समाज

फोहोर जलाए कारवाही !

काठमाडौं, ७ पुस । काठमाडौंको वायुप्रदुषण गराउने प्रमुख कारक बनेको फोहोर बाल्ने कार्य नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले सक्रियता देखाएको छ । घर वरपर वा सडक सफा राख्न वा आगोसमेत ताप्ने उद्देश्यले फोहोर बाल्दा प्रदुषण बढेर जनस्वास्थ्यमा समेत जोखिम बढेको भन्दै त्यसलाई रोक्न महानगरपालिकाले कारवाही बढाएको हो । पछिल्ला दिनमा फोहोर जथाभावी बाल्ने कार्यमा संलग्न ५/७ […]

२०७४ पुष ७ गते, शुक्रबार

देशभर चिसो बढ्दै

काठमाडौं, ६ पुस । मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिक बदलीको अवस्थासँगै कुहिरो र शीतलहर हट्दै गएको र यो अवस्था एकदुई दिनमै परिवर्तन हुने जनाएको छ । अहिले आंशिक बदलीका कारण कुहिरो हट्दै गएको र तापक्रममा पनि केही सुधार भएको अवस्था छ । तर पश्चिमी वायुको प्रभावले एकदुई दिनपछि तराईमा शीतलहर तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना […]

२०७४ पुष ६ गते, बिहीबार

‘छोरा’ तिहार सम्पन्न

काठमाडौं, ५ पुस । भाइतिहार सकिएको दुई महिनापछि बुधबार कर्णालीवासीले ‘छोरा’ तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयका दिन कर्णालीका जुम्ला र डोल्पाका सर्वसाधारणले धुमधामका साथ मनाउने गर्दछन् । भाइटीकाजस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता, गलामा माला र सगुनकारुपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकारसहित […]

२०७४ पुष ५ गते, बुधबार

शौचालय निर्माण नगर्नेलाई सरकारी सुविधा नदिइने

काठमाडौं, ५ पुस । सेफ्टी ट्यांकीसहितको शौचालय निर्माण नगर्ने भोजपुरवासीलाई सरकारी सेवा सुविधा नदिने निर्णय भएको छ । भोजपुर जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि पटकपटक निर्णय गरी मिति तोक्दा पनि स्थानीयले बेवास्ता गरी शौचालय निर्माण नगरेको भन्दै स्थानीय सरकारले यस्तो निर्णय गरेको हो । जिल्लाका सबै गाउँपालिका यसअघि नै खुल्ला दिसामुक्त घोषणा गरिएको भए […]

२०७४ पुष ५ गते, बुधबार

आगामी आर्थिक वर्षको बजेट १६ खर्बको !

काठमाडौं, ५ पुस । आगामी आर्थिक वर्षको बजेट करिब १६ खर्ब रुपैयाँको हुने देखिएको छ । संघीय संरचना कार्यान्वयनका लागि अधिक स्रोतको आवश्यकता भएसँगै बजेटको आकार १५ खर्ब ७० अर्ब रुपैयाँ पुग्ने अर्थ सचिव शंकर अधिकारीले बताए । संघीय बजेट विनियोजन संरचनाअनुसार अर्थ मन्त्रालयले बजेट निर्माण सुरु गरिसकेको समयमा अर्थ सचिव अधिकारीले यस्तो खुलासा गरेका […]

२०७४ पुष ५ गते, बुधबार

दुई हजारलाई लालपुर्जा

काठमाडौं, ४ पुस । वर्षौंदेखि जग्गा भएपनि लालपुर्जाविहीन एक/एक नगरपालिका र गाउँपालिकाका दुई हजारजनालाई महोत्तरी जिल्ला नापी कार्यालय र जिल्ला भूमि अधिकार मञ्चले लालपुर्जा वितरण गरेका छन् । बलवा नगरपालिका र महोत्तरी गाउँपालिकाका दुई हजार ४६१ लालपुर्जाविहीनलाई लालपुर्जा वितरण गरिएको जिल्ला नापी कार्यालयका प्रमुख कमलेशचन्द्रलाल कर्णले बताए । बलवाका ७३१ र महोत्तरीका एक हजार ७३० […]

२०७४ पुष ४ गते, मंगलवार

एउटै गाउँमा तीन करोडको सुन्तला उत्पादन !

काठमाडौं, ३ पुस । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा यो वर्ष झन्डै तीन करोड रुपैयाँको सुन्तला उत्पादन भएको छ । किसानले सुन्तला बगैंचा विस्तार गरेसँगै उत्पादन वृद्धि भएको हो । यो गाउँमा गतवर्ष दुई करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो । यहाँका २ सय ६१ घरधुरी मध्ये २ सयभन्दा बढीले व्यावसायिक सुन्तला खेती गर्दै आएका […]

२०७४ पुष ३ गते, सोमबार

हुस्सु र कुहिरोका कारण सवारी दुर्घटना

काठमाडौं, २ पुस । बढ्दो चिसो र कुहिरोका कारण दुर्घट्ना बढ्न थालेका छन् । सर्लाहीमा आज बिहान सवा चार बजे पूर्व–पश्चिम लोकमार्ग अन्तरर्गत सर्लाहीको हरिवन नगरपालिका र लालबन्दी नगरपालिकाको सिमानामा पर्ने लखन्देही पुलमा बस र ट्रक एक आपसमा ठोक्किएका छन । बाक्लो हुस्सु र कुहिरोका कारण बस र ट्रक एक आपसमा ठोकिएको जिल्ला ट्राफिक कार्यालय […]

२०७४ पुष २ गते, आईतवार

काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियसमा झर्यो

काठमाडौं, २९ मंसिर । काठमाडौंलगायत मुलुकका विभिन्न भागमा चिसो बढेको छ । केही उच्च हिमाली क्षेत्रमा हिमपात भएसँगै चिसो बढेको हो । आज बिहान राजधानीको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार पश्चिम, मध्य र पूर्वी तराईका केही स्थानमा कुहिरो लागेको छ । केही स्थानमा बेलुकीसम्म नै […]

२०७४ मंसिर २९ गते, शुक्रबार

अपाङ्ग दिवस मनाईंदै

काठमाडौं, २८ मंसिर । ‘कोही पनि नछुटुन् दिगो विकासको नारा, अपांगतामैत्री योजना कार्यान्वयनमा जुटौं हामी सारा’ भन्ने नाराका साथ अपांगता भएका व्यक्तिहरुको २६ औं अन्तर्राष्ट्रिय दिवस नेपालमा विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । गत मंसिर १७ गते विश्वव्यापी रुपमा यो दिवस मनाइए पनि नेपालमा भने आज मात्रै मनाइएको हो । प्रतिनिधिसभा र प्रदेशसभा चुनावका […]

२०७४ मंसिर २८ गते, बिहीबार