खेल

छैटौं तुल्सीलाल स्मृति बुद्धिचाल पुस २३ देखि

काठमाडौँ । छैटौं तुल्सीलाल स्मृति बुद्धिचाल पुस २३ देखि हुने भएको छ। ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता यही पुस २३ देखि २८ सम्म ललितपुर च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान हलमा हुने बताइएको छ । प्रतियोगिता लिगकम नकआउट आधारमा हुनेछ । प्रतियोगिताको विजेताले पुरस्कार दुई […]

२०८० पुष ८ गते, आईतवार

नेपाल सुपर लिग फुटबल :आज पोखरा र धनगढी तथा झापा र चितवन भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग फुटबल अन्तरगत आज दिउँसो १ बजे शीर्ष स्थानको पोखरा थन्डर्सले दोस्रो स्थानको धनगढी फुटबल क्लवको सामना गर्नेछ । यसैगरि साँझ ५ बजे हुने खेलमा चौथो स्थानको झापा फुटबल क्लबले पुछारमा रहेको चितवन एफ.सीको सामना गर्नेछ ।यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा काठमाडौँ रेजर्सलाई हराउँदै वीरगञ्ज युनाइटेडले प्ले अफ् पुग्ने […]

२०८० पुष ६ गते, शुक्रबार

नेपाल सुपर लिगः काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड बीच खेल हुँदै

काठमाडौँ । नेपाल सुपर लिग अन्तर्गत आज काठमाडौं रेजर्स एफसी र वीरगञ्ज युनाइटेड एफसीबीच खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ बजेबाट सुरु हुनेछ। आजको खेलमा जित निकाल्दै काठमाडौं प्ले अफमा पुग्न चाहन्छ भने वीरगजञ्जको प्ले अफमा पुग्ने सम्भावना न्यून छ। ६ खेल खेलेको काठमाडौं २ खेलमा जित ३ बराबरी र १ […]

२०८० पुष ५ गते, बिहीबार

नेपाल सुपर लिग फुटबल: आज धनगढी एफ.सी र झापा एफ.सी भिडदै

काठमाडौँ । नेपाल सुपर लिग फुटबलमा आज धनगढी एफ.सी र झापा एफ.सीबीच खेल हुदैछ । लिग तालिकामा दोस्रो स्थानमा रहेको धनगढी आजको खेल जित्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ । उता झापा पनि आजको खेल जित्दै प्ले–अफ्को संभावना जिवित राख्न चाहन्छ ।मंगलबार भएको खेलमा बुटवल लुम्बिनीलाई १–० ले हराउँदै पोखरा थन्डर्स प्रतियोगिताको प्ले अफ्मा पुगेको छ […]

२०८० पुष ४ गते, बुधबार

नेपाल सुपर लिग फुटबल:काठमाडौं रेजर्स र धनगढी एफ.सी भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग फुटबलमा आज काठमाडौं रेजर्स र धनगढी एफ.सी भिड्दै छन् । यो खेललाई अघिल्लो वर्षको फाइनलको रिप्ले मानिएको छ । अघिल्लो संस्करणको फाइनलमा धनगढीलाई हराउँदै काठमाडौंले उपाधि जितेको थियो । यसपटक भने तालिकामा काठमाडौं भन्दा धनगढी अगाडि छ । ५ खेलबाट ११ अंक जोडेको धनगढी शीर्ष स्थानमा रहँदा ८ अंक जोडेको […]

२०८० पुष १ गते, आईतवार

वीरगञ्ज युनाइटेड एफसी र पोखरा थन्डर्स तथा एफसी चितवन र स्पोर्टिङ इलामबीच खेल हुँदै

काठमाडौँ । नेपाल सुपर लिग फुटबलमा आज वीरगञ्ज युनाइटेड एफसी र पोखरा थन्डर्स तथा एफसी चितवन र स्पोर्टिङ इलामबीच खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा वीरगञ्ज र पोखराबीच प्रतिस्पर्धा हुनेछ । जारी लिगमा दुवै टोलीले आज छैटौँ खेल खेल्दैछन् । आज वीरगञ्ज दोस्रो जितको खोजीमा रहँदा पोखरा तेस्रो जित […]

२०८० मंसिर ३० गते, शनिबार

नेपाल सुपर लिग : झापा र ललितपुरबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच खेल हुँदैछ। खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ। यसअघि विहिबार साँझ सम्पन्न खेलमा एफसी चितवनलाई १-० गोलअन्तरले पराजित गर्दै धनगढी फुटबल क्लब अंकतालिकाको शीर्षस्थानमा उक्लेको थियो।

२०८० मंसिर २९ गते, शुक्रबार

नेपाल सुपर लिग फुटबल : वीरगञ्ज युनाइटेड र स्पोर्टीङ इलाम भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग फुटबलमा आज पुछारका दुई टोली वीरगञ्ज युनाइटेड र स्पोर्टीङ इलाम भिड्दैछन् । प्रतियोगितामा वीरगञ्जको यो पाँचौ खेल हो भने इलामको छैटौं खेल हो । पाँच खेलबाट ४ अंक जोडेको इलाम तालिकाको आठौ स्थानमा रहँदा चार खेलबाट २ अंक मात्रै जोडेको वीरगञ्ज नवौं अर्थात पुछारमा छ । वीरगञ्ज आज पहिलो जितको […]

२०८० मंसिर २७ गते, बुधबार

नेपाल सुपर लिग फुटबल: पोखरा थन्डर्स र काठमाडौं रेजर्स भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सोमबार पोखरा थन्डर्स र काठमाडौं रेजर्स भिड्दैछन् । दुवै टोलीको यो पाँचौ खेल हो । चार खेलबाट ८ अंक जोडेको पोखरा दोस्रो स्थानमा छ भने पाँच अंक जोडेको काठमाडौं छैटौं स्थानमा रहेको छ । आजको खेल जितेको खण्डमा पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिनेछ । यसैगरि काठमाडौंले पनि आजको […]

२०८० मंसिर २५ गते, सोमबार

यू–१९ एसिया कप क्रिकेट: नेपाल अफगानिस्तानसंग भिड्दै

काठमाडौँ । दुवईमा जारी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आइतबार समूह चरणको दोस्रो खेलमा अफगानिस्तानको सामना गर्दैछ ।पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले फाइनलसम्म पुग्ने सम्भावना जीवित राख्न आजको खेल जित्नै पर्छ । खेल, यूएईस्थितआईसीसी एकेडेमीको ओभल २ मैदानमा नेपाली समयानुसार आज बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।नेपाल र अफगानिस्तान दुवै पहिलो खेलमा पराजित […]

२०८० मंसिर २४ गते, आईतवार