पर्यटन

तातोपानी कुण्डलाई पर्यटकीयस्थल बनाउन माग

काठमाडौँ, १४ माघ । म्याग्दीको बेनी नगरपालिका–१३ मा रहेको तातोपानी कुण्डलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न स्थानीयले माग गरेका छन् । विश्वभरका पर्यटकहरुको आकर्षक गन्तव्यस्थल बन्न सक्ने सम्भावना बोकेको तातोपानी कुण्ड आसपासमा भौतिक पूर्वाधार निर्माण गरी प्रचारप्रसार गर्न स्थानीयले सरकारसँग माग गरेका हुन् । अस्पतालमा लाखौं खर्चिएरसमेत निको नहुने रोग तातोपानी कुण्डमा नुहाएमा निको हुने […]

२०७३ माघ १४ गते, शुक्रबार

‘सगरमाथाको उँचाइ नाप्न दिने सहमति भएको छैन’

काठमाण्डौं , १२ माघ । नापी विभागका उपमहानिर्देशक गणेश भट्टले सगरमाथाको उँचाइ नाप्न दिनेबारे भारतसंग कुनै सहमति नभएको बताए। भट्टले भने, “गत वर्ष सीमासंबन्धी दुईदेशीय बैठकमा भारतीय पक्षले त्यस्तो प्रस्ताव ल्याएको थियो। तर हामीले त्यो प्रस्तावलाई एजेण्डामै राख्‍न दिएनौं।” उनले कुनै विदेशी सरकारले नेपाल सरकारको अनुमति लिएपछि मात्रै सगरमाथाको उँचाइ मापन गर्न सक्ने पनि बताए […]

२०७३ माघ १२ गते, बुधबार

संरक्षणको पर्खाइमा ‘स्वर्गाश्रम’

काठमाण्डौं , १० माघ । धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने प्रसिद्ध स्वर्गाश्रम पूर्वाधार विकास, संरक्षण र प्रचारप्रसारको पर्खाइमा रहेको छ । सयवर्ष पुरानो इतिहास बोकेको म्याग्दीको भकिम्ली–३ मा अवस्थित समुद्री सतहदेखि झन्डै दुई हजार ५०० मिटरको उचाइमा अवस्थित स्वर्गाश्रममा आवश्यक पूर्वाधारको विकास हुन नसक्दा ओझेलमा परेको हो । सदरमुकामको पहुँचभन्दा टाढा, सडक मार्गले छुन […]

२०७३ माघ १० गते, सोमबार

‘बिरालो’ स्तम्भ निर्माण अन्तिम चरणमा

काठमाण्डौं , १० माघ । तेह्रथुमको सदरमुकाम म्याङलुङको ऐतिहासिक परिचय झल्किने ‘बिरालो’ को स्तम्भ निर्माण अन्तिम चरणमा पुगेको छ । म्याङलुङस्थित बसपार्कमा ‘मेयङ’ अर्थात् बिरालो स्तम्भ निर्माण भइरहेको छ । स्तम्भ निर्माणको काम यसअघि नै सक्ने भनिए पनि बजेट अपुग हुँदा ढिलाई भएको किरात याक्थुङ चुम्लुङ जिल्ला शाखाका अध्यक्ष गणेश सेनेहाङले जानकारी दिए । स्तम्भ […]

२०७३ माघ १० गते, सोमबार

सिनामंगलमा जहाज संग्रहालय बन्ने

काठमाडौं, १० माघ । कैलालीको बेद उप्रेती ट्रष्टले टर्किस एयरबाट खरिद गरेको एयरबस विमानको बडीलाई सिनामंगलमा राखिने भएको छ। कैलालीको धनगढीमा रहेको ट्रष्टलाई नागरिक उड्डयन प्राधिकरणले वार्षिक ५४ लाख भाडा तिर्ने सर्तमा सिनामंगलमा रहेको खाली जग्गा उपलब्ध गराएको छ। यो खाली जमिनमा ट्रष्टले कम्तीमा ६ करोड लगानीमा विमान संग्रहालय स्थापना गर्दै छ। संग्रहालयका लागि ३ […]

२०७३ माघ १० गते, सोमबार

हिउँ चितुवा संरक्षणका लागि वार्षिक रु पाँच करोड

काठमाडौं, ८ माघ । सरकारले नेपालका हिमालमा पाइने हिउँ चितुवाको संरक्षणका लागि हिमालमा सञ्चालन हुने विभिन्न कार्यक्रमका लागि वार्षिक रु पाँच करोड खर्च गर्ने भएको छ । ‘हिउँ चितुवा र पारिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रम (जिएसएलइपी) को सञ्चालक समितिको दोस्रो बैठकको उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणा गरेअनुसार तय भएको उक्त बजेटले पहिलो चरणमा नेपालमा […]

२०७३ माघ ८ गते, शनिबार

प्रतापपुर मन्दिर पुरानै स्वरुपमा बन्ने

काठमाडौं, ४ माघ । पुरातत्व विभागले स्वयम्भू महाचैत्य अगाडि रहेको प्रतापपुर मन्दिर भत्काएको छ । गत वर्षको भूकम्पका कारण सो मन्दिरको विभिन्न भाग चर्किएर ठूलो क्षति भई त्यसबाट जोखिम बढेपछि सो मन्दिर करिब पाँच महिनाको समयअवधिमा भत्काइएको हो । विभागअन्तर्गत इन्जिनियरिङ शाखा प्रमुख सम्पत घिमिरेका अनुसार सो मन्दिर कुनै पनि बेलामा पल्टेर त्यहाँ दर्शन गर्न […]

२०७३ माघ ४ गते, मंगलवार

चक्रीय धौलागिरी पदमार्गमा पूर्वाधार बनाउन ११ करोड आवश्यक

काठमाडाैँ, २ माघ । मुदी गाविसमा रहेको आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरसम्म आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्न करोडौँ रुपैयाँ बजेट आवश्यक देखिएको छ । चक्रीय धौलागिरी पदमार्ग र हिमालको आरोहण गर्न आधार शिविर पुग्ने पर्यटकको सुविधाका लागि पदमार्ग निर्माण र विस्तार, झोलुङ्गे पुल निर्माण, खानेपानी, शौचालय लगायतका पूर्वाधार […]

२०७३ माघ २ गते, आईतवार

‘पोखराको विकास सरकारको प्राथमिकतामा ‘

काठमाडौं, २९ पुस । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले देशकै ठूलो पर्यटकीयस्थलको रुपमा रहेको पोखराको विकासप्रति सरकार प्रतिवद्ध रहेको बताएका छन । पोखरा उपमहानगरपालिका २१ आँै नगर परिषद्को आज उद्घाटन गर्दै अर्थमन्त्री महराले पोखराको समग्र विकासका लागि बृहत्तर गुरुयोजना निर्माण गर्नुपर्ने बताए । पोखराको विकासले नेपालकै विकासमा महत्व राख्ने भन्दै उनले स्मार्ट सिटीका रुपमा विकास […]

२०७३ पुष २९ गते, शुक्रबार

पोखरा महोत्सवको तयारी सम्पन्न

काठमाडौं, २८ पुस । । युनाइटेड क्लबले पोखराको अमरसिंह चौरमा यही पुस २९ देखि माघ १० गतेसम्म सञ्चालन गर्न लागेको सातौँ पोखरा महोत्सवको तयारी सम्पन्न भएको छ । क्लबद्वारा बुधबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रचारप्रसार संयोजक तथा क्लबका महासचिव राजु श्रेष्ठले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार महोत्सवको पुस २९ […]

२०७३ पुष २८ गते, बिहीबार