गायिका मीरा राणालाई दीर्घसाधना सम्मान

२०८० माघ १४ गते, आईतवार

काठमाडौँ। विन्ध्यवासिनी फाउण्डेशनको शनिबार सम्पन्न भेलाले ‘विन्ध्यवासिनी सङ्गीत दीर्घसाधना सम्मान २०८०’ बाट गायिका मीरा राणालाई रु एक लाख राशिसहित सम्मान गर्ने निर्णय लिएको फाउण्डेशनकी अध्यक्ष लीना रेग्मीले जानकारी दिए। अध्यक्ष रेग्मीले भने-“सङ्गीतमा जीवन समर्पण गर्नुभएका र भविष्य देख्नुभएकालाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यका साथ हामीले यसको सुरुआत गरेका हौँ। “
अध्यक्ष रेग्मीका अनुसार ‘विन्ध्यवासिनी सङ्गीत साधना सम्मान २०८०’ बाट सङ्गीतकार भूपेन्द्र रायमाझीलाई रु ५० हजारसहित र ‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०८०’ बाट पत्रकार शान्तिप्रियलाई रु २५ हजारसहित सम्मान गरिनेछ । भेलाको निर्णयअनुसार सबै पुरस्कार आगामी चैत १ गते प्रदान गरिनेछ ।
फाउण्डेशनका सल्लाहकार तथा स्वर्गीय गायक प्रेमध्वज प्रधानप्रति श्रद्धासुमनसहित उहाँको नाममा स्थापित ‘प्रेमध्वज सङ्गीत रत्न सम्मान २०८०’ बाट रुपक डोटेल र स्वर्गीय गायक झलकमान गन्धर्वको नाममा स्थापित ‘झलकमान लोक–सङ्गीत सम्मान २०८०’ बाट लोकदोहोरी गायक राजु परियारलाई सम्मान गर्ने निर्णय उक्त भेलाले गरेको छ । दुवैलाई जनही नगद राशि रु २५ हजारसहित सम्मान गरिने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आगोका अजम्बरी झिल्का

२०८२ बैशाख १४ गते, आईतवार

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार