खसीबोका र च्याङ्ग्राको भाउ घटयो !

२०८० कार्तिक ३ गते, शुक्रबार

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिउँदो खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ। कम्पनीले शुक्रबारदेखि लागु हुनेगरी जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाएको हो।
कम्पनीले यसअघि १० रुपैयाँ छुट दिँदै जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० मा बिक्री गर्दै आएको थियो। यस्तै च्याङग्रा प्रतिकिलो १२५० मा बिक्री गर्दै आएको थियो। थप छुटपछि अब खसी प्रतिकिलो ६५० पर्नेछ। च्याङ्ग्राको मूल्य प्रतिकिलो एक हजार २२५ कायम कम्पनीले जनाएको छ। कम्पनीले मंगलबारदेखि खसीबाेका र च्याङ्ग्रा बिक्री गर्न थालेको हो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार