लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा

२०८२ बैशाख २६ गते, शुक्रबार


काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले संस्थापक समूहको स्वामित्वमा रहेका ३१ लाख ८० हजार ३९४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सूचना प्रकाशित गर्दै विविध संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेका सेयर विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिई बिक्री प्रक्रिया सुरु गरिएको जानकारी दिएको हो ।
सेयर खरिदमा चासो राख्ने विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।
इच्छुक सेयरधनीहरूले आवेदन हात्तिसारस्थित बैंकको मुख्य कार्यालयमा पेश गर्नुपर्नेछ ।
बैंकले तोकिएको समयावधिमा कुनै सेयरधनीबाट लिखित सूचना प्राप्त नभएमा, प्रचलित कानून अनुसार ती सेयर अन्य व्यक्ति वा कम्पनीलाई बिक्री गरिने स्पष्ट पारेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु