प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न महिला पक्राउ

२०८१ माघ ३ गते, बिहीबार


काठमाडौं । प्रहरीले प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न दुई महिलालाई सुनसरीको धरान उपमहानगरपालिकाबाट पक्राउ गरि सार्वजनिक गरेको छ । धरान उपमहानगरपालिका–१० पुतलीलाइनस्थित कृष्ण नेवारको घरमा डेरा गरि बस्ने दुईजना महिलालाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
नेवारको घरमा लागुऔषध कारोबार भइरहेको गोप्य सुचना पाएपछि छापा मार्दा लागुऔषध कारोबारमा संलग्न २७ वर्षिया मनिका विक र ३८ वर्षिया रेनुका लिम्बुलाई पक्राउ गरिएको डिएसपी तिमल्सिनाले बताए ।
विकले कोठाको लोबेड माथि सुडकेशमा लुकाइराखेको प्रतिबन्धित लागुऔषध ट्रामाडोल २ हजार ५ सय क्याप्सुल बरामद गरिएको बताइएको छ ।
पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर घटनाको थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक कोमल ठाकुरले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुन आयातको सीमा बढ्यो

२०८२ आश्विन २४ गते, शुक्रबार

सुन प्रति तोला दुई लाख ३९ हजार २०० !

२०८२ आश्विन २३ गते, बिहीबार

नेप्से ४५.३६ अंकले घट्यो

२०८२ आश्विन २२ गते, बुधबार