सात वटा कम्पनीलाई ब्रोकर लाइसेन्स

२०८० जेष्ठ ९ गते, मंगलवार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको सोमबार बसेको बैठकले ब्रोकर कम्पती सञ्चालनका लागि आशयपत्र पाएका ४३ वटा कम्पनी मध्ये सात वटालाई लाइसेन्स दिने निर्णय गरेको छ । ब्रोकर लाइसेन्स पाउनेहरुमा भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, शेयर प्रो सेक्युरिटिज र प्रोपर्टी विजार्ड रहेका छन् ।
नयाँ ब्रोकर कम्पनी सञ्चालनका लागि ४६ वटाले आवेदन दिएकोमा बोर्डले ४३ वटालाई आशयपत्र दिइसकेको छ । बोर्डले अनुमतिपत्र दिने प्रक्रिया अघि बढाएपछि त्यस विरुद्ध पुराना ब्रोकर कम्पनीहरुले सर्वोच्चमा रिट हालेकोमा सर्वोच्चले रिट खारेज गरिदिएपछि बोर्डले लाइसेन्स वितरणलाई अघि बढाएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु