राजनीति

राष्ट्रपति भण्डारीे भारत प्रस्थान

काठमाडौं, ४ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीे पाँचदिने भ्रमणका लागि भारत प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलगायतले बिदाई गरे । भारत भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्नेछिन् । यस्तै उनले उडिसा र गुजरातको भ्रमण पनि गर्नेछिन् । राष्ट्रप्रमुखको रुपमा भण्डारीको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा राष्ट्रपति […]

२०७४ बैशाख ४ गते, सोमबार

मैना सुनुवारलाई हत्यारालाई जन्मकैद

काठमाडौं, ४ वैशाख । तत्कालिन शाही सेनाका महासेनानी र सहसेनानी अमित पुन र सुनिल अधिकारीलाई माओवादीको अारोपमा मैना सुनुवारलाई बलात्कारपछि हत्यामा संलग्न भएको ठहर गर्दै जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत काभ्रेका न्यायाधीश मोदिनीप्रसा पौड्यालको इजालासले सो फैसला गरेको हो । पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रका कार्यरत महासेनानी सहसेनानीद्वयलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ […]

२०७४ बैशाख ४ गते, सोमबार

डा. बाबुराम भट्टराई अनशनमा

काठमाडौं,२ वैशाख । नयाँ शक्ति नेपालको संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेताहरु अनशनमा बसेका छन । आसन्न स्थानीय तहको निर्वाचनमा आफूहरुलाई दलीय चुनाव चिह्न नदिएर निर्वाचन आयोगले अन्याय गरेको भन्दै उनिहरु अनशनमा बसेका हुन् । दलीय चुनाव चिह्नको माग गर्दै नयाँ शक्तिसहितका दलले रत्नपार्कको शान्तिबाटिकामा रिले अनसन शुरु गरेको अवसरमा बोल्दै नेता भट्टराईले […]

२०७४ बैशाख २ गते, शनिबार

एमालेमा आन्तरिक विवाद चर्कदै

काठमाडौं,२ वैशाख । अरू दललाई स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने चटारो छ तर एमालेलाई भने काठमाडौँ जिल्लाको पार्टीको आन्तरिक विवाद सल्टाउने चुनौती छ । पार्टीको विवाद टुङ्गो नलाग्दासम्म उम्मेदवारको टुङ्गो लाग्न नसक्ने नेताको बुझाइ छ । एमाले काठमाडौँमा करिब सात वर्षदेखि जिल्ला अधिवेशन हुन सकेको छैन । काम चलाउ कार्य समिति गठन गरेर […]

२०७४ बैशाख २ गते, शनिबार

निर्वाचनका लागि दलीय तयारी फितलो

काठमाडौं,२ वैशाख । स्थानीय तह निर्वाचन आउन २९ दिन बाँकी रहँदा निर्वाचन आयोगले तयारी तीव्र बनाए पनि दलहरु भने अझै मतदातासम्म पुग्न सकेका छैनन् । स्थानीय निर्वाचनको चटारोमा दलका कार्यकर्ता सक्रिय देखिए पनि मतदातासम्म भने अझै पुग्न सकेका छैनन् । दलहरु उम्मेदवार छनोट मै केन्द्रीत छन् । जिल्लादेखि केन्द्रीय निर्वाचन आयोग कार्यालय समेत निर्वाचनको चटारोमा […]

२०७४ बैशाख २ गते, शनिबार

उपत्यकामा हर्न बजाउन नपाइने

काठमाडौं, १ बैशाख । सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा सवारी साधनको हर्न बजाउन नपाइने भएको छ । सवारी साधन चलाउँदा जथाभावी हर्न बजाएर अत्यधिक ध्वनि प्रदूषण भएको भन्दै हर्न निषेध गरिएको हो । वैशाख १ गतेबाट लागू गरिएको हर्न निषेध कार्यान्वयनका लागि यातायात व्यवस्था विभाग, काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखा सक्रिय भएका छन् । […]

२०७४ बैशाख १ गते, शुक्रबार

मधेसवादी दल एक हुदै

काठमाडौं, ३१ चैत । मधेसी मोर्चामा आवद्ध ७ मधेसवादी घटकमध्ये ६ दलबीच एकता हुने भएको छ । तमलोपा, सद्भावना पार्टी, रामसपा, तमसपा, फोरम गणतान्त्रिक, नेपाल सद्धावना पार्टीबीच सम्भवत वैशाखभित्रै एकता हुनेछ । पार्टीको नाम, चुनाव चिन्ह, झन्डा, नेतृत्वको वरीयता, एकीकृत पार्टीको विधान र दस्तावेजबारे छलफल तिव्र भएको छ । संघीय समाजवादी फोरम भने एकता प्रक्रियामा […]

२०७३ चैत्र ३१ गते, बिहीबार

कुलमान घिसिङ ‘पब्लिक सर्भिस ट्रेण्ड सेटर गोल्ड अवार्डबाट सम्मानित

काठमाण्डौ ,२८ चैत । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘पब्लिक सर्भिस ट्रेण्ड सेटर गोल्ड अवार्डबाट सम्मानित भएका छन । नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो ५१ औं वाषिर्क साधारणसभाको अवसर पारेर सार्वजनिक सेवामा सर्बोत्कृष्ट काम गरेको भन्दै घिसिङलाई सम्मान गरेको हो । यसवर्ष देशमा ब्याप्त उर्जा संकटलाई पार लगाउने दिशामा महत्वपूर्ण काम गरेकोले घिसिङलाई […]

२०७३ चैत्र २८ गते, सोमबार

‘प्रचण्ड सरकारको आयु चैत्र मसान्तसम्म मात्र ‘

काठमाडौं, २४ चैत । गृहमन्त्री बिमलेन्द्र निधिनै प्रधानमन्त्रीको म्याद चैत्र मसान्तसम्म मात्र भएको बताएका छन् । उनले सरकार निर्माणको क्रममा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच भएको लिखित सहमतिअनुसार प्रधानमन्त्रीले काँग्रेसलाई सरकारको नेतृत्व हस्तान्त्रण गर्नुपर्ने समेत बताएका छन । बुधबार साँझ एक टेलिभिजनसँगको कुराकानीमा गर्दै गृहमन्त्री निधिले भने, ‘विगतमा जस्तो जेन्टलमेन सहमति होइन, सत्ताको नेतृत्वबारे लुकाउने […]

२०७३ चैत्र २४ गते, बिहीबार

अप्ठ्यारोमा प्रधानमन्त्री

काठमाडौं, २३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल सत्तारूढ नेपाली कांग्रेससहित प्रधानमन्त्री निर्वाचनमा मतदान गर्ने दलहरूबाटै असहयोग भएपछि निकै अप्ठ्यारोमा परेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधनका लागि संविधान संशोधन गर्ने र स्थानीय तहको निर्वाचन सम्पन्न गरेर सत्ता हस्तान्तरण गर्ने सोचाइमा रहेका प्रधानमन्त्री दाहाल नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति, उपप्रधानमन्त्रीको वरीयता, एकपछि अर्को सर्त […]

२०७३ चैत्र २३ गते, बुधबार