समाज

डीआईजी सिलवालसँग स्पष्टिकरण माग

काठमाडौं, ७ वैशाख । प्रहरी प्रधान कार्यालयले संगठनको अनुशासन उल्लंघन गरेको भन्दै डीआइजी नवराज सिलवालसँग स्पष्टीकरण माग गरेको छ । महानिरीक्षक प्रकाश अर्यालको निर्देशनमा सिलवालसँग स्पष्टीकरण मागिएको जानकारी प्रहरीको उच्च अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार महानिरीक्षक अर्यालले पद सम्हालेको भोलिपल्ट चैत २९ मा बोलाएको प्रहरी समन्वय समिति (पीसीसी)को बैठकमा सहभागी नभएर सिलवालले प्रहरीको […]

२०७४ बैशाख ७ गते, बिहीबार

गोहीको मुखमै परे पनि बाँचे अर्जुन

काठमाडौं, ६ बैशाख । ठूल्ठूला जेब्रा, अर्नालगायत वन्यजन्तु गोहीले सजिलै मारेका घटना हामीले अन्तर्राष्ट्रिय टेलिभिजनबाट देख्छौँ । गोहीले समाइसकेपछि फुत्किने मौका कमै हुन्छ । तर चितवनमा गोहीको मुखमा पुगेका मामुली बालक फुत्किए् भन्दा तपार्इंलाई आश्चर्य लाग्ला । यो यथार्थ हो । गोहीले समाएका बालक सकुशल फिर्ता भए । अहिले उनी उपचाररत छन् । गत चैत […]

२०७४ बैशाख ६ गते, बुधबार

उपत्यकामा पुनः स्वाइनफ्लु

काठमाडौँ, ५ वैशाख । टेकूस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा पुनः स्वाइनफ्लु (इन्फुएञ्जा ए एचवन एनवन) देखिएको छ । गत महिना चैत ११ गते अस्पतालमा ज्वरो आई भर्ना भएका ४० वर्षीयलाई स्वाइनफ्लु पुष्टि भएको हो । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले गत फागुनमा एक जना बिरामीमा देखिएको स्वाइनफ्लु चैतमा भर्ना भएका अर्को बिरामीलाई […]

२०७४ बैशाख ५ गते, मंगलवार

जथाभावी बाटो काटे प्रहरी कठघरामा बास

काठमाडौं, ४ वैशाख । काठमाडौंलाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारवाही गर्ने तयारी गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैशाखको अन्तिमदेखि यो नियम लागू गर्न लागेको हो । नियम उल्लंघन गर्ने पैदल यात्रुलाई पनि कारवाही गर्ने तयारी भइरहेको महाशाखाका डिआइजी मिङमार लामाले जानकारी दिए […]

२०७४ बैशाख ४ गते, सोमबार

तीन शताब्दी देखेकी महिला !

काठमाडौ, ३ वैशाख । विश्वकै सबैभन्दा धेरै उमेरकी महिला एमा मोरैनोको १ सय १७ वर्षको उमेरमा निधन भएको छ । १९ औं शताब्दीमा जन्मिएर पनि जीवित रहन सफल एमा एक्लो व्यक्ति थिइन् । उनको जन्म १८९९ को नोभेम्बर २९ मा इटालीमा भएको थियो । उनी तीन शताब्दीसम्म जीवन जीउन सफल भइन् । यस क्रममा एमाले […]

२०७४ बैशाख ३ गते, आईतवार

०७३ का चर्चित घटनाक्रम

काठमाडौं,२ वैशाख । २०७३ साललाई बिदा गर्दै शुक्रबारबाट २०७४ साल सुरु भएको छ । २०७३ मा राजनीतिक र सामाजिक क्षेत्रमा घटेका मुख्य मुख्य घटनाहरु यस प्रकार रहेका छन्– ओलीबिरुद्ध अविश्वासको प्रस्ताव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बिरुद्ध कांग्रेस र माओवादीका सांसदले दर्ता गरेको अविश्वासको प्रस्ताव वर्ष २०७३ मा सर्वाधिक चर्चाको बिषय बन्यो […]

२०७४ बैशाख २ गते, शनिबार

आज नयाँ वर्ष , २०७४ प्रारम्भ

काठमाडौं, १ बैशाख । आज नयाँ वर्षको पहिलो दिन, आजबाट २०७४ सुरु भएको छ । विक्रम संवत् अनुसार आजैदेखि वर्ष २०७३ लाई बिदा गरी वर्ष २०७४ को शुभारम्भ भएको हो । नयाँ वर्षकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व राजा ज्ञानेन्द्र शाहलगायतले देश […]

२०७४ बैशाख १ गते, शुक्रबार

शिवपुरीमा सुरुङमार्ग

काठमाण्डौ ,२८ चैत । । काठमाडौँको शिवपुरी डाँडा छेडेर टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म चार किलोमिटर सुरुङमार्ग निर्माण हुने हुने भएको छ । सडक विभाग, वैदेशिक महाशाखाका प्रमुख सञ्जय श्रेष्ठका अनुसार राजधानीको टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गरिने तयारी भइरहेको छ । काठमाडौँंलाई कम समय र दूरीमा उत्तरी नाका केरुङ जोड्ने सडकमार्ग अन्तर्गत टोखादेखि नुवाकोटको […]

२०७३ चैत्र २८ गते, सोमबार

नमुना मुसहर बस्ती वैशाख १ मा हस्तान्तरण हुने

काठमाडौं, २६ चैत । धुर्मुस–सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्ती लगभग तयार भएको छ । निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको फाउन्डेसनले नयाँ वर्षको पहिलो दिन वैशाख १ मा बस्ती हस्तान्तरण गरिने जनाएको छ । तीन महिना लगाएर बनाइएको नमुना बस्ती महजोडीले नै मुसहरलाई हस्तान्तरण गर्दै छन् । त्यसैगरी, बस्तीमा निर्मित भ्युटावर […]

२०७३ चैत्र २६ गते, शनिबार

आज विद्युतीय सुरक्षा दिवस

काठमाडौं, २५ चैत । आज विद्युतीय सुरक्षा दिवस ‘विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोग, देशको समृद्धिमा सहयोग ‘ भन्ने नाराका साथ मनाउँदैछ । दिवसका अवसरमा आज विद्युत प्राधिकरण र सोसाइटी अफ ईलेक्ट्रिकल इन्जिनियर्स नेपालको संयुक्त सहकार्यमा विभिन्न कार्यक्रमको आयोजना गरिएको प्राधिकरणले जनाएको छ । दिवशका अवसरमा प्राधिकरणले प्रभातपफेरीकाे अायाेजना गरेकाे छ । साे लगतै […]

२०७३ चैत्र २५ गते, शुक्रबार