बिज्ञान तथा प्रबिधि

सवारीसाधनको विद्युत्तीय अभिलेख सुरु

काठमाडौँ । बागमती प्रदेशभित्रका सवारीसाधनको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेशन) सुरु गरिएको छ । सोमबार यातायात व्यवस्था कार्यालय गुर्जुधारा (मोटरसाइकल)मा सम्पन्न एक कार्यक्रमबीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले उक्त कार्यको शुभारम्भ गरेका हुन् ।कार्यक्रममा डिजिटाइजेशनका लागि मन्त्रालयबाट १ सय जना तथ्याङ्क प्रविष्ट गर्ने कर्मचारी खटाइएको यातायातमन्त्री महर्जनले जानकारी दिए । महर्जनका अनुसार छिट्टै […]

२०८१ फाल्गुन ६ गते, मंगलवार

विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज १३ फेब्रुअरी अर्थात विश्व रेडियो दिवस । सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन प्रारम्भ भएको हो ।यसैक्रममा आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त […]

२०८१ फाल्गुन १ गते, बिहीबार

ह्वाट्सएपमाथि साइबर हमला !

काठमाडौँ । मेटाका अनुसार जेरो क्लिक विधिको प्रयोग गरेर ह्वाट्सएपमाथि ह्याकरहरुले आक्रमण गरेका छन् । यसबाट केही संख्याका ह्वाट्सएप प्रयोगकर्ताहरु साइबर हमलाकारीको निशानामा परेको समाचारमा उल्लेख गरिएको छ । ह्वाट्सएपमाथिको पछिल्लो साइबर हमलामा इजरायली कम्पनी प्यारागन सोलुसन्सको निगरानी सफ्टवेयर Graphite को प्रयोग भएको दाबी मेटाले गरेको छ । साथै ९० जना ह्वाट्सएप प्रयोगकर्ताको अकाउन्ट ह्याक […]

२०८१ माघ २२ गते, मंगलवार

प्रदूषण जाँच :५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत

काठमाडौँ । काठमाडौं महानगरपालिकाद्वारा ५९९ सवारीसाधन परीक्षण गरिएकामा ३४५ वटा धुँवा उत्सर्जन मापदण्ड विपरीत रहेका छन् । कामपाले निकायगत समन्वयमा गरेको प्रदूषण जाँचका क्रममा ५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत भेटिएका हुन् । जाँच गरिएका सवारीसाधनमध्ये पेट्रोलबाट सञ्चालित २३ र डिजेलबाट सञ्चालित ३२२ वटा धुँवा उत्सर्जन मापदण्ड विपरीत भेटिएका कामपा वातावरण विभागले जनाएको छ । पेट्रोलभन्दा […]

२०८१ माघ २२ गते, मंगलवार

सामसङका प्रमुख ली जे–योङलाई ठगी मुद्दामा सफाइ

काठमाडौँ । सामसङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को विवादास्पद मर्जरसँग सम्बन्धित विभिन्न आरोपबाट सोमबार पुनः सफाइ मिलेको छ । लीलाई गत वर्षको एक सुनुवाइमा पनि अभियोगबाट मुक्त गरिएको थियो, तर अभियोजकहरूले उक्त फैसलाविरुद्ध अपिल गरेका थिए ।एएफपीले प्राप्त गरेको अदालती कागजातमा भनिएको छ, ‘प्रस्तुत गरिएका प्रमाणहरू तर्कसंगत शंकाभन्दा बाहिर आरोप प्रमाणित गर्न पर्याप्त […]

२०८१ माघ २१ गते, सोमबार

दुई अन्तरिक्ष यात्रीद्वारा पहिलो पटक एकसाथ अन्तरिक्ष भ्रमण !

काठमाडौँ । नासाका फसेका दुई अन्तरिक्ष यात्रीले पहिलो पटक अन्तरिक्ष भ्रमण (स्पेस वाक) गरेका छन् । उनीहरुले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा प्रवेश गरेको लगभग आठ महिनापछि बाहिर निस्किएर बिहीबार एकसाथ पहिलो पटक अन्तरिक्ष भ्रमण (स्पेस वाक) गरेका हुन् ।कमान्डर सुनी विलियम्स र बुच विलमोर मर्मत कार्य गर्न र पृथ्वीबाट प्रक्षेपण भएर भेन्टहरूबाट बाहिर निस्किएका कुनै सूक्ष्मजीवहरू […]

२०८१ माघ १८ गते, शुक्रबार

सामाजिक सञ्जालमा लगाम !

काठमाडौँ। सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस हुने भएको छ। नेपालमा केही वर्षयता सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नुपर्ने आवाज उठिरहेका बेला सरकारले त्यस सम्बन्धमा छुट्टै कानुन बनाउने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले माघ ७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक […]

२०८१ माघ १५ गते, मंगलवार

साइबर सुरक्षासम्बन्धी एडभाइजरी जारी

काठमाडौँ । सञ्चार मन्त्रालय मातहत रहेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कर्मचारीहरूका लागि साइबर सुरक्षासम्बन्धी एडभाइजरी जारी भएको छ । केन्द्रले साइबर सुरक्षासम्बन्धी एडभाइजरी जारी गरेपछि कर्मचारीहरूले ३/३ महिनामा पासवर्ड परिवर्तन गर्नुपर्ने भएको छ ।पासवर्ड राख्दा सहजै अनुमान गर्न नसकिने गरी सुरक्षित राख्ने र ३÷३ महिनामा परिवर्तन गर्ने गरी प्रणालीमा व्यवस्था गर्न सुझाव दिएको हो । […]

२०८१ माघ १३ गते, आईतवार

क्यान इन्फोटेक माघ २४ देखि

काठमाडौँ । ‘क्यान इन्फोटेक’ आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको नेपालकै ठूलो सूचना प्रविधि प्रदर्शनी मानिने क्यान इन्फोटेकमा यस पटक सूचना प्रविधिका नयाँ–नयाँ आविष्कार र प्रविधि समाधानलाई व्यापक रूपमा समेटिने बताइएको छ ।क्यान इन्फोटेकको ३० औं संस्करणको मिति घोषणासंगै टाइटल स्पोन्सर, इन […]

२०८१ माघ ५ गते, शनिबार

चन्द्रमामा दुई ल्यान्डर प्रक्षेपण

काठमाडौं । बुधबार बिहान एउटै रकेटमा दुई रोबोटिक चन्द्र ल्यान्डरहरू प्रक्षेपण भएका छन । दुईवटा ल्यान्डरहरू अमेरिकी निजी एयरोस्पेस कम्पनी फायरफ्लाइ एयरोस्पेसको ब्लू घोस्ट ल्यान्डर र जापानी कम्पनी इसस्पेसको ल्यान्डर हुन् । फ्लोरिडाको नासाको केनेडी स्पेस सेन्टरमा स्पेसएक्स फाल्कन ९ रकेटमा बुधबार पूर्वी समय करिब १ः१३ बजे ल्यान्डरहरू प्रक्षेपण गरिएको थियो । स्पेसएक्सले रकेटको मुख्य […]

२०८१ माघ ३ गते, बिहीबार