समाज

विश्व सिमसार दिवस : सिमसार संरक्षण फोटो प्रदर्शनी हुँदै

काठमाडौँ । ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२१ अगष्ट ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्वभर […]

२०८१ माघ २० गते, आईतवार

प्रहरीको डीएसपी भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका डीएसपी भन्दै ठगी गरेको आरोपमा सिराहाको लाहान नगरपालिका-२० बस्ने ३० वर्षीय दिपक भनिने धनिकलाल साह पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय ढल्केबरको टोलिले उनलाई धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बाट पक्राउ गरेको प्रहरी निरीक्षक जटशंकर यादवले जानकारी दिए ।दिपकले डीएसपी भन्दै आफूसँग ५० हजार रुपैयाँ ठगी गरेको भनी धनुषाको गणेशमान […]

२०८१ माघ १९ गते, शनिबार

विपन्न परिवारलाई निःशुल्क खानेपानी र बिजुली !

काठमाडौँ । झापा मेचीनगर नगरपालिका–२ ले आफ्ना वडाका विपन्न परिवारका घरमा शुद्ध खानेपानी र बिजुली बत्ती निःशुल्क जडान गरिदिएको छ । वडाका अति विपन्न परिवारको पहिचान गरी बत्ती र खानेपानीको धारा निःशुल्क रूपमा जडान गरिरहेको वडाध्यक्ष दीपक बरालले बताए । उनले वडाले गत वर्षदेखि विपन्नको घरमा टिनको छाना लगाइदिने र बत्ती पानी जडानका लागि बजेट […]

२०८१ माघ १९ गते, शनिबार

लागूऔषध नियन्त्रणमा लिन चार राउन्ड गोली प्रहार !

काठमाडौँ । पश्चिम नवलपरासीमा प्रहरीले लागूऔषध नियन्त्रण लिन चार राउन्ड गोली प्रहार, एक जना घाइते नियन्त्रणमा लिन चार राउन्ड गोली प्रहार गरेको छ । बिहीबार राति ८ बजे जिल्लाको रामग्राम नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरबाट लागूऔषध (ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थ) नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गरेको नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब […]

२०८१ माघ १८ गते, शुक्रबार

कारागारबाट भागेका बुढाथोकी १४ वर्षपछि पक्राउ

काठमाडौँ । डिल्लीबजार कारागारबाट भागेका ओखलढुंगाको लिखु गाउँपालिका–२ घर भएका ४५ वर्षीय पेशलराज बुढाथोकी १४ वर्षपछि पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोंगबुबाट बुधबार पक्राउ गरेको हो ।वैदेशिक रोजगारीको मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले १९ साउन २०६६ मा ३ वर्ष कैद र ३ लाख जरिवाना सुनाएको थियो । फैसला भएपछि २५ […]

२०८१ माघ १७ गते, बिहीबार

जिप दुर्घटना : तीन जनाको मृत्यु

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले मध्यपहाडी राजमार्गको सडक खण्डमा ना १ ज ६४२१ नम्बरको जिप सडकबाट अन्दाजी ७० मिटर तल खसेर दुर्घटना भएको जानकारी दिएको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ को हर्कपुरस्थित भँडारे खोलानजिकै खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।जिप राति नै दुर्घटना भएको अनुमान […]

२०८१ माघ १७ गते, बिहीबार

सोनाम ल्होसार मनाइदै

काठमाडौँ । आज तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होसार पर्व मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाउने गरिन्छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई मीठो परिकार बनाएर खाने र एक आपसमा शुभकामना आदानप्रदान गरी सामूहिक रुपमा यो पर्व मनाउने चलन छ । यो पर्व देशका विभिन्न […]

२०८१ माघ १७ गते, बिहीबार

शहीद दिवस मनाइँदै

काठमाडौँ । आज माघ १६ गते, शहीद दिवस । देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन विशेष रुपमा शहीद दिवस मनाउने चलन छ । जहानियाँ राणा शासनविरुद्ध विद्रोह गर्ने […]

२०८१ माघ १६ गते, बुधबार

ताप्लेजुङमा यातायात ठप्प !

काठमाडौँ । पाथीभरा मुक्कुम्लुङ क्षेत्रको केबलकार निर्माण विरोधमा पहिचान पक्षधर र नो केबलकार पक्षधरले गरेको अनिश्चितकालिन यातायात बन्दका कारण ताप्लेजुङमा यातायात ठप्प भएको छ। बन्दका कारण मंगलबार बिहानदेखि मेची राजमार्ग र ताप्लेजुङ, पाँचथर, इलाम लगायत तमोर करिडोर र तेह्रथुमका सबै यातायात सेवा ठप्प भएका छन्। सुरक्षा कर्मी र आन्दोलनकर्मीको उपस्थिती विभिन्न स्थानमा देखिएको छ।केबलकार निर्माण […]

२०८१ माघ १५ गते, मंगलवार

काठमाडौंका केही स्थानमा विद्युत् अवरुद्ध हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौंका केही स्थानमा मंगलबारदेखि चार दिन दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । प्राधिकरणले मंगलबार गोठाटार जोरपाटी फिडरअन्तर्गत मानटार चोक क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ ।बुधबार मातातीर्थ कुलेश्वर फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, बिहीबार शंखमूल फिडर बानेश्वर अन्तर्गत दोभान पुल […]

२०८१ माघ १५ गते, मंगलवार