राजनीति

सार्कका सांसदहरुको सम्मेलन हुदै

काठमाडौ, १३ असोज । दक्षिणी एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका सांसदहरुको सम्मेलन आजदेखि काठमाडौंमा हुदैछ । १९ औं शिखर सम्मेलन अनिश्चित भएको खबर आइरहेका बेला सांसदहरुको बैठक हुन लागेको हो । दुई दिनसम्म चल्ने सम्मेलन बिहान ९ बजे सुरु हुनेछ । सांसदहरुको सम्मेलनमा अफगानिस्तान र माल्दिभ्सका प्रतिनिधी भने सहभागी नहुने भएका छन् । भारतबाट विज्ञहरु […]

२०७३ आश्विन १३ गते, बिहीबार

लोकमानको फाइल लोकसेवा आयोगमा पनि छैन

काठमाडौँ, १२ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको फाइल लोकसेवा आयोगले ६ वर्ष अघि नै सामान्य प्रशासन मन्त्रालयलाई पठाएको रहस्य खुलेको छ । सर्वोच्च अदालतको आदेश अनुसार सामान्य प्रशासन मन्त्रालयले सोमबार दोस्रो पटक जवाफ दिँदै सम्पूर्ण फाइलको प्रति आफूसँग नरहेको र राय माग्न लोकसेवा आयोगमा पठाएकोले आयोगमै रहेको जनाएको थियो। सामान्यले […]

२०७३ आश्विन १२ गते, बुधबार

सार्क सम्मेलन स्थगित हुने संकेत

काठमाडौँ, १२ असोज । भारत र पाकिस्तानवीचको बढ्दो तनावका कारण आगामी सार्क शिखर सम्मेलन प्रभावित हुने देखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १९ औं सार्क सम्मेलनमा भाग नलिने घोषणा गरेका छन् । आगामी नोभेम्वरमा पाकिस्तानको ईस्लामवादमा हुने १९ औं सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भाग नलिने बताएका हुन् । भारतीय विदेश मन्त्रालयद्धारा जारी गरिएको विज्ञप्तीमा […]

२०७३ आश्विन १२ गते, बुधबार

संविधान संशोधन नभएकोमा मोर्चाको आपत्ति

काठमाडौँ, ११ असोज । सत्ताधारी दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको तीनबुँदे सम्झौताअनुसार संविधान संशोधन हुन नसकेको भन्दै मोर्चाले आपत्ति जनाएको छ । तीनबुँदे सम्झौता भएको दुई महिना हुन लागेको तर संविधान संशोधनको कुनै पनि प्रक्रिया हालसम्म सुरु नभएको भन्दै यस विषयमा मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ सँग गम्भीर छलफल गर्ने निर्णय मोर्चाले गरेको […]

२०७३ आश्विन ११ गते, मंगलवार

माओवादी केन्द्रको राष्ट्रिय भेला कात्तिक १० देखि

काठमाडौं, १० असोज । नेकपा माओवादी केन्द्रले आगामी कात्तिक १० र ११ गते काठमाडौंमा राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ ।माओवादी केन्द्रले पार्टी सुदृढीकरणका लागि राष्ट्रिय भेला बोलाउने निर्णय गरेको बताएको छ । माओवादी केन्द्रीय सचिवालयको सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको हो । भेलाले पार्टीको नयाँ राजनीतिक कार्यदिशा तय गर्ने पार्टी […]

२०७३ आश्विन १० गते, सोमबार

‘हेलो सरकार’मा ५० हजार गुनासा

काठमाडौं, ९ असोज । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको ‘हेलो सरकार’ स्थापना भएको पाँच वर्षको अवधिमा ५० हजारभन्दा धेरै गुनासा परेका छन् । १७ कात्तिक ०६८ देखि ६ असोजसम्म ५० हजार चार सय गुनासा परेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । सर्वसाधारणबाट परेका गुनासामध्येबाट अहिलेसम्म ९१ दशमलव ८१ प्रतिशत गुनासा […]

२०७३ आश्विन ९ गते, आईतवार

नुवाकोट–काठमाडौं भेला सम्पन्न

काठमाडौं, । नेकपा (माओवादी) निकट नुवाकोट–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको जिल्ला भेला सम्पन्न भएको छ । सो कार्यक्रममा प्रमुख अतिथी नेकपा (माओवादी) का स्थाई समिति सदस्य सन्तोस बुढा मगर, पोलिट व्युरो सदस्य अनिल शर्मा त्यस्तै अतिथीमा जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय अध्यक्ष रत्न मगर, केन्द्रीय सचिव सुरेश अधिकारी, अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा उपत्यका व्यूरो इन्चार्ज […]

२०७३ आश्विन ९ गते, आईतवार

‘नेपालको जल नेपालीकै लगानी’

काठमाडौं, ८ असोज । ऊर्जा मन्त्रालयले ‘नेपालको जल नेपालीकै लगानी’ भन्ने नाराका साथ नेपालीकै लगानी बढाएर ऊर्जा सङ्कट हटाउने कार्यक्रम अगाडि सारेको छ । आदर्श उमावि लायकुमा आयोजित प्रथम सितेरियो सोबुकान खुला राष्ट्रव्यापी कराँते प्रतियोगिता २०१६ को उद्घाटन कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । पुनःनिर्माणको काम पनि पूरा गर्न नेपाली खेलाडी अगाडि बढ्नुपर्नेमा जोड […]

२०७३ आश्विन ८ गते, शनिबार

प्रधानमन्त्री आउँदा रातारात सडक दुरुस्त

काठमाडौँ ,८ असोज । मेलम्चीबाट जिरोकिलोसम्म दैनिकजसो मोटरसाइकलमा ओहोरदोहर गर्ने रेडियो मेलम्चीका पत्रकार देवराज सुवेदी शुक्रबार जिरो किलोदेखि मेलम्ची जाँदै गर्दा चकित परे । अघिल्लो दिनसम्म भैंसी नै डुब्ने खाडल सडकमा भए पनि शुक्रबार भने सडकमा कतै पनि खाडल भेट्टाएनन् उनले । रातारात ग्राभेल गरेर जिरो किलोदेखि मेलम्चीसम्मको सडक दुरुस्त पारिएको थियो । सडक दुरुस्त […]

२०७३ आश्विन ८ गते, शनिबार

प्रधानमन्त्रीद्वारा सुरुङमार्गको निरीक्षण

काठमाडौं, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुपाल्चोक जिल्लामा रहेको मेलम्ची खानेपानी आयोजनाको प्रमुख सुरुङमार्ग अम्बाथानको शुक्रबार निरीक्षण भ्रमण गरेका छन् । शुक्रबार बिहान निरीक्षणका लागि त्यहाँँ पुगेका प्रधानमन्त्री दाहाललाई आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले उक्त आयोजनाको विस्तृत् जानकारी गराएका थिए । सो अवसरमा कामु मुख्यसचिव टंकमणि शर्मा, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिवलगायतको उपस्थिति रहेको […]

२०७३ आश्विन ७ गते, शुक्रबार