सुन प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँ

काठमाडौँ । सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख ७४ हजार १ सय रुपैयाँ थियो । यसअघि गत शुक्रबार सुनको मूल्यले १ लाख ७४ हजार ५ सय रुपैयाँको उच्च रेकर्ड बनाएको थियो । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार ५० रुपैयाँ पुगेको छ ।