समाज

घुस्याहा इन्जिनियर रंगेहात समातिए

काठमाडौ, ६ साउन । जल उत्पन्न प्रकोप नियन्त्रण फिल्ड कार्यालय लमही, दाङका इन्जिनियर रामदुलारी शरण भगत रु एक लाख ५७ हजार घुससहित पक्राउ परेका छन् । इन्जिनियर भगतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय कोहलपुरको एक टोलीले रंगेहात पक्राउ गरेको हो । गोवरडिहा गाविस–८ खहरे भालुखोलामा तटबन्धका लागि तारजाली योजनाबापतको रु १७ लाख ९३ हजार […]

२०७३ श्रावण ६ गते, बिहीबार

सप्तकोसीमा पानीको बहाव बढ्यो, २५ वटा ढोका खोलियो

काठमाडौं, ६ साउन । पूर्वी पहाडी क्षेत्रमा केही दिनदेखि अविरल वर्षा जारी रहेपछि सप्तकोसी नदीमा पानीको बहाव पनि बढ्न थालेको कोसी ब्यारेज कन्ट्रोल कक्षका प्राविधिकहरुले जानकारी दिएका छन् । आज बिहान ७ बजेको समयमा कोसी ब्यारेजमा १ लाख ८३ हजार ६३० क्यूसेक बाढीको बहाव मापन भएको छ । कोसी नदीमा बाढीको बहाव हिजो साँझदेखि नै […]

२०७३ श्रावण ६ गते, बिहीबार

आज वीपी स्मृति दिवस

काठमाडौं, ६ साउन । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३४ औं स्मृति दिवस आज देशभर मनाइँदैछ । वि.सं. १९७१ भदौ २४ गते जन्मिएका बीपीको घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते निधन भएको थियो । क्रान्तिदृष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी बीपी साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी थिए । उत्पीडन, कठोर यातना र […]

२०७३ श्रावण ६ गते, बिहीबार

महाकाली नदीको बाँध फुट्ने खतरा

काठमाडौ, ५ साउन । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मा महाकाली नदीको बाँध फुट्ने खतरा बढेको छ । दोधारा चाँदनी नगरपालिका–४ लठ्ठाघाट क्षेत्रमा पर्ने महाकाली नदीको तटबन्ध मङ्गलबार साँझ अचानक फुट्ने सम्भावना बढेपछि सोको रोकथामका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी सक्रिय भएका छन् । त्यसैगरी, भत्किने सम्भावना रहेको तटबन्ध बनाउनका लागि सदरमुकाम भीमदत्तनगरस्थित भगतपुर […]

२०७३ श्रावण ५ गते, बुधबार

एसएसपीसहित १४ सयलाई विभागीय कामकारबाही

काठमाडौ, ५ साउन । प्रहरी प्रधान कार्यलयले प्रहरी नियमावली विपरीत कामकारबाही गरेको आरोपमा वरिष्ठ उपरीक्षकसहित एकजार चार सय १९ जनालाई विभागीय कारबाही गरेको छ। जसमध्ये आठ जना प्रहरी उपरीक्षक, नौ जना नायव उपरीक्षक र १८ जना प्रहरी निरीक्षक विभागीय कारबाहीमा परेका हुन्। एकजना प्रहरी उपरीक्षकको पदोन्नतिरोक्का र चार जनाले नसिहत पाएका छन्। यस आर्थिक वर्षममा […]

२०७३ श्रावण ५ गते, बुधबार

बालाजु कराते-डो प्रतिष्ठानको साधारण सभा सम्पन

काठमाडौँ, ४ साउन । बालाजु कराते-डो प्रतिष्ठान,नेपालको आठौ साधारण सभा र केन्द्रिय निर्बाचन आज सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष – जिबनराम श्रेष्ठले उत्घाटन गरेको उक्त सभाबाट अध्यक्ष -ध्रुब बिक्रम मल्ल उपाध्यक्ष- बलराम मित्र, उपाध्यक्ष – प्रिथि बहादुर श्रेष्ठ,त्यस्तै महासचिबमा- चन्द्रप्रकाश घर्ति मगर, सचिव – तिरनदाज गौतम, कोषाध्यक्ष – नवराज मास्के, सदस्यहरु – […]

२०७३ श्रावण ४ गते, मंगलवार

आज गुरु पूर्णिमा

काठमाडौ, ४ साउन । आज असार शुक्ल पूर्णिमा अर्थात गुरुपूर्णिमा । आज आफूलाई अज्ञानरुपी अन्धकारबाट ज्ञानरुपी उज्यालोतर्फ लैजाने गुरुको सम्मान गर्दै पूजाअर्चना तथा फूलमाला र उपहार प्रदान गरी गुरुपूर्णिमा मनाउने प्रचलन छ । वेद, महाभारत, श्रीमद्भागवत, अठार पुराण उपपुराण आदि धार्मिक ग्रन्थका रचयिता वेदव्यासको जन्मजयन्तीलाई परापूर्वकालदेखि गुरुपूर्णिमाका रुपमा मनाउने गरिएको हो । संस्कृतमा ‘गु’ को […]

२०७३ श्रावण ४ गते, मंगलवार

हिन्दु महिलाहरु साउने सोमबारको ब्रत बस्दै

काठमाडौ, ३ साउन । आज साउनको पहिलो सोमबार, हिन्दु महिलाहरु आजवाट साउने सोमबारको ब्रत बस्ने गर्छन । आज पशुपतिनाथलगायत देशभरका शिव मन्दिरहरुमा साउने सोमबारको ब्रत लिने हिन्दु धर्मावलम्बी महिलाहरुको बिहानैदेखि घुईंंचो लागेको छ । साउनको सोमबार व्रत बसे मनले चिताएको कुरा पुरा हुने विश्वास गरिन्छ । यसपटकको साउनमा ५ वटा सोमबार परेकाले पनि व्रतको अझ […]

२०७३ श्रावण ३ गते, सोमबार

आज कमैया मुक्ति दिवस

काठमाडौँ, २ साउन । आज साउन २ अर्थात कमैया प्रथा मुक्त गरिएको दिन । यसै अवसर पारेर मुक्त कमैयाले आज उपत्यकासहित थारू बहुल सबै जिल्लामा मुक्ति दिवस मनाउँदै छन् । तत्कालिन सरकारले २०५७ साउन २ गते कमैयालाई मालिकको घरबाट मुक्त घोषणा गरेको थियो । सरकारले मुक्त घोषणा गरेको १६ वर्ष पूरा भई १७ वर्षमा प्रवेश […]

२०७३ श्रावण २ गते, आईतवार

डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन

काठमाडौं, १ साउन । अनशनरत् प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा आज र राजधानीमा प्रदर्शन भएको छ । चिकित्सा शिक्षा र चिकित्सा सेवामा रहेको अनियमितताकाविरुद्धमा गएको हप्तादेखि डा. केसीको अनशनमा बसेका छन । डा. केसीको मागमा समर्थन र सांसदहरुलाई दबाब दिने उद्देश्यले स्वतन्त्ररुपमा नागरिक प्रदर्शनी भएको हो । माइतीघरमन्डलाबाट सुरु भएको र्‍याली नयाँ बानेश्वरसम्म पुगेको थियो […]

२०७३ श्रावण १ गते, शनिबार