‘लेखकहरुले पाउने पुरस्कारमा राज्यले कर लगाउन हुँदैन’

२०८० जेष्ठ ३० गते, मंगलवार

काठमाडौँ । कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काँइला (तिलविक्रम नेम्वाङ सुब्बा) ले लेखकहरुले पाउने पुरस्कार रकममा राज्यले कर लगाउन नहुने बताएका छन् । गोरखापत्र संस्थानले प्रकाशन हुने मधुपर्कको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वकुलपति काँइलाले सो कुरा बताएका हुन् । उनले लेखकले लेख लेखेर पाउने पारिश्रमिक र लेखेर योगदान दिएबापत पाउने सम्मानको रकम र पुरस्कार भिन्नता रहेको भन्दै पुरस्कारमा कर लगाउनु उचित नभएको बताए ।
पारिश्रमिक नियमित हुने भएको भन्दै पारिश्रमिकलाई ऐन बमोजिमको कर लगाउनु राम्रो भएको उनको तर्क छ । तर लेखकले ५० वर्षपछि एकपटक पाउने पुरस्कारमा आयकर काटेर पुरुस्कार दिन नहुने धारणा उनले राखे । सरकारले आयकर लगाउनुपर्ने त नियमित आम्दानीमा मात्र हो भएको भन्दै पुरस्कारमा कर लगाउन नहुने उनको तर्क छ ।
अहिलेसम्म आफूले पाएका पुरस्कारमा तोकेबमोजिम नै पुरस्कार पाएको भन्दै अब पुरस्कार दिने संस्थानहरुले भने विचार गर्नुपर्ने काइलाले बताए । अब सरकारलाई लेखकहरुले कर १५ वा २५ प्रतिशत कति तिर्नुपर्ने हो ? भन्दै प्रश्न गरे । लेखकले लेखेको लेख कुनै पत्रिकाले छाप्यो भने ३ सय रुपैयाँ दिनुपर्नेमा १५ वा २५ प्रतिशत कर काट्ने गरेको उनले बताए । यस्तो अवस्थाबाट आम नेपाली लेखकहरु पीडित रहेको उनको भनाइ छ ।
मधुपर्कको ५६ औं वार्षिकोत्सवको अवसरमा मधुपर्क सम्मान तथा मधुपर्क प्रतिभा सम्मान वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ, वरिष्ठ आख्यानकार पुष्कर लोहनी र छन्द कवि प्रभा भट्टराईलाई प्रदान गरिएको छ । गोरखापत्र संस्थानको मासिक प्रकाशन मधुपर्कले विगत २२ वर्षदेखि हरेक वर्ष स्रष्टाहरूलाई सम्मान प्रदान गर्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार