सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ
काठमाडौं। आज आश्विन कृष्ण प्रतिपदा, आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ। आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग)मा उल्लेख छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई तर्पण, […]
२०८० आश्विन १३ गते, शनिबार