पर्यटन

पुरातात्विक महत्वका भवन नभत्काउन निर्देशन

काठमाडौं, ५ चैत । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको शुक्रबार बसेको बैठकले पुरातात्विक महत्वका ऐतिहासिक कुनै पनि भवन र सम्पदा नभत्काउन सम्बद्ध निकायलाई आग्रह गरेको छ । बैठकले सबै पुरातात्विक सम्पदा जोगाउने उद्देश्यले पुरातत्वविद्, संरक्षणविद् र वास्तुविदको टोलीलाई अध्ययन गर्न खटाउने निर्णय समेत गरेको छ । पुरातत्व विभागले भत्काउन अनुमति दिएका नेपाल राष्ट्र बैंक थापाथली, सिंहदरवारस्थित संसदको […]

२०७३ चैत्र ५ गते, शनिबार

तीर्थै तीर्थले युक्त सभ्यताको स्रोत बाग्मती

काठमाडौँ, २ चैत । उद्गमस्थल बाग्द्वारदेखि उपत्यका बाहिरिने चोभार कटुवाल दहसम्मको बाग्मतीमा अनगिन्ती तीर्थस्थल भए पनि सिधै ढल मिसाई फोहर फाल्ने केन्द्र बन्दा संस्कृति धमिलिएको छ । बाग्मतीका सहायक नदी मिसिने दोभान, घाट र नदी किनारका विभिन्न तीर्थस्थलमा लाग्ने मेला, पर्व, जात्राका विषयमा पछिल्लो पुस्ता बेखबर छ । कटुवाल दहदेखि बाग्द्वारसम्म गरिने एकमहिने बाग्मती यात्रा […]

२०७३ चैत्र २ गते, बुधबार

केदारनाथको शिरोभाग पशुपति

काठमाडौं, १ चैत । केदारनाथको शिरोभाग पशुपति भएको दाबी विज्ञहरूले गरेका छन । पशुपति क्षेत्रको भूउपयोगसहित गुरुयोजना बनाउने क्रममा आयोजित बृहत् कार्यशाला गोष्ठीमा विज्ञहरूले सो दाबि गरेका हुन् । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव एवं इतिहासविद् डा. गोविन्द टण्डनले हिमवत् खण्ड र शिवपुराणमा पशुपतिनाथलाई केदारनाथको शिरोभाग भनी वर्णन गरिएको दृष्टान्त प्रस्तुत गर्दै डोलेश्वरका विषयमा भइरहेको […]

२०७३ चैत्र १ गते, मंगलवार

‘गु द फ्रान्स’को आयोजना हुने

काठमाडौं, ३० फागुन । नेपालस्थित फ्रान्सेली राजदूतावासले यहि चैत्र ८ गते तेस्रो ‘गु द फ्रान्स’ कार्यक्रमको आयोजना गर्ने भएको छ । सोमबार काठमाडौंस्थित फ्रान्सका राजदूतको निवासमा पत्रकार सम्मेलन गरी फ्रान्स ‘गस्ट्रोनोमी’को अवसरमा कार्यक्रम गर्न लागेको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले कार्यक्रममा फ्रान्सेली खाना, परम्परागत खाना राखिने जानकारी दिए […]

२०७३ फाल्गुन ३० गते, सोमबार

वन्यजन्तुका लागि कृत्रिम ताल

काठमाडौँ, ३० फागुन  । वन्यजन्तुका लागि पानीको व्यवस्थापन गर्न राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष कार्यालयले संरक्षित क्षेत्रभित्र तालको पुनर्निर्माण र कृत्रिम ताल निर्माण गर्न कार्यक्रम सञ्चालन गरिरहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख रमेशकुमार थापाका अनुसार, चालू आर्थिक वर्षमा निकुञ्जभित्र वन्यजन्तुका विशेष बासस्थान क्षेत्र मानिएका ठाउँ पहिचान गरी आठवटा ताल पुनर्निर्माण र कृत्रिम ताल निर्माण गरिएका […]

२०७३ फाल्गुन ३० गते, सोमबार

पञ्चकन्या पोखरी ओझेलमा

काठमाडौं, २९ फागुन । ऐतिहासिक पञ्चकन्या पोखरी ओझेलमा परेको छ । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी नजिकै रहेको सो पोखरी सरकारी निकायको वेवास्ताका कारण ओझेलमा परेको हो । महादेवस्थान गाविसको घाटा गाउँस्थित घना जंगलको बीचमा रहेको पञ्चकन्या पोखरीलाई यस क्षेत्रकै ऐतिहासिक र पुरातात्विक मानिन्छ । सदरमुकाम सिन्धुलीमाडीबाट करिव १५ किलोमिटर दूरीमा मरिण नदीको किनारामा पर्ने पञ्चकन्या पोखरी […]

२०७३ फाल्गुन २९ गते, आईतवार

मिथिला–मध्यमा परिक्रमा सम्पन्न

काठमाडौं, २९ फागुन । मिथिला–मध्यमा परिक्रमा सम्पन्न भएको छ । १५ दिनअघि धनुषाको ठेराकचुरी रामजानकी मठबाट निस्किएको मिथिला बिहारीको डोला र रत्न सागर मन्दिरबाट निस्किएको किशोरीजीको डोला नेपाल–भारतको १ सय ३३ किलोमिटर लामो दूरीको पैदल यात्रा गरी जनकपुर नगरको अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको हो । आदीकालदेखि शुरु भएको मिथिला–मध्यमा परिक्रमा स्थानीय मठमन्दिर, संघसंस्था र […]

२०७३ फाल्गुन २९ गते, आईतवार

पाथिभर क्षेत्रमा एक फुटसम्म हिउँ

काठमाडौ २८ फागुन । हिजो साँझदेखि परेको वर्षासँगै ताप्लेजुङको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । कञ्चनजंघा हिमालको मूख्य मार्गमा पर्ने घुन्सा, खम्बाछेन लोनार्क, अम्जिलेसालगायतका ठाउँमा पनि भारी हिमपात भएको छ भने ओलाङ्चुङ्गोलासहित प्रशिद्ध तीर्थस्थल पाथिभरा क्षेत्रमा पनि एक फीटसम्म हिउँ परेको स्थानीयले बताएका छन् । पाथिभरा क्षेत्रमा शुक्रबार दिउँसो चार बजेबाट परेको हिमपात अझै […]

२०७३ फाल्गुन २८ गते, शनिबार

नमस्ते झरनाबाट पर्यटकीय पदमार्ग

काठमाडौँ, २६ फागुन । धनकुटाको भेडेटारस्थित नमस्ते झरनाबाट पर्यटकीय पदमार्ग निर्माण हुने भएको छ । नमस्ते झरनाबाट काम्फेक, नाम्जे र आत्माघर जोड्ने पदमार्ग निर्माण गर्न लागिएको हो । पर्यटन कार्यालय बिर्तामोडको करिब २४ लाख रुपैयाँको लागतमा तीन किलोमिटर लामो पदमार्ग निर्माण भइरहेको छ । धनकुटाको भेडेटार, नाम्जे, नमस्ते झरना र साँगुरीगढी पर्यटकीय शृङ्खलामा पुग्ने आन्तरिक […]

२०७३ फाल्गुन २६ गते, बिहीबार

गलेश्वरधाममा भक्तजनको चहलपहल

काठमाडौ , १३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज बिहानैदेखि भक्तजनको चहलपहल सुरु भएको छ । मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको गलेश्वर शिवालयमा महादेवको आराधना गरी महाशिवरात्रि पर्व मनाउन विभिन्न ठाउँबाट भक्तजन आउन थालेपछि भक्तजनको भीड लाग्न थालेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए । उनले बिहान ५ बजेदेखि […]

२०७३ फाल्गुन १३ गते, शुक्रबार