राजनीति

जसपा देशभर विरोध प्रदर्शन गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी ‘जसपा’ले आज देशभर विरोध प्रदर्शन गर्ने जनाएको छ । प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै जसपाले विरोध प्रदर्शन आयोजना गरेको बताइएको छ । आज सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरिने सो पार्टीले जनााएको छ । जसपाको मंगलबारको बैठकले पुस १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै […]

२०७७ पुष ८ गते, बुधबार

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि प्रारम्भिक सुनुवाइ हुँदै

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट परेकोमा १२ वटामाथि आज एकल इजलासमा सुनुवाइ हुने भएको जनाएको छ । अर्को एउटा रिट भने संवैधानिक इजलासमा आउँदो शुक्रबार पेश हुने भएको छ । संवैधानिक इजलासतर्फ अधिवक्ता सन्तोष भण्डारीले रिट दायर गरेका छन् भने नियमित इजलासतर्फ ११ जना कानून व्यवसायीले रिट दायर गरेका छन् । […]

२०७७ पुष ८ गते, बुधबार

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि कांग्रेस विरोधमा छ । उसले यहि विषयमा हिजो सर्वदलीय बैठक […]

२०७७ पुष ७ गते, मंगलवार

‘उखु किसानहरूको रकम तत्काल भुक्तानी गर ‘

काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले उखु किसानहरूले पाउनुपर्ने रकम तत्कालै भुक्तानी गर्न सरकारलाई आग्रह गरेको छ । किसानहरूको रकम सरकारबाट भुक्तानी गरी उखु खरिदकर्ताबाट सो रकम उठाउन आयोगले सरकारलाई अनुरोध गरेको हो । आयोगले विज्ञप्ती प्रकाशित गर्दै किसानको रकम भुक्तानी नगर्ने व्यवसायीलाई तत्काल कारबाही गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।आयोगले किसानका हक अधिकारका सम्बन्धमा […]

२०७७ पुष ६ गते, सोमबार

‘अब जनगणतंत्रका लागि बाटो फराकिलो भएको छ’

काठमाडौं । मार्क्सवादी एकता अभियानले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कार्यले जनगणतंत्रका लागि बाटो फराकिलो गरेको बताएको छ । अभियानका प्रवक्ता निमकान्त पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कार्य बुर्जुवा गणतंत्रात्मक संसदीय पद्धतिकै असफलताको राम्रो उदाहरण भएको बताएका हुन । प्रवक्ता पाण्डेले फेसबुकमा एक स्टाटस लेख्दै अग्रगमनका पक्षधरहरुले बुझ्न सक्ने हो […]

२०७७ पुष ५ गते, आईतवार

प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटन गर्न सिफारिस सिफारिस गरेको हो । प्रधानमन्त्री ओलीले बैठकमा ताजा जनादेशका लागि भन्दै संसद विघटनको प्रस्ताव ल्याएको बताइएको छ ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलोको परिणाम अन्ततः प्रधानमन्त्री ओलीले […]

२०७७ पुष ५ गते, आईतवार

सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ नेतृत्वका लागि चुनाव हुदै

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज मतदान हुँदैछ । आज बिहान ८ बजेदेखि २ बजेसम्म मतदानको समय तोकिएको छ । प्रगतिशील तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनालले उम्मेदवारी दिएका छन । वृहत लोकतान्त्रिक समावेशी पेसागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गरेका छन ।सर्वोच्च बारमा […]

२०७७ पुष ४ गते, शनिबार

रेशम चौधरी र लक्ष्मण थारूलाई जन्मकैद

काठमाडौं । उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो । अदालतले लक्ष्मण थारूलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।यसअघि घटनाका अर्का दोषी थारूलाई भने जिल्ला […]

२०७७ पुष ३ गते, शुक्रबार

आज धौलागिरी बन्द

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले आज धौलागिरी क्षेत्र बन्द गरेको छ । सो पार्टीले हिरासतमा रहेका म्याग्दी जनसरकार प्रमुख जगेन्द्र पुन (जगत) को शंकास्पद मृत्यु बारे छानबिनको माग गर्दै आज धौलागिरी क्षेत्र बन्द गरेको हो । अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला कारागार पर्वतमा थुनामा रहेकै अवस्थामा मंसिर २४ गते बेहोस भएका म्याग्दीको मालिका गाउँपालिका–३ अदिभाराका […]

२०७७ पुष ३ गते, शुक्रबार

सभामुख सापकोटाद्वारा संवैधानिक परिषद बैठक बहिष्कार

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद बैठक बहिष्कार गरेका छन । आज बिहान संवैधानिक परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बोलाएको परिषद्को बैठकमा सभामुख सापकोटा अनुपस्थित भएका हुन् । परिषद्का अध्यक्ष ओलीले बोलाएको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि गणपुरक संख्या नपुग्दा बैठकले कुनै निर्णय लिन सकेन । प्रधानमन्त्रीले पर्याप्त तयारी र छलफलबिना बैठक बोलाएको […]

२०७७ मंसिर ३० गते, मंगलवार