राजनीति

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत(नीति तथा कार्यक्रमको पूर्ण पाठसहित)

काठमाडौँ, १५ असार । राष्ट्रपति डा. रामवरण यादवले नेपाल सरकारको आव २०७१÷०७२ को नीति तथा कार्यक्रम सदनसमक्ष प्रस्तुत गरेका छन् व्यवस्थापिका–संसद्को अहिले जारी बैठकमा राष्ट्रपति डा. यादवले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नेपालको अन्तरिम संविधान २०६३ अनुरुप राष्ट्रपतिले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रमको पूर्ण पाठ […]

२०७१ असार १५ गते, आईतवार

एमाले महाधिवेशनको सचिवालय भृकुटीमण्डपमा

काठमाडौ, १५ असार । नेकपा एमालेले महाधिवेशनका लागि आजदेखि काठमाडौको भृकुटीमण्डपमा सचिवालय स्थापना गर्ने भएको छ ।अहिलेसम्म पार्टी कार्यालयबाटै सचिवालयले काम गर्दै आएकोमा महाधिवेशन नजिक आइसकेकाले सहजता र व्यवस्थापनका लागि सचिवालय स्थानान्तरण गर्न लागिएको एमालेले जनाएको छ । एमालेले यसपटक विदुतीय मतदान प्रणालीबाट नेतृत्व चयन गर्ने भएको छ । त्यसका लागि प्रतिनिधिको नामावली कम्प्युटर प्रणालीमा […]

२०७१ असार १५ गते, आईतवार

पाँच कम्युनिष्ट पार्टीबीच कार्यगत एकता

काठमाडौँ ,१४ असार । तत्कालका लागि कार्यगत एकता गर्ने निष्कर्षमा पुगेका माओवादीसहित एमाओवादी धारका पाँच दलले औपचारिक रुपमा कार्यगत एकताको घोषणा गरेका छन् । आज पत्रकार सम्मेलन गरी नेकपा– माओवादी, एकीकृत माओवादी, मातृका यादव नेतृत्वको नेकपा (माओवादी) , परि थापा नेतृत्वको नेकपा एकीकृत र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले कार्यगत एकता घोषण गरेका हुन् […]

२०७१ असार १४ गते, शनिबार

एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौ, १३ असार । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । महाधिवेशन नजिकिंदै गरेकाले महाधिवेशनसँगै केन्द्रित रहेर बैठक बस्न लागेको सचिव युवराज ज्ञवालीले जानकारी दिए ।महाधिवेशनको तयारीको बारेमा भइरहेको कामलगायत विभिन्न विषयमा देखिएको मतभेदमा पनि छलफल हुने जनाइएको छ । हिजो मुल व्यवस्थापन समितिको बैठकमा माधवकुमार नेपाल र केपी शर्मा ओली पक्षले स्वयंसेवक परिचालन, […]

२०७१ असार १३ गते, शुक्रबार

अभिब्यक्ति स्वतन्त्रता रोक्ने नियत छैन- आचार्य

काठमाडौं, १२ असार ।नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको ज्ञापनपत्र वुझ्दै कानुन तथा न्याय मन्त्री नरहरी आचार्यले सरकारले अभिब्यक्ति स्वतन्त्रतामाथी अंकुश नलगाउने बताएका छन् । सरकारले ब्यवस्थापिका संसदमा पेश गरेको अदालतको अपहेलना सम्वन्धी ब्यवस्था गर्न वनेको विद्येयक २०७१ अभिब्यक्ति स्वतन्त्रता रोक्ने नियतले आएको भनी चौतर्फी विरोध भईरहदा मन्त्री आचार्यको यस्तो भनाई आएको हो । मन्त्री […]

२०७१ असार १२ गते, बिहीबार

प्रधानमन्त्रीको फोक्सोमा क्यान्सर भएको ठहर

काठमाडौं , १२ असार। प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोमा क्यान्सर भएको प्रमाणित भएको छ । अमेरिकाको न्यूयोर्कस्थित मेमोरियल सोलान केटरिङ सेन्टरका चिकित्सकहरूको टोलीले प्रधानमन्त्री कोइरालाको फोक्सोमा क्यान्सर भएको प्रमाणित गरेको हो ।प्रधानमन्त्री कोइरालाको फोक्सोको बुधबार दोस्रो पटक ‘बोयोस्पी’ गरिएको थियो । उक्त ‘बायोस्पी’को रिपोर्टले फोक्सोमा क्यान्सर भएको देखाएको प्रधानमन्त्री कोइरालाका निजी चिकित्सक डा. करबिरनाथ योगीले जानकारी […]

२०७१ असार १२ गते, बिहीबार

माओवादीसँगको सहकार्यमा सडक संघर्ष गर्ने तयारि हुदै

काठमाडौ, १२ असार। माओवादी सहितका पांच कम्युनिष्ट पार्टीहरुले संविधानका लागि सडक र सदनबाट संघर्ष गर्ने गरी कार्ययोजना बनाएका छन् ।एकीकृत नेकपा माओवादीले सदनमा कुरा उठाउने र अरु चार पार्टीले एकीकृत माओवादीसँगको सहकार्यमा सडक संघर्ष गर्ने गरी कार्ययोजना बनाएका हुन् । नेपाली कांग्रेस र एमालेले आफू अनुकूल संविधान बनाउन खोजेको निष्कर्ष निकाल्दै एकीकृत माओवादी, नेकपा माओवादी, […]

२०७१ असार १२ गते, बिहीबार

सरकार नीति तथा कार्यक्रम ल्याउदै

काठमाडौं, ११असार । सरकारले यही असारको १५ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ । प्रधानमन्त्री सुशील कोइराला देशमा नभए पनि सरकारले नीति तथा कार्यक्रम ल्याउन तयारी गरेको हो । प्रधानमन्त्री कोइराला स्वास्थ्य उपचारका लागि अझै केही दिन अमेरिकामै रहनुपर्ने भएपछि सरकारले प्रधानमन्त्री विनै नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको हो । फोक्सोमा देखिएको कालो […]

२०७१ असार ११ गते, बुधबार

तत्काल पार्टी एकीकरण हुदैन :गौरब

काठमाडौं, ९ असार । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरबले पाँच कम्युनिष्ट पार्टीबीच कार्यगत एकताको थालनी भएपनि आफ्नो पार्टीले राखेको ६ बुँदे माग सम्बोधन नभएसम्म पार्टी एकीकरण नहुने बताएका छन् ।रिपोटर्स क्लबले आयोजना गरेको कार्यक्रममा गौरबले राष्ट्रिय स्वाधीनता, जनजिविका र जनसंविधानका मुद्दामा पाँच कम्युनिष्ट पार्टीले कार्यगत एकता गरेको बताए । उनले एकीकृत माओवादीले ६ बुँदे माग […]

२०७१ असार ९ गते, सोमबार

माओवादी एकताका लागि कार्यदल गठन

काठमाडौं, ७ असार । एमाओवादीसहति माओवादी धारका पाँच कम्युनिष्ट पार्टीले कार्यगत एकताका लागि गृहकार्य गर्न आज संयुक्त कार्यदल गठन गरेका छन् ।एमाओवादी केन्द्रीय कार्यालय कोटेश्वर पोरिसडाँडामा आज बसेका पाँच दलका शीर्ष नेताको बैठकले हरेक दलबाट एक एक जना रहने गरी पाँच सदस्यीय कार्यदल गठन गरेका छन् ।कार्यदलमा एमाओवादीबाट महासचिव कृष्णबहादुर महरा, नेकपा–माओवादीबाट सचिव देव गुरुङ, […]

२०७१ असार ७ गते, शनिबार