राजनीति

मधेसीवादी दलबीच एकीकरण हुँदैन : उपेन्द्र

काठमाडौं ,२७ असार। मधेशी पत्रकार संघले मधेसी जनअधिकार फोरम नेपालको कार्यालयमा गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले विचार र सिद्धान्त नमिलेको कारण आफ्नो पार्टी र तराई मधेश लोकतान्त्रिक पाटीबीच एकीकरण हुन नसकेको बताएका छन्।आफू पनि मधेसवादी दलहरुको बीचमा एकीकरण हुनुपर्छ भन्ने पक्षमा रहेको तर अनुहार हेरेर मात्र एकीकरण नहुने उनले बताए । यादवले भने -’मधेसवादी […]

२०७० असार २७ गते, बिहीबार

खुर्सिदको दर्सन गर्न नेताहरुको लर्को

काठमाण्डौं, २६ असार । नेपाल सरकारका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, शेरबहादुर देउवा, झलनाथ खनाल भारतीय विदेशमन्त्री सलमान खुर्सिदलाई भेट्न राजधानीको बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा लर्को लगेर पुगे ।एकदिने भ्रमणमा काठमाडौं आएका खुर्सिद द्वारिकाजलाई ‘मध्यबिन्दु’ बनाएर प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुसंग छलफल गरे । विदेशमन्त्री बसेको ठाउँमा पूर्व प्रधानमन्त्री लस्करै लागेर भेट्न जान ‘मर्यादाक्रम’ […]

२०७० असार २६ गते, बुधबार

जनजाति महासंघ आन्दोलनमा,आज बालुवाटारमा धर्ना

सुर्खेत, २६ असार । नेपाल आदीवासी जनजाती माहासंघ सुर्खेतको कार्केबिहारमा बुद्धको मुर्ती राख्न नदिए भन्दै आन्दोलनमा उत्रिएको छ । मंगलबारदेखि चरणबद्धरुपमा आन्दोलन थालेको माहासंघले आज बालुवाटारमा बिहान ९ देखि ११ बजे सम्म दुई घण्टा धर्ना दिदैंछ ।बुद्ध जयन्तीको अवसरमा सुर्खतको लाटीकोईली ८ स्थित काक्रेबिहारमा बुद्धको मुर्ती स्थापना गर्न खोज्दा स्थानिय प्रशासनले रोकेपछि बाध्य भई आफुहरु […]

२०७० असार २६ गते, बुधबार

भ्रष्टाचारमापनि नेताहरु नै अगाडि

काठमाडौं , २५ असार। ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर २०१३’ मा नेपालमा सबैभन्दा बढी भ्रष्ट राजनीतिक दलहरू भएको उल्लेख गरिएको छ ।भ्रस्टाचार गर्नेमा राजनीतिक दलपछि निजामती कर्मचारीहरू भ्रष्ट भएको प्रतिबेदनमा उल्लेख छ । सर्वेक्षणमा सहभागी ७० प्रतिशतले राजनीतिक दलहरूलाई भ्रष्ट भएको उत्तरदाता थिए । यो अघिल्लो सर्वेक्षणको तुलनामा १७ प्रतिशत बढी हो […]

२०७० असार २५ गते, मंगलवार

भारतले नेपाललाई ७ सय ६४ वटा गाडी उपलब्ध गराउने

काठमाडौं , २५ असार। मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी र भारतीय विदेशमन्त्री सलमान खुर्शिदवीच सिंहदरबारमा भेटवार्ता सम्पन्न भएको छ । भेटका अवसरमा भारत सरकारले नेपाललाई निर्वाचनको सहयोगार्थ ७ सय ६४ वटा सवारी साधन सहयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा समेत हस्ताक्षर भएको छ । ‘नेपालको सुरक्षा निकायलाई ७ सय १६ वटा र निर्वाचन आयोगलाई ४८ वटा सवारी साधन […]

२०७० असार २५ गते, मंगलवार

खुर्सिद काठमाडौंमा

काठमाडौं, २५असार – नेपालको एक दिने भ्रमणको लागि भारतीय विदेशमन्त्री सलमान खुर्सिद काठमाडौं आइपुगेका छन् ।उनले राष्ट्रपति डा रामवरण यादव, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलगायत उच्चपदस्थ सरकारी अधिकारीसँग भेट गर्ने कार्यक्रम छ ।अहिले सिंहदरबारमा उनिसहितको भारतीय प्रतिनिधिमण्डले परराष्ट्रमन्त्री माधव घिमिरेसँग द्विपक्षीय सम्बन्ध तथा आपसी हितबारे छलफल गर्दैछ । त्यसपछि सिंहदरबारमै अध्यक्ष रेग्मीसँग र शितल निवासमा राष्ट्रपति […]

२०७० असार २५ गते, मंगलवार

विमानस्थलको अध्यागमन र चेक प्वाइन्ट भारतलाइ नदेउ : सर्वोच्च

काठमाडौं,२४ असार । सर्वोच्च अदालतले नेपाल-भारतवीच सम्पन्न गृहसचिवस्तरीय सम्झौताका दुईवटा बुँदाहरु कार्यान्वयन नगर्न नेपाल सरकारका नाममा आदेश दिएको छ । सर्वोच्च अदालतले गरेको आदेशमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन प्रणाली आधुनीकरण गर्ने जिम्मा भारतलाई नदिन र लुम्बिनी एवं पशुपतिनगरमा भारतीय चेक पोइन्ट नखोल्न भनिएको छ । न्यायाधीश तर्कराज भट्टको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म नेपाल र […]

२०७० असार २४ गते, सोमबार

एमाओवादीमा रडाको , विशेष महाधिवेशन बोलाउने तयारी

काठमाडौं, २३ असार- एकीकृत माओवादीभित्रको पदीय जिम्मेवारी बाँडफाँटसम्बन्धी विवाद चर्कंदै गएपछि विशेष महाधिवेशन बोलाउने विकल्पबारे छलफल सुरु भएको छ। साउन ४ का लागि आह्वान गरिएको विस्तारित बैठकले पनि पदीय बाँडफाँटको समस्या हल गर्ने सम्भावना न्यून भएको भन्दै पार्टी पदाधिकारीमा विशेष महाधिवेशन आह्वान गर्नेबारे छलफल भइरहेको हो।संगठनात्मक विवाद हल गर्न अध्यक्ष पुष्पकमल दाहालले ल्याउने प्रस्ताव विस्तारित […]

२०७० असार २३ गते, आईतवार

अस्थायी शिक्षकहरुको अनसन शुरु

काठमाडौं, असार २२ – सामुदायिक विद्यालयका अस्थायी शिक्षक र कर्मचारीले शनिबारदेखि काठमाडौंको रत्नपार्कमा रिले अनसन शुरु गरेका छन ।सरकारले आफूहरुका मागलाई सम्बोधन नगरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन ।अस्थायी शिक्षक र कर्मचारीका माग सम्बोधन गरेर यसअघिको सरकारले अध्यादेश राष्ट्रपतिकोमा सिफारिस गरेपनि अध्यादेश रोकिएको भन्दै शिक्षकहरुले विरोध जनाएका छन् । उनीहरुले तत्काल अध्यादेश जारी गर्न माग […]

२०७० असार २२ गते, शनिबार

माओबादीलाई वाइबास गरेर चुनावमा जानु घातक : पोखरेल

नुवाकोट , २१ असार। प्रेस चौतारी नुवाकोटले शुक्रवार विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले चुनावमा जानका लागि नेकपा-माओवादी लगायतका दलहरुले राखेका मागलाई सरकारले व्यवास्ता गर्न नहुने वताएका छन् । पोखरेलले कुनैपनि राजनीतिक दललाई पाखा लगाएर निर्वाचनमा जान नहुने वताए ।उनले भने ,’चुनावमा कुनै दल विशेषलाई पाखा लगाएर अघि वढ्न मिल्दैन । […]

२०७० असार २१ गते, शुक्रबार