एमाओवादी सभामा बम प्रहार
ताप्लेजुङ,२५ कार्तिक । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा एमाओवादीको चुनावी आमसभामा बम प्रहार भएको छ । बम प्रहारपछि आमसभाका सहभागीहरुबीच भागदौड मच्चिएको थियो । प्रहार गरिएको बम भने नपड्किएको बताइएको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गर्दैछ । एमाओवादी ताप्लेजुङ क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार सञ्चपाल मादेनले सभालाई सम्बोधन गरिरहँदा बम प्रहार गरिएको थियो । […]
२०७० कार्तिक २५ गते, सोमबार