समाज

लोकतन्त्र दिवसको सार्वजनिक बिदा हटाइयो

काठमाडौं, १८ चैत । सरकारले आउँदो वर्षको क्यालेण्डर पारित गर्दै लोकतन्त्र दिवसको सट्टा संविधान जारी भएको दिन असोज ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अबदेखि वैशाख ११ गते लोकतन्त्र दिवसको बिदा नहुने गृह मन्त्रालयले जनाएको छ । जेठ १५ को गणतन्त्र दिवस र फागुन ७ को प्रजातन्त्र दिवसको बिदा पनि असोज ३ […]

२०७२ चैत्र १८ गते, बिहीबार

राप्रपामा बिबाद ,अध्यक्ष थापाको कार्यशैलीप्रति विष्ट असन्तुष्ट

काठमाडौं, १७ चैत । राप्रपा नेपालमा अध्यक्ष कमल थापा र सहअध्यक्ष केशरबहादुर विष्टबीच बिबाद बढेको छ । अध्यक्ष कमल थापाको कार्यशैलीप्रति सहअध्यक्ष विष्टले मंगलबार विज्ञप्ति जारी गरी असन्तुष्टि जनाएका छन् । सहअध्यक्ष विष्टले मंगलबार विज्ञप्ति जारी गरी नेतृत्व तहबाट पार्टीको नीति र सिद्धान्त पालना नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले गत असोज ३ […]

२०७२ चैत्र १७ गते, बुधबार

श्रीमानलाई मोटे भन्दा …

काठमाडौं, १६ चैत । श्रीमान मोटो छ भनेर नजिस्क्याउनु होला । श्रीमानलाई मोटे भनेर जिस्क्याउने वा गाली गर्ने बानी छ भने बेलैमा सुधार्नु होला नत्र तपाइको यस्तो बानीले परिवार टुट्न सक्छ, सम्बन्ध बिच्छेद हुन् सक्छ । भारतमा आफ्नो मोटो श्रीमानलाई मोटे, हात्ती वा मोटोपन बुझाउने गाली गरेका कारण अदालतले श्रीमान् र श्रीमतिबीचको सम्बन्ध बिच्छेद गर्न […]

२०७२ चैत्र १६ गते, मंगलवार

पत्रकार महासंघ स्थापना दिवस मनाउदै

काठमाडौ , १६ चैत्र । नेपाल पत्रकार महासंघले आज आफ्नो ६१ औं स्थापना दिवस मनाउदै छ । पत्रकारहरुको छाता संगठन महासंघले दिवसका अवसरमा मुलुकभर विविध कार्यक्रमको आयोजना गरिएको जनाएको छ । महासंघ केन्द्रिय कार्यसमितिले दिवसका अवसरमा आज बिहान राजधानीमा प्रभातफेरि निकालिएको छ । राजधानीको भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरि शान्तिवाटिकामा पुगेर सभामा परिणत भएको थियो । […]

२०७२ चैत्र १६ गते, मंगलवार

काठमाडौ उपत्यकामा भिषण हावाहुरी

काठमाडौ, १५ चैत । अहिले अपरान्ह ४ बजेदेखि काठमाडौं उपत्यकामा ठूलो हावाहुरी आएको छ। हावाहुरीले कार्यालय र सडकमाथि राखेका साइन बोर्ड, होडिङ बोर्ड खसेका छन् । अचानक अाएको भिषण हावाहुरीका कारण बजार र सार्वजनिक स्थलमा रहेका हजारौं सर्वसाधारण प्रभावित भएका छन्। केही दिनयता राजधानीको बायुमण्डलमा धुलो जम्मा भएको थियो। हावाहुरीसँगै धुलो उड्दा सर्वसाधारण प्रभावित भएका […]

२०७२ चैत्र १५ गते, सोमबार

चट्याङले घरमा आगलागी, दुई जना घाइते

काठमाडौं, १५ चैत । ताप्लेजुङमा आज बिहान परेको चट्याङका कारण एक घरमा आगलागी हुनुका साथै दुई जना गम्भीर घाइते भएका छन् । ताप्लेजुङ नगरपालिका तीनस्थित आम्बोटे निवासी कृष्ण सापकोटा विकको घरमा बिहान करिब ५ः३० बजे चट्याङ लाग्दा आगलागी भई घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने सापकोटा र उनकी बुहारी अम्बिका घाइते भएको स्थानीय धनेन्द्र […]

२०७२ चैत्र १५ गते, सोमबार

नेपाल मलेसियाबीच मैत्रीपूर्ण फुटबल हुदै

काठमाडौ, १४ चैत । नेपालले आज मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । राष्ट्रिय टोलीले मलेसियाको २२ वर्षमुनिको टोलीसँग आज मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बेलुका पौने सात बजे मलेसियामा हुनेछ । बंगबन्धु गोलडकपको उपाधि र दक्षिण एसियाली खेलकुद सागको फुटबलमा स्वर्ण पदक जितेको नेपाली टोलीले त्यसपछि पहिलो पटक […]

२०७२ चैत्र १४ गते, आईतवार

ग्यास खोज्न प्रहरीको विशेष टोली परिचालन

काठमाडौं, १३ चैत। ग्यासको अभाव नहटेपछि प्रहरीले त्यसको खोजी कार्य तीव्र बनाएको छ । प्रहरीले विशेष टोली परिचालन गर्दै ग्यास वितरक तथा डिपोमा विगत दुई महिनायता आएका र र त्यहाँबाट वितरण गरिएका ग्यास सिलिन्डरको विवरण सङ्कलनको कार्य थालेको हो । उपभोक्ताले बढी मूल्य तिरेर सिलिन्डरसहित खरिद गरे सहजै ग्यास पाउने अन्यथा नपाउने गरेको गुनासो गर्दै […]

२०७२ चैत्र १३ गते, शनिबार

पोपले हिन्दु धर्मावलम्बीको खुट्टा चुमे

काठमाडौं, १२ चैत । क्रिश्चियन धर्म गुरु पोप फ्रान्सिसले सबै धर्मावलम्बीहरु एकै इश्वरको सन्तान भएको जिकिर गर्दै अलग धर्ममा आस्था राख्ने शरणार्थीहरुको खुट्टा धोएका छन् । उनले सार्वजनिक कार्यक्रममै मुस्लिम, हिन्दु, क्याथोलिक धर्म मान्दै आएका शरणार्थीहरुको खुट्टा धुनुका साथै उनीहरुको खुट्टा चुमेका थिए । बेल्जियमको ब्रसेल्समा भएको आतंकवादी हमलाका कारण फेरि एक पटक मुस्लिम विरोधी […]

२०७२ चैत्र १२ गते, शुक्रबार

बारको निर्वाचन अवधिभर बन्द, हडताल नगर्न आग्रह

काठमाडौँ, ११ चैत । नेपाल बार एसोसिएसन केन्द्रीय कार्यसमितिको यही चैत २० गते हुन लागेको निर्वाचन अवधिभर बन्द, हडताल नगर्न आग्रह गरेको छ । आज पत्रकार सम्मेलन गर्दै बारले निर्वाचनमा सहयोग गर्न निर्वाचन समितिले राजनीतिक दल, सङ्घसंस्था सबैलाई आग्रह गरेको हो । पत्रकार सम्मेलनमा निर्वाचन अवधिभर बन्द, हडताल नगर्न सबै राजनीतिक दल र सङ्घसंस्थालाई समितिका […]

२०७२ चैत्र ११ गते, बिहीबार