राजनीति

डा.प्रकाश सी र डा.मान्यता सी बीच प्रगतिशील विवाह

काठमाडौँ । डाक्टर प्रकाश सी र डाक्टर मान्यता सीबीच प्रगतिशील विवाह भएको छ । बुधवार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय शिवगढीमा उनीहरूको विवाह भएको हो । उक्त विवाहमा नेपाल कम्युनिस्ट पार्टीका शिर्षस्थ नेताहरू, परिवारका सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो भने समारोहमा उपस्थित सबैले नवदम्पतिलाई टीका-खादा लगाएर शुभकामना दिएका थिए । उक्त समारोहमा सामना परिवारले […]

२०८० आश्विन ११ गते, बिहीबार

एमसीसी नेपाललाई यूक्रेनको अवस्थामा पु-याउने अमेरिकी षड्यन्त्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा पश्चिम लुम्विनी व्यूरो इन्चार्ज सञ्जिव सीले नेपाललाई यूक्रेनको अवस्थामापु-याउने अमेरिकी षड्यन्त्र रहेकोले अमेरिकी साम्राज्यवादको विरुद्ध सिंगो देश एकढिक्का बनेर जाई लाग्नुपर्ने बताएका छन् ।नेपाल कम्यूनिष्ट पार्टी पश्चिम लुम्विनी व्यूरो अन्तरगत पुर्वी कपिलवस्तुमा मंगलबार आयोजित जिल्ला स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता सञ्जिव सीले यस्तो विचार व्यक्त गरेका […]

२०८० आश्विन १० गते, बुधबार

समाजवादी मोर्चा लुम्बिनी प्रदेशको अध्यक्षमा बसन्त सी

काठमाडौँ । समाजवादी मोर्चा, नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा नेकपाका पिबिएम एवं पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज बसन्त सी चयन भएका छन् । मंगलबार बुटवलमा बसेको मोर्चाको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो ।बैठकले ‘नेपाली विशेषताको समाजवाद’ बारे बृहत अन्तरक्रिया गर्ने भएको छ । अन्तरक्रियाको मिति मोर्चाको बैठकले ठोस गर्ने अध्यक्ष वसन्त सीले बताए । अन्तरक्रिया लुम्बिनी […]

२०८० आश्विन १० गते, बुधबार

कानूनको पालना नहुँदा बेरुजु बढ्यो

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कानूनको पालना नहुँदा सरकारको बेरुजु बढेको बताएका छन । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै महालेखा परीक्षक काफ्लेले सो कुरा बताएका हुन् । उनले सरकारका लेखा उत्तरदायी अधिकृतहरुले संसदले कानून,नीति कार्यक्रम,कार्यान्वयन गर्न बसेको मन्त्रालयको सचिव लेखा उत्तरदायी अधिकृत र मातहतका संयन्त्रहरुले कानूनहरु पालना […]

२०८० आश्विन ९ गते, मंगलवार

नेपाल र चीनबीच १३ बुँदे समझदारी

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी ली छियाङ्बीच सोमबार विभिन्न १२ विषयमा सम्झौता, समझदारीपत्र तथा प्रोटोकलमा हस्ताक्षर भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र आविष्कारका विषयमा सम्झौता भएको छ । नेपालबाट शिक्षा सचिव सुरेश अधिकारी र उनका चिनियाँ समकक्षीबीच सम्झौता आदानप्रदान भएको हो ।प्रकोपसम्बन्धी […]

२०८० आश्विन ८ गते, सोमबार

प्रधानमन्त्री प्रचण्ड र समकक्षी लीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच आज बिहान चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो । भेटमा बीआरआई सम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधि लगायतका विषयमा छलफल भएको बताइएको छ ।उक्त छलफलपछि केही सहमति पत्रमा दुवै देशका अधिकारीहरुबीच हस्ताक्षर गर्ने कार्यक्रम […]

२०८० आश्विन ८ गते, सोमबार

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष लेजीबीच भेटपछि बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको हो। सोमबार बिहान चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा उहाँहरूको भेटवार्ता भएको हो ।

२०८० आश्विन ८ गते, सोमबार

प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा ‘इण्डो-प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स’ मा सहभागी हुन भारत प्रस्थान गरेका छन्। असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने १३औं संस्करणको ‘इण्डो-प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स’ मा सहभागी हुन उनी आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन्। सम्मेलनका क्रममा आयोजना हुने ४७औं इन्डो-प्यासिफिम आर्मिज व्यवस्थापन गोष्ठीमा उपरथी योगराज शर्मा र महासेनानी […]

२०८० आश्विन ७ गते, आईतवार

ऊर्जा क्षेत्रको विकासका लागि ८५ बुँदे कार्यक्रम तय

काठमाडौँ । सरकारले मुलुकको ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि विभिन्न ८५ बुँदे कार्यक्रम तय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८० मा ती कार्यक्रम प्रस्ताव गरिएको हो। ती कार्यक्रममा कुन निकायले के-कति समयमा कसरी काम गर्ने भन्ने समयसीमासमेत निर्धारण गरिएको छ।सरकार र सरकार मातहत रहेका सबै निकायलाई […]

२०८० आश्विन ७ गते, आईतवार

समाजवादी माेर्चा नेपाल १ नम्बर प्रदेशद्वारा कार्ययोजना सार्वजनिक

काठमाडौँ । समाजवादी माेर्चा नेपालको १ नम्बर प्रदेशले कार्ययोजना सार्वजनिक गरेको छ । मोर्चाको प्रथम बैठकले प्रदेश १ अन्तरगत १४ वटै जिल्लामा मोर्चाले सन्देश सभा गर्ने र त्यसको मिति ठोस गर्दै कार्य योजना सार्वजनिक हो ।माेर्चाले १ नम्बर प्रदेश अन्तरगत रहेका १४ वटै जिल्लामा सन्देश सभाको जिम्मेवारी समेत तोकेको छ ।जसमा , नेकपा (माओवादी)लाई सुनसरी, […]

२०८० आश्विन ६ गते, शनिबार