यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा भण्डारी निर्वाचित
काठमाडौ, २१ भदौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको चितवनको रत्ननगरमा तीन दिनसम्म चलेको महाधिवेशनले दिनेश भण्डारीको अध्यक्षतामा नयाँ केन्द्रीय समिति चयन गरेको छ ।गएराति सार्वजनिक मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा डोलनाथ खनाल, विजय स्वाँर र दीपक अधिकारी विजयी भएका छन् । उपाध्यक्षमा केदारनाथ पौडेल, पुष्पा श्रेष्ठ, रामप्रसाद सुवेदी, हरिशरण केसी र भरत तिमिल्सिना विजयी भए । […]
२०७१ भाद्र २१ गते, शनिबार