समाज

लोप हुने अवस्थामा धाननाच

काठमाडौँ । पूर्वी नेपालमा मूल रूपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ। याक्थुङ (लिम्बू) समुदायमा सुखदुःखका संस्कारसँगै मेलाहाट, विभिन्न पर्व र उत्सवमा युवायुवतीबीच एकापसमा हात समाएर गोलाकार घेरा बनाई धान नाच्ने चलन छ।२०५० को दशकसम्म अत्यन्तै लोकप्रिय धाननाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेको किरात याक्थुङ चुम्लुङ म्याङलुङ नगर […]

२०८१ माघ १३ गते, आईतवार

३७ जना डीएसपी एसपीमा बढुवा (सूचिसहित)

काठमाडौँ । नेपाल प्रहरीको बढुवा समितिले ३७ जना नायब उपरीक्षक(डीएसपी) लाई बढुवा गरेको छ । बढुवा हुनेहरुमा कुलदीप चन्द, सुमित खड्का, ठाकुरप्रसाद पोखरेल, मनोहरप्रसाद भट्ट, दीपक गिरी, नवीनकृष्ण भण्डारी, तिलक भारती, केशवकुमार थेवे, सूर्यबहादुर खड्का, दीपक श्रेष्ठ, प्रेमबहादुर शाही, टेकबहादुर कार्की, फणीन्द्र प्रसाईं, शरतकुमार थापा, युवराज खड्का रहेको सूचनामा उल्लेख छ ।यसैगरी , राजन चापागाईं, […]

२०८१ माघ १२ गते, शनिबार

कोशी र मधेश प्रदेशमा शीतलहर

काठमाडौँ । कोशी र मधेश प्रदेशमा शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले शीतलहर चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ ।शीतलहर तुषारोको कारण जनजीवन प्रभावित भएको हो । ज्येष्ठ नागरिक, बालबालिका र महिला बढी शीतलहर र तुषारोबाट पीडित […]

२०८१ माघ १२ गते, शनिबार

महाभारत जंगलमा लागेको डढेलो नियन्त्रण गर्न सेना परिचालन

काठमाडौँ । काभ्रे जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ।काभ्रेको बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थाम लेकडाँडामा डढेलो फैलिएको छ। ओगोले अन्य वन क्षेत्रमासमेत असर गर्नसक्ने […]

२०८१ माघ ११ गते, शुक्रबार

ट्राफिक प्रहरीद्वारा सवारी चालकको चाबी जथाभाबी थुत्ने कार्य गैरकानुनी

काठमाडौँ । पाटन उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपानेको इजलासले ट्राफिक प्रहरीले सवारी चालकको चाबी जथाभाबी थुत्ने कार्यलाई गैरकानुनी भन्दै यसलाई रोक्न निर्देशनात्मक आदेश जारी गरेको छ। अदालतले सवारी चालकको व्यक्तिगत सम्पत्ति र सम्मानलाई हानि पुर्याउने यस्तो कार्य गर्न नहुने भन्दै प्रहरीले कानुनी आधारमा मात्र कार्य गर्न आदेश दिएको छ। यो निर्णयपछि, ट्राफिक […]

२०८१ माघ १० गते, बिहीबार

देशभरको तापक्रम बढ्न थाल्यो

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको जनाएको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम […]

२०८१ माघ १० गते, बिहीबार

ग्राहकलाई यौन दुर्व्यवहार गरेको आरोपमा इनड्राइभका चालक पक्राउ

काठमाडौँ । प्रहरीले ग्राहकलाई यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एकजना चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका-४ बस्ने २५ वर्षीय प्रबिन बराल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। अधिकारीले भने- ‘इनड्राइभका चालक बरालले यौन दुर्व्यवहार गरेको भन्ने पीडितको उजुरीका आधारमा आज उनलाई काठमाडौँबाट पक्राउ […]

२०८१ माघ ९ गते, बुधबार

गैँडाको आक्रमणबाट भण्डारीको मृत्यु

काठमाडौँ । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमणबाट घाइते निजको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। निजलाई यही माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो ।

२०८१ माघ ९ गते, बुधबार

अधिकांश सवारीसाधन प्रदूषण जाँचमा फेल

काठमाडौं । काठमाडौंमा गुड्ने अदिकांश सवारीसाधन प्रदूषण जाँचमा फेल भएका छन् । काठमाडौं महानगरपालिकाले ट्राफिक प्रहरीसँगको सहकार्यमा सोमबार चक्रपथ अन्तर्गत सुकेधारा हुँदै गुड्ने सवारी साधनको प्रदूषण चेकजाँच गर्दा ७८ प्रतिशत सवारीसाधन फेल भएका छन । ४० वटा डिजेलका सवारी साधनको प्रदूषण चेकजाँच गर्दा ३१ वटा फेल भएका छन् । जम्मा ९ वटा सवारीले मात्रै प्रदूषण […]

२०८१ माघ ८ गते, मंगलवार

मोटरसाइकल दुर्घटना : २ जनाको मृत्यु

काठमाडौँ । तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ आइरहेको गण्डकी प्रदेश ०३ ००१ प ०३१० नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन । मोटरसाइकल दुईवटा साना पुलको बीचमा खसेको […]

२०८१ माघ ८ गते, मंगलवार