समाज

आज अक्षय तृतीया

काठमाडौँ, १६ वैशाख । आज वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया । आज दान, होम, जप, तप गरी सातु सर्वत खाएर अक्षय तृतीया पर्व मनाउने प्रचलन छ । आज गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । आज गरिएको कर्म फलदायी हुने […]

२०७४ बैशाख १६ गते, शनिबार

जेब्रा क्रसिङमा सवारी साधन रोक्नैपर्ने

काठमाडौं, १५ वैशाख । ट्राफिक महाशाखाले जेब्रा क्रसिङमा सवारी साधन रोक्नैपर्ने नियम ल्याएको छ । उसले पैदल यात्रुलाई जेब्रा क्रसिङ र आकासे पुलबाट मात्र बाटो काट्न समेत आग्रह गरेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयका निमित्त प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले सवारी चालकलाई जेब्रा क्रसिङ खाली भए पनि ३० सेकेन्ड सवारी रोकेरमात्र अघि […]

२०७४ बैशाख १५ गते, शुक्रबार

शिक्षकले रोके परीक्षा

काठमाडौं , १४ बैशाख । सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा कम्युटर विज्ञान तथा प्रविधि अन्र्तगत भइरहेको तेस्रोे सेमेस्टरकोे अन्तिम परीक्षा शिक्षकले नै रोकेका छन । विश्वविद्यालयमा गत बैशाख १० गतेबाट सुरु भएको अन्तिम परीक्षा शिक्षकहरुले आफुले थप कक्षा संचालन गरे वापत तलब नपाएको भन्दै आज राकेका हुन् । विज्ञान तथा प्रविधि अन्र्तगत कम्प्युटर पढाउने दुई जना शिक्षकले दैनिक […]

२०७४ बैशाख १४ गते, बिहीबार

५५ दिनपछि जीवितै उद्धार !

काठमाडाैं, १४ बैशाख । दुइ महिनादेखि उत्तरी धादिङबाट हराइरहेका दुई ताइवानी पर्यटकको एसियन ट्रेकिङएजेन्सी र सिम्रिक हेलिकोप्टरले बिहीबार उद्धार गरेका छन् । ती मध्ये एकको तीन दिनअघि मृत्यु भएको थियो ।उद्धार टोलीले उत्तरी धादिङको रुबीध्याली गाउँपालिकामा ती पर्यटकको जोडीलाई फेला पारेको हो । उद्धार टोलीले खोँचमा खसेर एक जना बेहोस र अर्का एकजना मृत अवस्थामा […]

२०७४ बैशाख १४ गते, बिहीबार

आफ्नै सन्तानले वृद्धाश्रममा छोडेपछि ….

काठमाडौं, १४ वैशाख । आफ्नो श्रीमान्, छोराछोरी, परिवार या आफन्तको साथ नपाएपछि को पो खुसी हुन सक्छ र ? आश्रममा आफन्त नभएका कोही छैनन् । सबैका आफन्त छन्, तैपनि उनीहरू आश्रममा बस्न बाध्य छन् । विराटनगर–१३ स्थित विराटेश्वर वृद्धाश्रममा रहेकी ७३ वर्षीया विष्णु श्रेष्ठको घर भोजपुर जिल्लाको साबिक सिक्तेल–५ हो । उनका पाँच छोरा र […]

२०७४ बैशाख १४ गते, बिहीबार

आज मातातीर्थ औंसी

काठमाडौं, १३ बैशाख । नौं महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔंसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । आजको दिन जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवंगत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई […]

२०७४ बैशाख १३ गते, बुधबार

विवाहपञ्चमीमा राष्ट्रिय बिदा दिन माग

काठमाडौं, १२ वैशाख । धार्मिक, सांस्कृतिक र संस्कारका दृष्टिले महत्वपूर्ण मानिएको जानकी नवमी र जानकी विवाहपञ्चमीका दिन राष्ट्रिय बिदाको माग गरिएको छ । जनकपुरधाममा मंगलबार बसेको सर्वपक्षीय भेलाले सो माग गर्दे जानकी नवमीलाई सरकारी र निजीस्तरबाट भव्य किसिमले मनाउनुपर्नेमा जोड दिएको छ । भेलाले ‘राष्ट्रिय विभूति सीताको जन्म र विवाहका दिनमा सरकारीस्तरबाट हालसम्म कुनै कार्यक्रम […]

२०७४ बैशाख १२ गते, मंगलवार

प्रसाद खाँदा एक सयभन्दा बढी बिरामी

काठमाडौं, ११ वैशाख । विराटनगर उपमहानगरपालिका–१९ घिनाघाटस्थित पञ्चकन्या टोलको एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा एक सयभन्दा बढी बिरामी परेका छन् । ईश्वरी पौडेलको घरमा लगाइएको पूजाको प्रसाद खाएकाहरुमा झाडापखाला लाग्ने, बान्ता आउने, टाउको दुख्नेलगायतका समस्या देखिएको हो । पौडेलको घरमा चार दिन अघि लगाइएको घरपैंचो पूजामा रोटी, तरकारी र अचार खाएपछि बिरामी परेको स्थानीय […]

२०७४ बैशाख ११ गते, सोमबार

अरुण नदी थुनियो, विध्वंशको खतरा

काठमाडौं, ८ वैशाख । बरुण नदीमा आएको बाढी पहिरोका कारण अरुण नदी थुनिएको छ । बाढी पहिराको कारण भोटखोला गाउँपालिकाको स्याक्सिला गोलामा अरुण नदी थुनिएको हो । बिहीबार साँझदेखि नदी थुनिएपछि करिब दुई किलोमिटर लामो ताल बनेको छ । नदी थुनिएपछि बरुण बजार क्षेत्रको तीनवटा घरमा पूर्णरुपमा क्षति पुगेको छ भने चारवटा घर उच्च जोखिममा […]

२०७४ बैशाख ८ गते, शुक्रबार

ट्राफिकलाई ज्ञापनपत्र

काठमाडौं, ७ वैशाख । युवाहरुले ट्राफिक व्यवस्थापनमा सुधारको माग गर्दै महानगरीय प्रहरी महाशाखालार्ई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले ट्राफिक प्रहरीले सन्चालनमा ल्याएको मापसे चेकजाँच प्रभावकारी भएको तर चेक गर्ने मेसिन गुणस्तरीय नभएकोप्रति ट्राफिक प्रहरीको ध्यानाकर्षण गरेका थिए । यसैगरी, सम्पूर्ण लेनहरुमा स्पस्ट रेखा तथा सुरक्षित डोरीको व्यवस्था गरी लेन अनुशासन भंग गर्न नसक्ने व्यवस्था गर्न […]

२०७४ बैशाख ७ गते, बिहीबार