राजनीति

एमाओवादीको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ,१४ माघ । एकीकृत माओवादीको केन्द्रीय समितिको बैठक पार्टी कार्यलय कोटेश्वर पेरिसडाँडामा आज दिउँसो २ बजेपछि बस्दैछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमाथि बोल्न बाँकी नेताहरुले आआफ्नो धारणा राख्ने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । वैठकमा प्रचण्डले नेताहरुको आचरण सुधार, अनुसाशन सम्बन्धि प्रस्ताव पनि पेश गर्ने कार्यक्रम छ । यसअघि प्रचण्डले […]

२०७० माघ १४ गते, मंगलवार

अर्को जनआन्दोलन अपरिहार्य : किरण

काठमाडौं, १३ माघ ।नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले नेपाली राजनीतिक अस्तव्यस्तताको निकास अब आन्दोलनबाट मात्र हुनसक्ने बताएका छन् । संसदीय व्यवस्था असफल भइसकेको विश्लेषण गर्दै अध्यक्ष किरणले संविधानसभाबाट कुनै पनि निकास निकास निस्कन नसक्ने दावी समेत गरेका छन् । नवलपरासीको चौधरी उद्योगग्राममा अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघको केन्द्रीय समितिलाई प्रशिक्षण दिँदै अध्यक्ष किरणले सो […]

२०७० माघ १३ गते, सोमबार

कांग्रेस संसदीय दलको नेतामा कोइराला निर्वाचित

कांग्रेस संसदीय दलको नेतामा कोइराला निर्वाचित काठमाडौं,१२ माघ । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति सुशील निर्वाचित भएका छन् । दलको नेताको चुनाव जितेसँगै उनलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।आज भएको निर्वाचनमा वरिष्ठ नेता शेरबहादुर देउवालाई १६ मतअन्तरले पराजित गर्दै सभापति कोइराला संसदीय दलको नेता बनेका हुन् । १ सय ९४ मतदाता रहेको […]

२०७० माघ १२ गते, आईतवार

बबरमहललमा दोस्रो ठूलो प्रशासनिक केन्द्र बनाइने

काठमाडौं, १२माघ । सहरी मन्त्रालयले राजधानीको बबरमहलपरिसरमा सिंहदरबारपछिको दोस्रो ठूलो प्रशासनिक केन्द्र बनाउने प्रस्ताव अघि सारेको छ ।विभिन्न सरकारी कार्यालय रहेको बबरमहल क्षेत्रको ५१ रोपनी जग्गामा ठूलो कम्प्लेक्स बनाउने प्रस्ताव छ । त्यहाँको ५१ रोपनीमध्ये ३४ प्रतिशत जग्गामा भवन रहनेछ ।सिंहदरबारमा नअटेका मन्त्रालय, विभाग र कार्यालयलाई त्यहाँ सार्ने सरकारी योजना छ । सहरी विकास तथा […]

२०७० माघ १२ गते, आईतवार

अन्सारी पुन नक्कली भारुसहित समातिए

काठमाडौ, ११ माघ- युनुस अन्सारीलाई उनकै निवासबाट नेपाल प्रहरीको विशेष व्यूरोले ३५ लाख भारुसहित पक्राउ गरेको छ । उनीसहित अन्य दुई व्यक्तीसमेत पक्राउ परेका छन् ।अन्सारी यसअघि नक्कली भारुको कारोबार आरोपमा जेल परेर छुटेका हुन् ।नक्कली भारु कारोबारको आरोपमा थुनिएका युनुसमाथि सुन्धारास्थित केन्द्रीय कारागारको गेटमै २०६७ साल फागुन २६ गते गोली प्रहार भएको थियो । […]

२०७० माघ ११ गते, शनिबार

डा. केसीले अनशन तोडे

काठमाण्डौ,१० माघ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)लाई छुट्टै मेडिकल विश्वविद्यालयका रुपमा स्थापना गर्नु पर्ने र संस्थानलाई स्वायत्त संस्थाको रुपमा विकास गर्नु पर्ने,नयाँ मेडिकल कलेजको सम्बन्धन बन्द गर्नु पर्ने,राजिनामा गरेका डिन प्रकाश सायमीलाई पुनःवहाली गर्नु पर्ने वा बरिष्ठताका आधारमा चिकित्सकलाई नियुक्त गर्नु पर्ने लगायत माग राखी चौध दिन अघि अनसनमा बसेका डा. गोविन्द केसीले अनसन तोडेका […]

२०७० माघ १० गते, शुक्रबार

डा. केसीले अनशन तोडेनन ,विरामी टुंडिखेलमा जाँच्ने

काठमाण्डौ ,९ माघ। आमरण अनशनमा बसेका प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रिएका चिकित्सकहरुले विरोधस्वरुपम टुँडिखेलमा विरामी जाँच्ने भएका छन् ।सर्वोच्च अदालतले स्वास्थ्य सेवा सुचारु गर्न आदेश दिएपनि आकस्मिक सेवामात्र सुचारु गरेका चिकित्सकहरुले बिहीवार काठमाण्डौको टुँडिखेलमा विरामीको स्वास्थ्य जाँच गर्न लागेका हुन् । आन्दोलनरत चिकित्सकहरुले विहान १० बजे टुँडिखेलमा क्याम्प राखेर विरामी जाँच्न लागिएको चिकित्सक […]

२०७० माघ ९ गते, बिहीबार

द्वन्द्वपीडित महिलाको भेला सुरुहुदै

काठमाडौ, ८ माघ – द्वन्द्व पीडित महिलाको राष्ट्रिय भेला आजदेखि ललितपुरको जाउलाखेलमा सुरु हुँदैछ ।३ दिनसम्म चल्ने उक्त भेलामा विभिन्न ३५ जिल्लाका द्वन्द्वपीडित महिलाहरु सहभागी हुँदैछन् ।द्वन्द्वका बेला विभिन्न प्रकारका हिंसा भोग्न बाध्य पारिएका महिलाहरुको समस्या अहिलेसम्म पनि सम्बोधन हुन नसकेकाले समस्या उजागर गरी राष्ट्रिय स्तरसम्म पुर्‍याउन भेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला अधिकारकर्मीहरुले बताएका […]

२०७० माघ ८ गते, बुधबार

सर्वोच्चको आदेश चिकित्सकद्वारा उल्लंघन

काठमाडौं ,७ माघ- चितवन ।सर्वोच्च अदालतको आदेश उल्लंघन गर्दै चिकित्सकले अस्पताल बन्द गर्दै आन्दोलन जारी राखेका छन् ।त्रिवि कार्यकारी परिषदले गरेको डिन नियुक्तिको विरोध गर्दै सात सुत्रिय मागसहित अनशन बसेका डा. गोविन्द केसीको समर्थनमा चिकित्सकले आन्दोलन जारी राखेका हुन् ।सर्वोच्चले हिजो आन्दोलन फिर्ता लिएर काममा फर्कन भन्दै आदेश दिएको थियो । अत्यावश्यक सेवामा रोकतोक गर्न […]

२०७० माघ ७ गते, मंगलवार

जेष्ठ सदस्य थापाले राष्ट्रपतिसँग सपथ लिँदै

काठमाडौ, ६ माघ –संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले आज शपथ लिदै छन्।थापाले शपथ लिएपछि वैठकको प्रक्रिया सुरु हुनेछ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका ८६ वर्षिय थापालाई बिहान ११ बजे राष्ट्रपति डा. रामवरण यादवले शपथ खुवाउने कार्यक्रम छ ।सपथ लगत्तै उनले व्यवस्थापिका संसद सचिवालयमा पदवहाली गर्ने र दिउँसो एक बजे पत्रकार सम्मेलन गर्ने राप्रपाका […]

२०७० माघ ६ गते, सोमबार