बुधबार २९ श्रावण २०८२
काठमाडौं । आज अक्टोबर १६ अर्थात ४१औँ विश्व खाद्य दिवस। संसारभर ‘स्वस्थ भविष्यका लागि सुरक्षित खाना’ भन्ने नाराका साथ मनाइँदै छ। नेपालमा पनि कृषिको उब्जनी बढाएर खाद्य सुरक्षाको संरक्षणमा जोड दिँदै कार्यक्रम गर्ने गरिन्छ। तर यस वर्ष भने दशैं परेकाले औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन। सन् १९४५ अक्टोबर १६ मा स्थापना भएको संयुक्त राष्ट्र संघको […]
२०७८ आश्विन ३० गते, शनिबारकाठमाडौं । आज आश्विन शुक्ल नवमी अर्थात महानवमी पर्व । आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ […]
२०७८ आश्विन २८ गते, बिहीबारकाठमाडौं । आज बडादसैंको आठौं दिन अर्थात महाअष्टमी पर्व । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्वमा दुर्गा भवानीको भव्यरुपमा पूजाआराधना गरीन्छ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दसैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु […]
२०७८ आश्विन २७ गते, बुधबारकाठमाडौं । आज बडादसैंको सातौं दिन अर्थात फुलपाती । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको […]
२०७८ आश्विन २६ गते, मंगलवारकाठमाडौं । काठमाडौंको टेकुस्थित ७ वटा घाटको बीचमा रहेको पचली भैरबको पिठमा होम तथा पूजा गरी घ्याम्पो जात्रा शुरु भएको छ ।दशैंको चौथो र पाचौं दिन मनाइने यो जात्रामा भैरवको घ्याम्पोलाई खटमा राखी टेकु, गोफल, लगनटोल, जैसीदेवल, चिकमुगल, मरुगणेशस्थान हुँदै हनुमानढोका दरबारमा लग्ने गरिन्छ । सो अवसरमा जिवित देवी कुमारीलाई समेत हनुमानढोका परिसरमा जात्रा अवलोकनका […]
२०७८ आश्विन २५ गते, सोमबारकाठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार दशैंका लागि सात लाखभन्दा धेरै यात्रुले काठमाडौं उपत्यका छाडेका छन् । घटस्थापनाको दिनसम्म फाट्टफुट्ट मात्रै गाउँघर गए पनि घटस्थापनापछि बाहिरिनेको संख्या बढेको महासंघका महासचिव सरोज सिटौलाले बताए । अग्रिम टिकट बुकिङ खुलेको केही दिनसम्म यात्रु नपाए पनि घटस्थापनापछि यात्रुको चाप बढेको उनले बताए । यही असोज ११ […]
२०७८ आश्विन २४ गते, आईतवारकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतन्त्रीक सम्पर्क मञ्च प्युठान -काठमाडौंले भेला आयोजक समिति गठन गरेको छ। मञ्चको केन्द्रिय कार्यालयमा बसेको बैठक मञ्चका केन्द्रिय अध्यक्ष .कमानसिंहको प्रमुख अतिथिमा सम्पन्न भएको हो। बैठकमा प्रशिक्षण दिदै अध्यक्षले सम्पर्क मञ्चको काम र कर्तव्य बारे प्रष्ट पार्नु भयो । बैठकले संयोजकमा चुमानसिंह झाक्री र सह-संयोजकमा सरस्वती परियार लगायत पाँच जनाको […]
२०७८ आश्विन २३ गते, शनिबारकाठमाडौं । आज आश्विन शुक्ल प्रतिपदा अर्थात घटस्थापना । आजदेखि नेपालीको महान् पर्व बडादसैँ सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको […]
२०७८ आश्विन २१ गते, बिहीबारकाठमाडौँ । युवा संगठन नेपाल इलामको प्रथम जिल्ला सम्मेलनले मदन गजमेर बिद्रोहीलाई अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । सम्मेलन नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा इलाम जिल्लाका इन्चार्ज सुमनसिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सम्मेलनमा बोल्दै नेता सुमनसिंहले इलाममा शहिदहरुको रगत , घाइते अपाङ्ग योद्दाहरुको योगदान र आम इलामेली जनताको सपना […]
२०७८ आश्विन २१ गते, बिहीबार