यार्सागुम्बा टिप्न हजारौको लर्को
काठमाडौं ।मूल्यवान यार्सागुम्बा सङ्कलन गर्न ज्यानको जोखिम मोलेर डोल्पा र मुगुका विकट हिमाली पाखाहरुमा पुगेका सर्वसाधारणको सङ्ख्या ३० हजार नाघेको बताइएको छ । कर्णाली अञ्चलको डोल्पा र मुगु जिल्लामा अत्यधिक पाइने यार्सागुम्बा विशेषगरी वैशाखको अन्तिम सातादेखि असारको अन्तिम सातासम्म करिब ३ हजारदेखि ५ हजार मिटरसम्मको भू–भागमा पाइन्छ । यो प्रायः माटोमुनि जीवित किरासँगै भेटिन्छ । […]
२०७० जेष्ठ १६ गते, बिहीबार