आज भोटो जात्रा
काठमाडौ,८ असार।आज साझ रातो मत्स्येन्द्रनाथको जिम्मामा रहेको भनिएको ऐतिहासिक भोटो जाउलाखेलमा देखाइँदैछ ।बहुमूल्य मणिमाणिक्य आदि वस्तु जडित उक्त भोटो वास्तविक हकदारले सबुत प्रमाणसहित दाबी गर्न नआएसम्म मत्स्येन्द्रनाथकै जिम्मामा रहने लोककथन छ । उक्त भोटो प्रत्येक वर्ष मत्स्येन्द्रनाथको रथ जाउलाखेल पुगेको चौथो दिन लाखौंं दर्शकका सामु देखाउने चलन छ । भोटो अवलोकन गर्न राष्ट्रपति, उपराष्ट्रपतिसमेत उपस्थित […]
२०७१ असार ८ गते, आईतवार