समाज

केरा बगानमा वितण्डा

काठमाडौं, १८ वैशाख । कालिका नगरपालिका वडा नं ६ मा अज्ञात समूहले गएराति केरा बगान फँडानी गरेको छ । कालिका नगरपालिकाको वडा नं ६ गुरौ चौरमा स्थानीय १२ किसानले लगाएका तयारी अवस्थामा रहेको तीन हजार १०० भन्दा बढी केराका बोट रातको समयमा फाँडिएको थियो । केरा व्यवसायी समितिका जिल्लाअध्यक्ष विष्णुहरि पन्तले रातको १० बजेपछि रातभर […]

२०७५ बैशाख १८ गते, मंगलवार

भाडा नतिरी बेपत्ता भए कारबाही

काठमाडौं, १६ बैशाख । के तपाईले घर भाडामा लिएर बस्नुभएको छ, पैसा छैन भनेर भाडा तिर्न हेलचेक्र्याइँ गर्दै हुनुहुन्छ कि ? ३ महिनासम्म पनि भाडा नतिरी बेपत्ता हुनुभयो भने वडा कार्यालयले कारवाहीको प्रक्रिया अघि बढाउनेछ, घरमा ताला लगाएर लज्जित बनाउनसक्छ, ख्याल गर्नुहोला । यो ऐन भदौ १ गतेबाट लागु हुने छ । मुलुकी देवानी (संहिता) […]

२०७५ बैशाख १६ गते, आईतवार

गुन्डानाइके ‘रिगल’लाई सर्वश्वसहित जन्मकैदको सजाय

काठमाण्डौ, १२ वैशाख । हत्याका एक अभियुक्तलाई जिल्ला अदालत बाँकेले सर्वश्वसहित जन्मकैदको फैसला गरेको छ । तीन वर्षअघि नेपालगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै नेपालगन्जका ‘रिगल’ ढकाललाई अदालतले सर्वश्वसहित जन्मकैदको फैसला गरेको हो । जिल्ला न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले मंगलबार सो घटनामा दोषी ठहर भएका अन्य १३ जनामध्ये […]

२०७५ बैशाख १२ गते, बुधबार

सप्तरीमा विद्युत् अबरुद्ध

काठमाडौं, १२ बैशाख । सप्तरी जिल्लाभर विद्युत् अबरुद्ध भएको छ । पावर ट्रान्सफर्मर पड्किएपछि बिगत पाँच दिनदेखि विद्युत् सेवा प्रभावित भएको हो । नियमित प्रयोगमा रहेका दुईमध्ये एउटा पावर ट्रान्सफर्मर पड्किएपछि पाँच दिनदेखि जिल्लाभर विद्युत् अनियमित भएको हो । सप्तरी सदरमुकाम राजविराज र अन्य क्षेत्रको विद्युत् आपूर्तिका लागि दुई वटा पावर ट्रान्सफर्मर प्रयोगमा थिए । […]

२०७५ बैशाख १२ गते, बुधबार

दाइजो कै कारण युवतीद्वारा आत्महत्या प्रकरण : केटाका पिता पक्राउ

काठमाडौं, १२ वैशाख । दाइजोका लागि केटी पक्षलाई प्रताडना गरेको अभियोगमा पर्सा प्रहरीले केटाका बाबुलाई पक्राउ गरेको छ । पर्साको बहुदरामाई नगरपालिका–८ निवासी बच्चु भनिने जयनारायण साहलाई प्रहरीले पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनीविर्ता निवासी दयालल साह तेलीकी १८ वर्षीया छोरी रविता कुमारी साह तेलीले दाइजोको कारण वैशाख ६ गते विवाहपूर्व नै पासो लगार्ई […]

२०७५ बैशाख १२ गते, बुधबार

रसुवागढी नाकामा सीसी क्यामेरा जडान

काठमाडौं, १२ बैशाख । नेपाल–चीनको एकमात्र ब्यापारिक नाका रसुवागढीमा सीसी क्यामरा जडान गरिएको छ । चीनले रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाको मान्यता दिएसँगै तेस्रो मुलुकका नागरिकले समेत यो नाकाको प्रयोग गर्न थालेपछि सुरक्षाका लागि भन्दै सीसी क्यामरा जडान गरिएको हो । सीमा क्षेत्रमा सीसी क्यामरा जडान भएपछि अवैध क्रियाकलाप नियन्त्रणमा आउने विश्वास गरिएको छ । रातको […]

२०७५ बैशाख १२ गते, बुधबार

नेपाल एअरलाइन्सका कर्मचारी पक्राउ

काठमाडौं, ११ वैशाख । प्रहरीले साढे ३३ किलो सुनकाण्डको छानबिनमा नेपाल एअरलाइन्सका दुईजना कर्मचारीलाई पक्रेको छ । पक्राउपर्नेमा नेपाल एअरलाइन्समा लोडर काम गर्ने तुलाराम थारु र अमर डंगोल हुन् । प्रहरीले यसअघि नेपाल एअरलाइन्सकै राजन थापा र प्रेमलाल चौधरीलाई पक्रेकोमा चौधरीले महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमै आत्महत्या गरेका थिए । सो सुनकान्डमा छानबिन समितिले मकवानपुर […]

२०७५ बैशाख ११ गते, मंगलवार

आज लोकतन्त्र दिवस

काठमाडौं, ११ बैशाख । आज बाह्रौ लोकतन्त्र दिवस । मुलुकभर जनस्तरमा विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइदै छ । २०६२/६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाउने गरिन्छ । लोकतन्त्र स्थापनापछि शान्ति प्रक्रिया निष्कर्षमा पुगे पनि संविधान कार्यान्वयन नभएसम्म स्थिरता कायम हुन सकेको छैन । संविधान कार्यान्वयनका […]

२०७५ बैशाख ११ गते, मंगलवार

इमो मार्फत् ठगि

काठमाडौं, १० बैशाख । नेपाल टेलिकमको सिम प्रयोग गरेबापत रु २५ लाखको ‘चिट्ठा’ परेको भन्दै सामाजिक सञ्जाल ‘इमो’मार्फत् नुवाकोटका एक युवा ठगिएका छन् । टेलिकमको सिमकार्ड प्रयोगकर्ताबीच गोलाप्रथामार्फत् छनोट हुँदा विजेता बनेको भन्दै ‘इमो’मार्फत् ठगले तार्केश्वर गाउँपालिका–१, दाङसिंहका लोकबहादुर तामाङलाई फोन गरी विभिन्न बहाना बनाएर रु दुई लाख ९० हजार ठगेको हो । २९ वर्षीय […]

२०७५ बैशाख १० गते, सोमबार

यौन व्यवसायमा संलग्न पक्राउ

काठमाडौं, ९ बैशाख । गए राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासवाट प्रहरीले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग गोंगबुको अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो । जसमा १९ पुरुष र १५ महिला रहेका […]

२०७५ बैशाख ९ गते, आईतवार