समाज

हराएका ३३ थान मोटरसाइकल धनीलाई हस्तान्तरण !

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय राामशाह पथले हराएका ३३ थान दुई पाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । कार्यालयका एसएसपी विनोद घिमिरेले २५ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई बिहीबार हस्तान्तरण गरे । जसमध्ये केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा फेला पारिएको उनले […]

२०८१ पुष २५ गते, बिहीबार

शीतलहरले सवारीसाधन आवागमन बन्द !

काठमाडौँ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा आज (बिहीबार) पनि सवारी आवागमन अवरुद्ध भएको छ । मंगलबार राति देखि अवरुद्ध सडक बुधबार दिउँसो केही बेर एक तर्फी रूपमा सञ्चालन भए पनि शीतलहरका कारण सडक चिप्लो भएपछि राति देखि फेरि अवरुद्ध भएको हो ।शीतलहरले कच्ची सडक हिलाम्य भएर दुर्घटनाको जोखिम बढेपछि पूर्ण रूपमा सवारी आवागमन […]

२०८१ पुष २५ गते, बिहीबार

चीनमा ६.८ म्याग्निच्युडको भुकम्प : चीनमा ९५ जनाको मृत्यू , नेपालमा ६ घर भत्किए

काठमाडौँ । आज बिहान तिब्बतको सिगात्से सहर केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी चीनमा मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले भूकम्पबाट ज्यान जानेको संख्या ९५ पुगेको उल्लेख गरेको छ । चिनियाँ सञ्चारमाध्यमले उक्त धक्का ६.८ म्याग्निच्युडको […]

२०८१ पुष २३ गते, मंगलवार

काठमाडौंमा भोलि (मंगलबार)  पानी पर्ने सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज र भोलि (मंगलबार) दुई दिन उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेकोबताएको छ । महाशाखाले केही स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने र काठमाडौं उपत्यकामा पुस २३ गते छिटफुटदेखि हल्का वर्षाको सम्भावना समेत रहेको जनाएको छ ।महाशाखाका मौसमविद सरोज पुडासैनीका […]

२०८१ पुष २२ गते, सोमबार

तराईका विभिन्न जिल्लामा शीतलहर

काठमाडौँ । तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ । चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरू बढी प्रभावित भएका छन् ।मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कँडेलले मधेशमा हुस्सु र कुहिरो लागेसँगै बारा, पर्सा दुवै जिल्लाको तापक्रम घटिरहेको जानकारी दिए । कार्यालयका अनुसार वीरगञ्जको शनिबारको अधिकतम […]

२०८१ पुष २२ गते, सोमबार

तोरीबारीमा टिकटिक बनाउने भीड !

काठमाडौँ । केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ । कात्तिक–मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा […]

२०८१ पुष २१ गते, आईतवार

सोमबारदेखि वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र मधेस प्रदेशको पूर्वी भू–भागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा […]

२०८१ पुष २१ गते, आईतवार

कुखुराको मासु खाँदा एकजनाको मृत्यु, तीन बिरामी !

काठमाडौँ । कुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु भएको छ भने तीन जना बिरामी परेका छन् । कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए ।बयलास्थित तुलासिहं विकको घरमा ल्याएको ब्वायलर कुखुराको मासु खाएर उनकै छोरा कमलको मृत्यु भएको हो ।मासु खाँदा विकको घरमा […]

२०८१ पुष २० गते, शनिबार

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ

काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन् । रौतहट कटहरिया नगरपालिका-१ का ५२ वर्षीय जितन महतो नुनियालाई १६ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए ।पक्राउ परेका जितनलाई म्याद थप गराइ थप अनुसन्धान गरिरहेको उनले बताए । उनीमाथि आफ्नै भाइकी श्रीमती […]

२०८१ पुष २० गते, शनिबार

जलपन्छी गणना सुरु हुँदै

काठमाडौँ । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपन्छी गणनाकार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ । जनवरी ४ तारिखदेखि १९ सम्म९पुस २० गतेदेखि माघ ६ गतेसम्म० जलपंछीको सङ्ख्या, प्रजाती, बासस्थानको अवस्था बारे जानकारी लिनका लागि गणनाकार्य हुनलागेको नेपाल पंछीविद सङ्घका बरिष्ठ […]

२०८१ पुष २० गते, शनिबार