पर्यटन

भूतपोखरीको अनुसन्धान गर्न माग

काठमाडौँ । ताप्लेजुङको पापुङस्थित तोक्पेगोलामा रहेको भूतपोखरीको अनुसन्धान गर्न स्थानीयले माग गरेका छन् । भूतपोखरी पछिल्लो समय पर्यटक र अनुसन्धानकर्ताका लागि आकर्षक स्थल बन्न थालेपछि स्थानीयले यस्तो माग गरेका हुन् । सदरमुकामदेखि दुई दिनको पैदल यात्रामा मात्र पुग्न सकिने यो पोखरीको बीचको पुरै भाग कालो रहेको छ भने बाहिरबाट आएको पानीको निकास समेत नभई यहि […]

२०७२ मंसिर २० गते, आईतवार

संरक्षणको पर्खाइमा सूर्यकुण्ड

काठमाडौँ । श्रीस्वस्थानी व्रतकथासँग धार्मिक महत्व जोडिएको ऐतिहासिक सूर्यकुण्डको अझै पनि संरक्षण हुन सकेको छैन । अतिक्रमणको चपेटामा रहेको तानसेन नगरपालिका– ११ प्रभाषमा अवस्थित सूर्यकुण्ड वरिपरि निजी क्षेत्रका भवन निर्माण हुँदा यसको क्षेत्रफल साँघुरिदै गई धार्मिक महत्व अस्ताउँदै गएको छ । कमलपोखरीको आडमा रहेको सूर्यकुण्ड २४ रोपनी क्षेत्रफलमा फैलिएको छ । हिन्दू धर्मग्रन्थअनुसार श्रीस्वस्थानीको मुख्य […]

२०७२ मंसिर १९ गते, शनिबार

मुस्ताङमा हिउँँचितुवा आतङ्क

काठमाडौ, १७ मंसिर । उपल्लो मुस्ताङका किसानले हिउँँचितुवाको आतङ्क बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन् । गत असोजमा बथानै आएको हिउँँचितुवाको समूहले चराङ र कागबेनीमा गरी ११० वटाभन्दा बढी च्याङ्ग्रा मारिदिएपछि उनीहरुले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र जिल्ला पशुसेवा कार्यालयमा क्षतिपूर्तिसहित हिउँँचितुवा नियन्त्रणको माग गरेका हुन् । पछिल्लो समय विभिन्न बस्तीमा देखिन […]

२०७२ मंसिर १७ गते, बिहीबार

मलेखु माछा महोत्सव पुस ९ देखि

काठमाडौं । आगामी पुस महिनाको ९ गतेदेखि १९ गतेसम्म धादिङको मलेखुमा राष्ट्रिय व्यापार तथा माछा महोत्सव हुने भएको छ । महोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि ३१ सदस्यिय समितिको गठन गरिएको छ । कार्यसमितिमा रहेकाहरुले नै संयोजन गरी मेलालाई सञ्१चालन गरिने बताइएको छ । घरेलु उद्योग कृषि जलस्रोत पर्यटन प्रवद्र्धन आर्थिक सम्बृद्धि हाम्रो अभियान भन्ने […]

२०७२ मंसिर १६ गते, बुधबार

लुम्बिनी एक्स्पो पुस ८ देखि

काठमाडौँ । रुपन्देही व्यापारसँगको आयोजनामा हुने लुम्बिनी एक्स्पो २०७२ आउँदो पुस ८ देखि २१ गतेसम्म बुटवल मण्डप बुटवलमा हुने भएको छ । एक्स्पोको तयारीका लागि आयोजकले विभिन्न पक्षहरुसँग निरन्तर छलफल र अन्तरक्रिया गरिरहेको बताएका छन् । एक्स्पोको तयारी अघि बढाउने संघले आफ्नो सचिवालय एक्स्पो हुने स्थानमा सारेको छ । स्टल बुकिङ्ग खुल्ला गरिसकेको मेलाका संयोजक […]

२०७२ मंसिर १२ गते, शनिबार

उग्रतारा भगवती मन्दिरमा भव्य मेला

काठमाडौ, १० मंसिर । स्थानीय भाषामा ‘देहिजाँत’को रुपमा मानिने सुदूरपश्चिमेली जनताको आस्थाको केन्द्र एवम् उग्रतारा भगवती मन्दिरमा आज भव्य मेला लागेको छ । डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर मात्र टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गमा रहेको महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा कात्तिक पूर्णिमाको राति विधिवत पूजा सम्पन्न गरी भोलिपल्ट ठूलो मेला लाग्ने गर्दछ । मेलामा सुदूरपश्चिमका नौ […]

२०७२ मंसिर १० गते, बिहीबार

गौराती मेला सुरु

काठमाडौ, ९ मंसिर । सिन्धुपाल्चोकको सबैभन्दा ठूलो मानिँदै आएको गौराती भीमेश्वर मेला सुरु भएको छ । चौतारा नगरपालिका–२ गौराती डाँडामा अवस्थित गौराती भीमेश्वरको मन्दिरमा आज साँझदेखि रातभर भव्य मेला लाग्ने भएपनि आज बिहानैबाट दर्शनार्थीको भिड लागेको छ । तीन महिनादेखि तराईमा आन्दोलन चलिरहे पनि व्यापार गर्न आउने तराईवासी गत वर्षको तुलनामा यस वर्ष उल्लेख्य रहेको […]

२०७२ मंसिर ९ गते, बुधबार

सगरमाथा पुग्ने पर्यटक आधा घटे

काठमाडौं, ८ मंसिर । पर्यटक प्रहरी कार्यालय सोलुखुम्बु, लुक्लाका प्रमुख भानुभक्त नेपालका अनुसार भूकम्प र भारतको नाकाबन्दीका कारण सगरमाथा क्षेत्र आउने पर्यटकको संख्या ४५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको कात्तिक महिनामा ९ हजार ५ सय १६ जना पर्यटक सगरमाथा क्षेत्र आएकोमा यो वर्षको कात्तिकमा ५ हजार एक सय ७८ जना पर्यटकले मात्र सगरमाथा क्षेत्रको […]

२०७२ मंसिर ८ गते, मंगलवार

आजवाट कात्तिक नाच

काठमाडौं,३० कात्तिक ।राजा सिद्धिनरसिंह मल्लको पालादेखि चल्दै आएको ललितपुरको ऐतिहासिक कात्तिक नाच आजदेखि सुरु हुँदैछ । ३ सय ७५ वर्षदेखि निरन्तर रुपमा संचालन भइरहेको सो नाच केही वर्ष अघिसम्म २७ दिनसम्म देखाइएको भएतापनि बजेट अभावका कारण यसवर्ष १० दिनमा सिमित गर्न लागिएको छ । यसवर्ष आर्थिक अभावका कारण दश दिनसम्म मात्र संचालन गर्न लागिएको कार्तिक […]

२०७२ कार्तिक ३० गते, सोमबार

पदमार्ग निर्माणमा व्यवसायी नै सक्रिय

काठमाडौ, २९ कात्तिक । आकर्षक पर्यटन गन्तव्य म्याग्दीको घोरेपानी–पुनहिल पुग्ने पदमार्गको स्तरोन्नति र मर्मतमा दसौँ लाख रुपैयाँ खर्च भएको छ । घोरेपानीका होटल–पर्यटन व्यवसायीहरुको पहलमा त्यस क्षेत्रमा पुग्ने पदमार्गको स्तर सुधार गरिएको हो । पछिल्लो तीन वर्षमा ७० लाख रूपैयाँ भन्दा बढीको खर्चमा पदमार्ग पुनःनिर्माण र मर्मत गरिएको घोरेपानी होटल व्यवस्थापन समितिले जनाएको छ । […]

२०७२ कार्तिक २९ गते, आईतवार