राजनीति

१४५ मेगावाट विद्युत् सम्झौता नवीकरण अन्योलमा

काठमाडौं, १२ पुस । आगामी १६ पुसमा खरिद सम्झौताको म्याद सकिने १ सय ४५ मेगावाट बिजुलीको नवीकरणमा भारतले चासो नदेखाएपछि विद्युत् आयात अन्योलमा परेको छ । नवीकरणबारे छलफल गर्न तय भएको नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक स्थगित भएपछि नेपाल विद्युत् प्राधिरकण आफैंले नवीकरणका लागि भारतलाई पत्राचार गरेको थियो । तर पत्रको जवाफ नआएपछि विद्युत् संकट […]

२०७४ पुष १२ गते, बुधबार

आज माओ दिवस

काठमाडौँ , ११ पुस । चिनियाँ जनक्रान्तिका नायक माओ त्से तुङको १२४ औं जन्म दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । विश्वका सर्वहारा वर्गले माओलाई सम्झिरहेका छन् । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी माओको जन्म दिनलाई दिवसको रुपमा मनाइरहेका छन् । माओवादीले प्रतिपादन गरेको दिर्घकालिन जनयुद्धको सिद्धान्तअनुसार नेपालमा सुरु भएको जनयुद्धमा ठूला ठूला फौजी […]

२०७४ पुष ११ गते, मंगलवार

ट्युनिसियाद्वारा इमिरेट्स एयरलाइन्सको विमान प्रतिबन्ध

काठमाडौं, १० पुस । ट्युनिसियाले संयुक्त अरब इमिरेट्स (युएई) को इमिरेट्स एयरलाइन्सको विमानलाई आफ्नो देशमा अवतरण गर्न प्रतिबन्ध लगाएको छ । आफ्नो देशका केही महिलालाई विमान चढ्न नदिएपछि ट्युनिसियाले इमिरेट्स एयरलाइन्सको विमानलाई ट्युनिसमा अवतरण गर्न नदिएको हो । ट्युनिसियाली महिलालाई विमान चढ्न नदिनु रंगभेदी तथा विभेदकारी भएको भन्दै अधिकारवादी संस्थाले विरोध गर्दै आएका थिए । […]

२०७४ पुष १० गते, सोमबार

प्रदेश प्रहरी प्रमुखको नियुक्ति गैरकानुनी

काठमाडौं , ९ पुस । संघीय प्रहरी ऐन नबनाई र मौजुदा प्रहरी ऐन (२०१२) मा समेत संशोधन नगरी सरकारले अवैधानिक रूपमा ‘परिस्थितिजन्य निर्णय’का आधारमा प्रदेश प्रहरी प्रमुख नियुक्ति गरेको हो । प्रहरी ऐनले नचिनेका एआईजीहरू ७ महिनादेखि प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी बहन गरिरहेका छन् । सरकारले प्रहरी ऐन संशोधन नै नगरी परिस्थितिजन्य निर्णय गरेर प्रदेश […]

२०७४ पुष ९ गते, आईतवार

आज कृष्णप्रसाद भट्टराईको जन्मजयन्ती

काठमाडौं, ८ पुस । आज नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्ती । सन्त नेता भट्टराई इमान र नैतिक राजनेताका रुमपा नेपाली जनता माझ परिचित थिए । राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिवद्धताकै कारण उनी पञ्चायती तानाशाही शासन व्यवस्थामा १४ वर्ष जेल बसेका थिए । भट्टराईले २०४७ सालको संविधान निर्माण […]

२०७४ पुष ८ गते, शनिबार

पाँच दलको बैठक निष्कर्षहिन

काठमाडौं, ७ पुस । आज बसेको पाँच राजनीतिक दलका शीर्ष नेताहरुको बैठक निश्कर्षमा पुग्न सकेन । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको राष्ट्रिय पार्टीहरुको संयुक्त बैठकमा विवादको जड राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश नै बन्यो । बैठकमा सरकारले अध्यादेश जारी गर्न र त्यस अनुसार राष्ट्रियसभाको निर्वाचन गरेरमात्र नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने अडान राख्यो भने एमाले र […]

२०७४ पुष ७ गते, शुक्रबार

एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं, पुस ७ । हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभामा निकै राम्रो परिणामसहित पहिलो दल बनेपछि नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकमा वाम गठबन्धन निर्माणसँगै प्राप्त भएको उपलब्धि एवं माओवादी केन्द्रसँग गरिने भनिएको पार्टी एकताबारे पनि छलफल हुने बताइएको छ । ललितपुरको भैंसेपाटीमा बस्ने बैठकमा भावी सरकारको स्वरुपसहित प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा […]

२०७४ पुष ७ गते, शुक्रबार

‘भारत सबैभन्दा ठूलो दुश्मन’

काठमाडौं, ६ पुस । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रबीच ध्रुवीकरण गाढा हुँदै गएको छ । सार्क मुलुककै शक्तिशाली मानिने भारतविरुद्धको मोर्चाबन्दी कसिलो हुँदै गएको छ । पछिल्लो समय माल्दिभ्सले भारतलाई आफ्नो ‘सबैभन्दा ठूलो दुश्मन’ ठहर गरेको छ । यसअघि भारत र पाकिस्तानबीच शक्ति संघर्षका साथै कुटनीतिक द्वन्द्व हुँदै आएको थियो । […]

२०७४ पुष ६ गते, बिहीबार

प्रदेश सरकार सञ्चालनका लागि कर्मचारीको विवरण तयार

काठमाडौं, ५ पुस । सरकारले प्रदेश सरकार सञ्चालनका लागि कर्मचारीको विवरण तयार पारेको छ । सामान्य प्रशासन मन्त्रालयले सात प्रदेशमा रहने अहिले प्रस्ताव गरिएका सात मन्त्रालयका लागि करिब दुई हजार कर्मचारी आवश्यक पर्ने भन्दै विवरण तयार पारेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए । “सातवटै मन्त्रालयका दरले ४९ मन्त्रालयमा चाहिने कर्मचारीको विवरण तयार […]

२०७४ पुष ५ गते, बुधबार

देउवा र ओली आ–आफ्नै अडानमा

काठमाडौं, ५ पुस । मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीबीचको संवादहीनताका कारण राजनीतिक सहमति जटिल बनेको छ । राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनका विषयमा निर्वाचनबाट ठूलो दल बनेर आएको एमाले र खुम्चिएको कांग्रेसबीच मत बाझिएपछि सहमति टाढिएको हो । कांग्रेस सत्ता हस्तान्तरण अघि राष्ट्रपतिकहाँ पठाएको राष्ट्रियसभा निर्वाचन अध्यादेश राष्ट्रपतिले […]

२०७४ पुष ५ गते, बुधबार