समाज

मलंगवामा अनिश्चितकालिन कर्फ्यु !

काठमाडौँ । सर्लाही सदरमुकाम मलंगवामा दुई समुदायबीच झडप भएपछि पुन: कर्फ्यु लगाइएको छ । बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदाबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । सर्लाहीका डिएसपी दिपेन्द्र पन्जियार थारुका अनुसार मूर्ति सेलाउन जाने क्रममा साँझ साढे ७ बजे मुस्लिम […]

२०८० आश्विन ५ गते, शुक्रबार

बालसुधार गृहमा झडप: एक जनाको मृत्यु

काठमाडौँ । प्रहरी जिल्ला कार्यालय बाँकेले बाँके डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको जयेन्दु बाल सुधार गृहमा बिहीबार राति दुई समूहबीच झडप एक दर्जन घाइते भएका र एक जनाको उपचारका क्रममा मृत्यु भएको बताएको छ । झडपमा घाइते भएका रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ४ का सुलभ केसीको मृत्यु भएको हो । केसी अपहरण तथा जबर्जस्ती करणीको […]

२०८० आश्विन ५ गते, शुक्रबार

विश्व शान्ति दिवस मनाइँदै

काठमाडौँ। आज सेप्टेम्बर २१ अर्थात विश्व शान्ति दिवस । नेपालमा पनि विश्व शान्ति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् ।यस वर्षको विश्व शान्ति […]

२०८० आश्विन ४ गते, बिहीबार

पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक बन्द !

काठमाडौँ । असोज ४ गतेदेखि पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड राति बन्द हुने भएको छ । सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको हो । असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि ३ बजेसम्म चार घण्टा खयरघारी र पोखरेखोला नजिक सवारी आवागमन रोकेर […]

२०८० आश्विन २ गते, मंगलवार

आज ऋषिपञ्चमी

काठमाडौँ । आज भाद्र शुक्ल पञ्चमी अर्थ्हत ऋषिपञ्चमी । आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । तीजको व्रत एवं पूजाआजा महिला पुरुष दुवैले […]

२०८० आश्विन २ गते, मंगलवार

आज विश्वकर्मा पूजा

काठमाडौँ । आज आश्विन संक्रान्ति, प्रत्येक वर्ष कन्या अर्थात् आश्विन संक्रान्तिका दिन कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । यस अवसरमा सवारी साधन, कलकारखाना र धातुका विभिन्न औजारको पूजा गर्ने गरिन्छ । आज औजार तथा यान्त्रिक सामग्रीको पूजा गर्दा धेरै समय टिक्ने, कामको बेलामा नबिग्रने र राम्रो काम गर्ने […]

२०८० आश्विन १ गते, सोमबार

आज हरितालिका तीज

काठमाडौँ । आज भाद्र शुक्ल तृतीया हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउँदैछन् । आजका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ । हिजो आइतबार दर खाएर बसेका महिलाहरु आज सोमबार दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् ।तीजमा पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको बिहानैदेखि भीड लागेको छ […]

२०८० आश्विन १ गते, सोमबार

चौठचन्द्र पर्व मनाइँदै

काठमाडौँ । आज चौठचन्द्र (चौरचन) पर्व , तराई मधेशमा क्षेत्रमा चौठचन्द्र पर्वका दिन व्रतालुले दिनभरि उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । भदौ शुक्ल चतुर्थीको दिन फलफुल लिएर चन्द्रमाको पूजा गर्दा विभिन्न प्रकारका कलंकबाट मुक्ति पाइने विश्वास रहेको छ। व्रतालु साँझको समयमा भगवान गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल प्रसादको […]

२०८० आश्विन १ गते, सोमबार

पाँच वर्षमा एक हजार ६ सयको उद्धार !

काठमाडौँ । नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्ममा बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार गरिएको छ । ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार एक हजार एक सय ३४ जनाको विभिन्न जिल्लास्थित प्रहरी कार्यालयबाट उद्धार गरिएको छ । ब्यूरोकै पहलमा पाँच सय ४४ […]

२०८० भाद्र ३१ गते, आईतवार

जिल्ला न्यायाधीशको लिखित परीक्षामा एक जना मात्र पास

काठमाडौँ । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षामा जम्मा एक जना पास भएका छन् । आयोगले प्रकाशन गरेको सूचनामा अन्तर्वार्ताका लागि एक जना मात्र छनौट भएका छन् । आन्तरिक खुलातर्फका प्रतिस्पर्धी पारसमणि पोखरेलमात्र अन्तर्वार्ताका लागि छनौट भएको आयोगले जनाएको छ । उनलाई अन्तर्वार्ताका लागि सोमवार बोलाइएको छ । न्याय सेवा […]

२०८० भाद्र ३१ गते, आईतवार