राजनीति

पूर्वका ४० जिल्लामा आमहड्ताल

काठमाडौ, ३ भदौ । संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले अरुण पूर्वका नौ जिल्लामा आम हड्ताल आह्वान गरेको छ । मोर्चाले राखेको १६ बुँदे माग पुरा गराउन सरकारसँग आग्रह गर्दै दवावका लागि आमहड्ताल आह्वान गरेको हो ।आमहड्तालका कारण ४० जिल्लाका जनजीवन प्रभावित हुन पुगेको छ । हड्ताका कारण विभिन्न जिल्लाका यातायात, बजार, शिक्षण संस्था तथा उद्योग, कारखाना […]

२०७० भाद्र ३ गते, सोमबार

हेलो सरकारमा गुनासाको चाङ्ग

काठमाडौ, – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले हेलो सरकारमा झण्डै २४ हजार हाराहारीमा गुनासो प्राप्त भएको जनाएका छन् । २०६८ कात्तिक १७ देखि गएको असार मसान्तसम्ममा २३ हजार ९ सय ८३ वटा गुनासो/उजुरी प्राप्त भएको बाँस्कोटाले बताए । यसमध्ये २२ हजार ४ सय ४६ वटा अर्थात ९४ प्रतिशत गुनासो सम्बोधन भएको उनले जानकारी […]

२०७० श्रावण ३२ गते, शुक्रबार

चन्दा आतंक मच्याउने वाइसिएल कार्यकर्ता पक्राउ

चितवन, साउन १६ – चितवन प्रहरीले नारायणगढको लिलाचोकबाट जबरजस्ती चन्दा संकलन गर्दै गरेका एकीकृत नेकपा माओवादीको वाइसिएलका ६ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।मंगलबार साँझ चन्दा संकलनका लागि गएका उनीहरुले जबरजस्ति गरेपछि व्यवसायीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले वाइसिएल चितवन क्षेत्र नम्बर ३ का इन्चार्ज उत्तम गुरुङसहित भरत मगर, मनोजकुमार शेर्पा, रवि पराजुली, विशाल […]

२०७० श्रावण १६ गते, बुधबार

काँक्रेबिहार सरोकार समितिद्वारा सिंहदरबार घेराउ

काठमाडौं,१५ साउन – सुर्खेतको काँक्रेबिहारमा बुद्धको मूर्ति स्थापना गर्नुपर्ने माग गर्दै संयुक्त सरोकार समितिले सिंहदरबार घेराउ गरेको छ । बिहान ९ बजेदेखि २ घण्टा भएको सिंहदरबार घेराउका कारण यातायात व्यवस्था प्रभावित भएको थियो ।काँक्रेबिहारमा बुद्धको मूर्ति स्थापना गर्न सरकारले रोक लगाएको विरोधमा काँक्रेबिहार संयुक्त सरोकार समितिले साउन ७ गतेदेखि दवावमूलक कार्यक्रम गर्दै आएको छ । […]

२०७० श्रावण १५ गते, मंगलवार

चार दल र उपेन्द्रको मोर्चावीच बार्ता हुँदै

काठमाण्डौ, ३१ साउन। प्रमुख चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक समिति र उपेन्द्र यादव नेतृत्वको सङ्घीय लोकतान्त्रिक मोर्चाबीचको आज वार्ता साँझ ५ बजे नयाँ बानेश्वरस्थित समितिको कार्यालयमा हुने भएको छ ।हिजो साँझ भएको वार्ता औपचारिकरूपमा वार्ता विषयवस्तुमै प्रवेश नगरी टुङ्गिएको थियो । वार्ता सहमति नजिक पुगेको भनिएपछि राजनीतिक समिति र यादव नेतृत्वको मोर्चावीच आआफ्ना अडान कायमै […]

२०७० श्रावण ३१ गते, बिहीबार

एमाले युवा संघमा भाडभैलो

काठमाडौ , ३० साउन- एमाले प्रभावशाली भ्रातृ संगठन युवा संघ नेपालमा भाडभैलो मच्चिएको छ । युवा संघका अध्यक्ष महेश बस्नेत संस्थापन पक्ष र उपाध्यक्ष झपट रावल असन्तुष्ट पक्षले आजबाट छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् । बस्नेतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रावलसहित असन्तुष्ट पक्षका १० पदाधिकारीले मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी आजबाटै पार्टी केन्द्रीय कार्यालय, […]

२०७० श्रावण ३० गते, बुधबार

एमाओवादीका नेता लुटपाटमा संलग्न

लमजुङ, १४ साउन – एकीकृत नेकपा माओवादी तमूवान राज्य समिति सदस्य रबीन्द्र अधिकारीको नेतृत्वको एक टोलीले आइतबार लमजुङमा लुटपाट गरेको बताइएको छ ।अर्चलबोट पुगेका २ जना ब्यापारीबाट अधिकारी, प्रताप लामिछाने र टीकाराम विकले ८२ हजार रुपैयाँ र एउटा मोवाइल लुटेको पीडितले बताएका छन् ।विजय जैसवाल र नत्थु महतोले आफूहरुमाथि लुटपाट भएको भन्दै इलाका प्रहरी कार्यालय […]

२०७० श्रावण १४ गते, सोमबार

करिडोरका उद्योग अझै खुलेनन्

वीरगन्ज,२८ साउन। न्यूनतम पारिश्रमिक विवादका कारण बन्द भएका वीरगन्ज-पथलैया औद्योगिक करिडरका १३ वटा उद्योग अझै खुलेका छैनन् । उद्योग खुलाउने विषयमा व्यवस्थापन र उद्योगका मजदुर युनियनबीच आइतबार बेग्लाबेग्लै भएका वार्तासमेत निष्कर्षविहीन भएपछि उद्योग सुचारु हुन नसकेका हुन् । यसअघि आइतबारका लागि तय भएको वीरगन्ज उद्योग वाणिज्य सङ्घ र संयुक्त ट्रेड युनियन क्षेत्रीय समन्वय समितिबीचको वार्ता […]

२०७० श्रावण २८ गते, सोमबार

संघिय समाजवादी पार्टी पनि आन्दोलीत

काठमाडौ , १३ साउन – संघिय समाजवादी पार्टी चारदलीय संयन्त्र खारेजी तथा ११ बुंदे सहमती र २५ बुंदे बाधा अड्काउ फुकाउ आदेश खारेजीको माग गर्दै संघिय समाजवादी पार्टी आन्दोलनमा उत्रिएको छ । सरकारको हेरक काममा हस्तक्षेप गरेको र अरुलाई माइनस गर्ने गरि गठन गरिएको राजनीतिक संयन्त्र तत्काल खोजेर हुनु पर्ने भन्दै समाजवादी पार्टी आन्दोलन सुरु […]

२०७० श्रावण १३ गते, आईतवार

अस्थायी कर्मचारीले आन्दोलन चर्काउने

काठमाण्डौ ,१३ साउन, । स्वतह स्थायी हुनु पर्ने माग राख्दै आएका अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका छन् ।अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ११ बुँदे माग अघि सार्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।संघले घोषणा गरेको आन्दोलनको कार्यक्रममा साउन १६ गते […]

२०७० श्रावण १३ गते, आईतवार