पर्यटन

यसपालिको सगरमाथा आरोहण स्थगित

काठमाडौं, १4 वैशाख ।सगरमाथामा वैशाख ५ मा आएको भयानक हिमपहिरोमा १३ आरोहण सहयोगी (शेर्पा) को मृत्यु, तीनजना बेपत्ता र ६ जना घाइते भएपछि यसपालिको सर्वोच्च शिखर सगरमाथा आरोहण स्थगित भएको छ। आरोहण सहयोगी (शेर्पा) को आरोहण स्थगनपछि विदेशी आरोहीहरू पनि यसपालि आरोहण नगर्ने भन्दै सगरमाथा आधारशिविरबाट धमाधम फिर्ता हुन थालेका छन्।सगरमाथा आरोहण व्यवस्थापन गर्ने कम्पनीहरूका […]

२०७१ बैशाख १४ गते, आईतवार

पर्यटनका परजिवीहरु सलबलाउदै

काठमाडौँ । देश बिदेशमा पर्यटनको प्रचारप्रसार र पर््रवर्द्धन गर्ने निकाय नेपाल पर्यटन बोर्डले आगामी बैशाख १९ गतेदेखि २१ गतेसम्म राजधानीको भृकुटीमण्डपमा छैठौं राष्ट्रिय पर्यटन मेलाको आयोजनाको तयारी गरेको छ । पर्यटन बोर्डले आन्तरिक पर्यटनको विकास गर्ने भन्दै सुरु गर्नलागेको छैटौं पर्यटन मेलाको पर्यटन व्यवसायीहरुबाटै विरोध सुरु भएको छ । पर्यटन बोर्डले आफूहरुसँग कुनै सहकार्य नगरेको […]

२०७१ बैशाख १३ गते, शनिबार

माहुतेहरु आन्दोलनमा

काठमाडौं, ११ बैशाख। हात्तीले कुल्चेर पछुवाको ज्यान गएपछि बर्दिया राष्ट्रिय निकुञ्जका माहुतेहरुले आन्दोलन सुरु गरेका छन् । ज्यान गुमाएकाका परिवारलाई क्षतिपुर्ति, बालबच्चालाई निशुल्क पढाउनुपर्ने, करारमा रहेका हात्तीका माहुते, पछुवा र फणितलाई स्थायी गर्नुपर्ने, अपुग दरबन्दी पुरा गर्नुपर्ने लगायतका माग राखेर उनीहरुले आन्दोलन गरेका हुन् । बुधबार निकुञ्ज भित्रको हात्ती मचान नजिक घाँस काट्न गएका पछुवा […]

२०७१ बैशाख ११ गते, बिहीबार

कुमारीपाटी महोत्सव हुने

काठमाडौं, १० वैशाख । आगामी वैशाख १२ र १३ गते ललितपुरको कुमारीपाटीमा जावलाखेलमा महोत्सव हुने भएको छ । कुमारीपाटी जावलाखेल महोत्सव मूल समितिले आज पत्रकार सम्मेलन गरेर इटी चोकदेखि कुमारीपाटी, तफाल्हो, जावलाखेलसम्म करिब १ किलोमिटर दूरीको क्षेत्रमा पहिलो पटक विभिन्न सांस्कृतिक कार्यक्रमका साथ पहिचानसहितको कुमारीपाटी जावलाखेल महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार […]

२०७१ बैशाख १० गते, बुधबार

यस वर्ष सगरमाथा नचढ्ने घोषणा

काठमाडौं,८बैशाख । हिमपहिरोमा परी आफ्ना १३ जना साथीहरुको पुरिएर मृत्यु भएपछि सगरमाथा आरोहीका सहयोगीहले यस वर्ष सगरमाथा नचढ्ने भएका छन् । उनीहरुले सन् २०१४ लाई आरोहणको कालो दिन भन्दै आफूहरु यो वर्ष सगरमाथा नचढ्ने घोषणा गरेका हुन् । शुक्रबार सगरमाथाको आधार शिविरबाट पहिलो क्याम्प जानेक्रममा हिउँ पहिरो गएको थियो । पहिरोले आफ्ना साथिहरु गुमेपछि आधार […]

२०७१ बैशाख ८ गते, सोमबार

मत्स्येन्द्रनाथको महास्नान गरिदै

काठमाडौ, ३ बैशाख । वृष्टि, खेती र खाद्यान्नका देवता मानिने रातो मत्स्येन्द्रनाथको महास्नान -न्हवँ) बुधबार साँझ लगनखेलको न्हवँदबुमा हुँदै छ । मत्स्येन्द्रनाथका ज्योतिषी कीर्तिकिरण जोशीले महास्नानको शुभसाइत बिहान १०:२९ देखि १०:३२ सम्म भएको, त्यहीअनुसार तःबहालमा काम अगाडि बढ्ने बताए । महास्नानका लागि तयारी पूरा भएको गुठी संस्थान ललितपुर कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले बताए । साइतको […]

२०७१ बैशाख ३ गते, बुधबार

सगरमाथाको आम्दानी साढे ३१ करोड

काठमाडौं, २ वैशाख। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जाने स्वदेशी तथा विदेशी दलबाट यसपाली बसन्त ऋतुमा सरकारले साढे ३१ करोड रुपैयाँ आम्दानी गरेको छ । नयाँ वर्ष सुरुवातको दिनसम्म संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले एक नेपाली र ३१ विदेशी आरोही सहभागी दलबाट ३२ लाख ५० हजार अमेरिकी डलर (३१ करोड ३९ लाख १७ हजार […]

२०७१ बैशाख २ गते, मंगलवार

लालीगुराँस महोत्सव सुरु

काठमाडौँ , ३० चैत । बागलुङको पर्यटकीय सम्भावनाको क्षेत्र घुम्टेको लेकमा आजदेखि प्रथम घुम्टे लालीगुराँस महोत्सव सुरु भएको छ । पर्यटन प्रवद्र्धनसँगै राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङको आयोजनामा भएको महोत्सव आज र भोलि गरी दुई दिनसम्म चल्नेछ । गुराँस फुल्ने याममा […]

२०७० चैत्र ३० गते, आईतवार

भोलि चम्पादेवी मेला

काठमाडौं,३० चैत । काठमाडौं दक्षिणभेगस्थित चम्पादेवी डाँडामा आगामी वैशाख १ गते चम्पादेवी मेला लाग्ने भएको छ ।काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुरका विभिन्न भूभागका साथै विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्न सकिने दुई हजार २५० मिटर उचाइको चम्पादेवीबाट मकालु लाक्पादोर्जे, गौरी शङ्करलगायतका हिम श्रृङखलाहरू अवलोकन गर्न सकिन्छ । मेलाप्रतिको बढ्दो आकर्षणसँगै पछिल्ला वर्षमा आएर चम्पादेवी क्षेत्र सुधार तथा […]

२०७० चैत्र ३० गते, आईतवार

मनमोहक पञ्चासे, जहाँ चराले फाल्छ तालको पात

काठमाडौँ । पर्वत, कास्की र स्याङ्जाको संगमस्थल पञ्चासे डाँडा सुन्दर र मनमोहक पर्यटकीय गन्तव्य हो । पञ्चासेमा पर्यटकलाई लोभ्याउने धेरै तत्व छन् । सुन्दर पर्यटकीय सहर पोखराबाट झण्डै ३८ किलोमिटरको मोटरबाटोबाट पर्वतको डिमुवा पुगेपछि फेरि कच्ची बाटोमा झण्डै एक घण्टाको जीप यात्रा गरेर पर्वतकै चित्रे गाविसमा पर्ने खोलापारी गाउँ पुगिन्छ । खोलापारीबाट तीन घण्टा पैदल […]

२०७० चैत्र २९ गते, शनिबार