समाज

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमानअनुसार आज कात्तिक १० र भोलि ११ गते उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।बङ्गालको खाडी र अरब सागरमा बनेको दुई वटा न्यून चापीय प्रणालीले आगामी मङ्गलबारदेखि शुक्रबारसम्म नेपालमा वर्षा र हिमपात गराउने सम्भावना रहेको सन्दर्भमा जल […]

२०८२ कार्तिक ११ गते, सोमबार

प्रहरीको लुटिएको गोलीसहित दुईजना पक्राउ

काठमाडौँ । प्रहरी प्रभाग कोटेश्वरको टोलीले जेनजी आन्दोनलका क्रममा लुटिएको गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले गए राति नरेफाँटमा चेकजाँच गर्ने क्रममा बर्दिया घर भइ काठमाडौं कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापा घर भई काठमाडौंको मालिगाउँ बस्दै आएका १६ वर्षीय सोनम थापामगरलाई पक्राउ गरेको हो ।अनुसन्धानका क्रममा उनीहरूको साथमा प्रहरी […]

२०८२ कार्तिक ९ गते, शनिबार

जीप दुर्घटना : आठ जनाको मृत्यु

काठमाडौँ : रुकुम पश्चिममा जीप दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका- २ स्यालाखदी जाँदै गर्दा रा १ ज ४२२ नम्बरको जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो। एकजनाको जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो।आठविसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजङ्ग बुढा, […]

२०८२ कार्तिक ९ गते, शनिबार

छठ पर्व सुरु, आज ‘नहाय, खाय’

काठमाडौँ । छठ पर्व विधिवत रूपमा सुरु भएको छ । सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने यो पर्वको पहिलो दिन आज ‘नहाय-खाय’ मनाइँदैछ । आजको दिन ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा-अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ ।पारिवारिक सुख-समृद्धि र सन्तानको कल्याणको कामनासहित मनाइने यस पर्वको दोस्रो दिन भोलि (आइतबार) खरना […]

२०८२ कार्तिक ९ गते, शनिबार

‘भैयादुज’ पर्व मनाइँदै

काठमाडौँ । महोत्तरीसहित तराई-मधेशका अधिकांश क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ ।सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि भने धनतेरस गत शनिबार नै मनाइँदा छ दिनको भएको छ । त्यसैले गत शनिबार सुरु भएको दीपावली […]

२०८२ कार्तिक ७ गते, बिहीबार

बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेहरुको घुइँचो

काठमाडौँ । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउने र लगाइदिनेहरुको घुइँचो लागेको छ ।आज यमपञ्चकको पाँचौ दिन भाइपूजा अर्थात् भाइटीकाको दिन दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुजा गरि टीका ग्रहण गर्ने प्रचलन छ ।रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिर बिहीबार भाइटीकाको दिन विहानैदेखि खुला भएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन मन्दिर खुला […]

२०८२ कार्तिक ७ गते, बिहीबार

गुडिरहेको यात्रुवाहक बसमा आगलागी !

काठमाडौँ । काठमाडौंबाट चन्द्रपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा बिहान करिब ७ः२० बजे ब्याट्रीको तार सर्ट भएर आगो लागेको बताइएको छ। आगलागीबाट बस पूर्णरूपमा जलेर नष्ट हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको बस सञ्चालकले जनाएका छन्।इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डिएसपी रुपा लाबुङका अनुसार, बसको ब्रेक जाम भएर तार सर्ट […]

२०८२ कार्तिक ६ गते, बुधबार

आज म्ह: पूजा

काठमाडौँ । आज कार्तिक शुक्ल प्रतिपदा अर्थात् म्ह: (आत्म) पूजा । आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्ह:) पूजा पर्व मनाउने गर्दछन् । देशभरका नेवार समुदायले आज नेपाल संवत् नयाँ वर्ष र म्ह: (आत्म) पूजा गर्दै छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि नेपाल संवतको नयाँ वर्ष र आत्म (म्ह:) पूजा आज गर्नुपर्ने जनाएको […]

२०८२ कार्तिक ६ गते, बुधबार

विपिनको शवयात्रा सुरु

काठमाडौँ । महाकाली नदी किनारमा अन्त्येष्टि अघि विपिन जोशीको शवयात्रा सुरु भएको छ । भीमदत्त नगरपालिकाबाट केहीबेर अघि शवयात्रा सुरु भएको हो । शवयात्रामा नेपालका लागि इजरायली राजदूत समेत सहभागी छन् । उनको अन्त्येष्टि महाकाली नदीको भुजेला घाटमा गरिने छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)सागर बोहराले राष्ट्रिय सम्मानसहित जोशीको धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिन […]

२०८२ कार्तिक ५ गते, मंगलवार

जुवा खेल्ने प्रहरीको फन्दामा

काठमाडौँ । प्रहरीले देशका बिभिन्न स्थानवाट जुवा खेल्नेहरुलाई पक्राउ गरेको जानेको छ। यसैक्रममा बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलबाट जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन् ।नेवा चुली रिसोर्टबाट सोमबार राति दुई लाख ३१ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाछ प्रहरीले १६ बुक तास पनि बरामद गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका-८ घर […]

२०८२ कार्तिक ५ गते, मंगलवार