको महामारीले आतंक मच्चाइरहेको वेला उत्तर कोरिया भने मिसाइल परीक्षणमै व्यस्त देखिन्छ । उसले आइतबार मात्र ‘सुपर लार्ज मल्टिपल रकेट लन्चर’ को सफल परीक्षण गरेको बिबिसीले जनाएको छ । महिनादिनमै उसकाे याे चाैथाे परीक्षण रहेकाे समाचार एजेन्सीहरूले जनाएका छन् । उत्तर कोरियाली मिडियाहरुले पनि सोमबार यो परीक्षणको पुष्टि गरेका […]

२०७६ चैत्र १८ गते, मंगलवार

कोरोनाबारे जानकारी दिन ‘ डाँफे हेल्थ डटकम’ सञ्चालन

काठमाडाैँ, १५ चैत । सरकारले कोरोना भाइरस (काेभिड-१९)बारे जानकारी दिन ‘डाँफे हेल्थ डटकम’ (www.danphehealth.com) सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसका बारेमा सही जानकारी तथा सूचनाहरु उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टल सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । स्वास्थ्य मन्त्रालयका सल्लाहाकार डा. खेम बहादुर कार्कीले शनिबारदेखि डाँफे हेल्थ डटकम सञ्चालनमा आउने बताए । […]

२०७६ चैत्र १५ गते, शनिबार

देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौं, १० चैत । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली भई अपराह्नबाट उपत्यकासहित देशको धेरैजसो स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ । प्रिमनसुनसँगै स्थानीय वायु सक्रिय भएकाले अपराह्नपछि बदली भई वर्षा हुने वरिष्ठ मौसमविद् निराजन सापकोटाले बताए । उनका अनुसार प्रिमनसुनको समय भएकाले पहाडी […]

२०७६ चैत्र १० गते, सोमबार

‘एसएमएस (sms) वाइपास’ गर्ने पक्राउ

काठमाडौं , ७ चैत । कल वाइपास सबैले सुन्दै आएको हो, तर एक जना भारतीयले भने एसएमएस नै वाइपास गरेको तथ्य फेला पारेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यसरी अत्याधुनिक प्रविधिको प्रयोग गरी एसएसमएस वाइपास गरेको नेपालमा पहिलो भएको दाबी गरेको छ । उक्त अवैध कार्यमा संलग्न रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ समेत गरेको […]

२०७६ चैत्र ७ गते, शुक्रबार

कर्मचारीलाई हजार डलरका दरले बोनस !

काठमाडाैँ, ५ चैत । फेसबूकले कोरोना भाइरसको महामारी विश्वभर फैलिएको बेला पनि काम सघाएको भन्दै आफ्नो कर्मचारीलाई बोनस दिने भएको छ । चीनबाट फैलिएको कोरोना भाइरसको त्रासकाबीच घरमै बसेर सक्रिय रुपमा काम गर्ने कर्मचारीहरुलाइ प्रतिव्यक्ति एक\एक हजार डलर बोनस दिने भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । बोनस दिने घोषणाबारे कार्यकारी प्रमुख मार्क जुकरवर्गले आन्तरिक […]

२०७६ चैत्र ५ गते, बुधबार

वर्षा, चट्याङ, असिना र हावाहुरीकाे सम्भावना

काठमाडौँ, ३० फागुन । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले नेपालको मौसमी प्रणालीमा बदलाव आएको जनाएको छ । आज देशका पश्चिमी तथा मध्य भू-भागमा मौसम बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ । आज बिहानैदेखि काठमाडौँ उपत्यकाको मौसम धुम्मिएको छ । यहाँकाे आकाशमा बाक्लो बादल देखिन्छ । पश्चिम नेपालका […]

२०७६ फाल्गुन ३० गते, शुक्रबार