राजनीति

भारतीय नागरिक नेपालका वडा अध्यक्ष !

काठमाडौं, २७ बैशाख । कपिलवस्तुको यशोधरा गाँउपालिका ५ का वडा अध्यक्ष लहिश पठान नै भारतीय नागरिक भएको पाइएको छ । उनीसँग भारत सरकारले आफ्ना नागरिकलाई दिने आधार कार्ड र नेपाल सरकारले आफ्ना नागरिकलाई दिने नेपाली नागरिकता दुवै छन् । लहिश पठानले भातरबाट नइम खानका नाममा आधार कार्ड लिएका छन् । भारतमा बाबुको नाममा रफिक खान […]

२०७६ बैशाख २७ गते, शुक्रबार

सडक कालाेपत्रे गर्न माग गर्दै प्रदर्शन

काठमाडौं, २६ वैशाख । सडक कालाेपत्रे गर्न माग गर्दै राजधानीस्थित बौद्धमा स्थानीयबासी विरोध प्रदर्शनमा उत्रिएका छन् । समयमै सडक कालोपत्र नभएको भन्दै स्थानीयबासिले बिराेध गरेका हुन् । बौद्ध व्यापार संघ र स्थानीयबासीले बिहीबार बिहानदेखि बौद्धमा सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरे । उनीहरुले सडक कालोपत्र गर्न नथालेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।उनीहरुले समयमा […]

२०७६ बैशाख २६ गते, बिहीबार

‘महरा इतिहासकै कायर सभामुख ‘

काठमाडौं, २५ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै कायर सभामुखको संज्ञा दिएका छन् । नेपाली कांग्रेसले बुधबारदेखि सुरु गरेको राष्ट्रिय जागरण अभियानको बुधबार काठमाडौंमा उद्घाटन गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा मर्यादाहीन अभिव्यक्ति दिएको जान्दा–जान्दै पनि सभामुख महराले प्रधानमन्त्रीलाई ‘रुलिङ’ गर्न नसकेको बताए । संसदमा प्रश्न सोध्न […]

२०७६ बैशाख २६ गते, बिहीबार

कांग्रेस राष्ट्रिय जागरण अभियानमा

काठमाडौं , २५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजवाट ‘हिमाल, पहाड, तराई मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ शुरु गर्दै छ । सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ । अभियानको प्रथम चरणको कार्यक्रमका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ । काठमाडौँमा […]

२०७६ बैशाख २५ गते, बुधबार

समाजवादी पार्टी जन्मियो

काठमाडौं , २३ बैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल बीच आज पार्टी एकता भएको छ। संघीय समाजवादी फोरम र नयाँ शक्ति दुई दल मिलेर समाजवादी पार्टी नेपाल बनेको छ । पार्टी एकता घोषणा सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका […]

२०७६ बैशाख २३ गते, सोमबार

आज विराटनगर बन्द

काठमाडौं, २३ बैशाख । प्रदेश नं. १ को राजधानी विराटनगर कायम गर्न माग गर्दै विराटनगर महानगरपालिका बन्द आह्वान गरिएको छ । विराटनगर नागरिक संघर्ष समितिको आह्वानमा बन्द गरिएको हो । प्रदेशको राजधानीका संरचना विकेन्द्रित रूपमा राख्न खोजिएको भन्दै संघर्ष समितिले विराटनगरलाई नै राजधानी कायम गर्न माग गर्दै बन्द गरेको हो । बन्दले बिहानैदेखि जनजीवन प्रभावित […]

२०७६ बैशाख २३ गते, सोमबार

‘मेरो सरकार’ भन्नु बेलायती महारानीको शैली नक्कल’

काठमाडौं, २२ बैशाख । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ भनेकोमा आपत्ति जनाएको छ । उसले राष्ट्रपतिले बेलायती महारानीको शैली नक्कल गरिएको ठोकुवा गरेको छ । प्रतिनिधिसभाको बैठकमा शुरु भएको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले मेरो सरकार भन्न लगाएर सरकारले […]

२०७६ बैशाख २२ गते, आईतवार

फोरम र नयाँ शक्ति पार्टी एक हुदै

काठमाडौं, २१ वैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ । आज नयाँ शक्तिको पार्टी कार्यालय बबरमहलमा भएको दुई पार्टीको छलफलमा यही वैशाख २३ गते सोमबार एकता घोषणा गर्ने सहमति भएको डा. भट्टराई […]

२०७६ बैशाख २१ गते, शनिबार

सरकारको नीति तथा कार्यक्रम संसदमा पेस हुदै

काठमाडाैं । सरकारले आगामी आर्थिक २०७६/७७ को नीति तथा कार्यक्रम आज संघीय संसदमा प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन । चुनावी घोषणापत्रका आधारमा एमाले र माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि त्यसको नेतृत्वमा रहेको […]

२०७६ बैशाख २० गते, शुक्रबार

सरकारको नीति तथा कार्यक्रमः ‘राजतन्त्र’को झल्को

काठमाडौं, २० बैशाख । सरकारले शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ । राजतन्त्रको झ–झल्को दिने गरी ‘मेरो सरकारले गरेको छ’, ‘मेरो सरकारको चाहना छ’, ‘मेरो सरकारले योजना बनाएको छ’ जस्ता बाक्याम्सका साथ राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार संघीय संसदको संयुक्त बैठकमा ‘समृद नेपालः सुखी नेपाली’को नारा सार्थक बनाउने लक्ष्य समेटिएको […]

२०७६ बैशाख २१ गते, शनिबार